कला प्रशिक्षक सूचीकरण सम्बन्धी सूचना 📢📢📢
प्रथम पटक प्रकाशित मिति : २०८३/०७/१७ गते
जमल, काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाको गौरवको योजना सामुदायिक विद्यालयमा "पुस्तकरहित शुकबार ''Book Free Friday" अन्तर्गत सङ्गीत विधाको कार्यक्रम सांस्कृतिक संस्थानसँगको सहकार्यमा G to G प्रणालीमा "पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालन मार्गदर्शन, २०८३" बमोजिम गायन, वाद्यवादन (मादल, धिमे, बाँसुरी, डम्फू), नृत्य विधाको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले प्रशिक्षण गर्न सम्बन्धित विधामा योग्य एवम् इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित मितिदेखि लागू हुनेगरी ५ दिनभित्र (अन्तिम दिन सार्वजनिक बिदा परेमा नियमानुसार भोलिपल्ट समेत आवेदन लिनेगरी) सूचीकरणका लागि निवेदन पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ।

प्रशिक्षकका लागि आवश्यक व्यक्तिगत विवरण, योग्यता तथा कागजातः
क) प्रशिक्षकको नाम :
ख) लिङ्ग :
ग) स्थायी ठेगाना/अस्थायी ठेगाना :
घ) विधा :
ङ) स्थायी लेखा नम्बर (PAN No) :
- कागजातहरु :
१. नागरिकता वा राष्ट्रिय परिचय पत्रको प्रतिलिपि।
२. "पुस्तकरहित शुकबार कार्यक्रम सञ्चालन मार्गदर्शन, २०८३" को दफा ५ को उपदफा (१) को खण्ड (क) बमोजिम कम्तीमा १२ पास वा सो सरह उत्तीर्ण गरेको प्रमाणपत्र वा सम्बन्धित विधामा कम्तीमा ५ वर्ष अनुभव प्राप्त विज्ञ तथा सो विज्ञता पुष्टि गर्ने आधार पेश गर्ने।
३.सम्बन्धित विधामा अध्ययन गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि वा सम्बन्धित विधामा तालिम प्राप्त प्रमाणपत्रको प्रतिलिपि।
४.हालसालै खिचिएको दुईवटा पासपोर्ट साइजको फोटो।
५. उल्लेखित विधाको अनुभव तथा प्रशिक्षकको व्यावहारिक क्षमता बारे मूल्यांकन गर्नुपर्ने आवश्यकता परेमा संस्थानले सोही बमोजिम मापदण्ड बनाई प्रशिक्षक छनोट गर्न सक्नेछ।
(नोटः थप जानकारीका लागि संस्थानको आधिकारिक वेबसाइट, कार्यालय वा सम्पर्क व्यक्ति क्रमशः ९८४६४१९५३२, ९८५१०८४५०१ मा सम्पर्क गर्न सक्नु हुनेछ ।)