संविधान दिवसमा देश झल्काउने सांस्कृतिक कार्यक्रम

संविधान दिवसमा देश झल्काउने सांस्कृतिक कार्यक्रम


काठमाडौं:- संविधान दिवस तथा राष्ट्रिय दिवस २०७९ को अवसरमा राष्ट्रपति भवन शीतल निवासमा सांस्कृतिक संस्थानले विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, पूर्वप्रधानमन्त्रीहरू, नेपाल सरकारका मन्त्रीहरू, पूर्वमन्त्रीहरू, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूको उपस्थिति थियो ।

3-min.jpg
undefined


नेपाली लोकधुनबाट सुरु भएको कार्यक्रममा मयुर नाच, कृष्णलीला, सामूहिक मादलवादन हुँदै सोरठी, लाखे, सकेला, सेलोजस्ता लोकनृत्य एवं अष्टमातृका नृत्य प्रस्तत गरिएको थियो । त्यसैगरी चण्डालिका नृत्यनाटिकासहित शिरको टोपी, यो कर्मभूमिको आँगनमा, गाउँछ गीत नेपाली, रातो, चन्द्र सूर्यजस्ता गीतसमेत प्रस्तुत गरिएको थियो ।

2-min.jpg
शारदादेवी सिलवाल, मनोज जोशी र केशवराज राईको नृत्य संयोजनमा शवनम सिलवाल, माया थापा, सुशीला थापा, गीता थापा, मदन थापा, संगीता खड्गी, चन्द्रकुमारी मगर,  सुमिना मगर, समी गुरुङ, बबिता गोपाली, यमुना पिथमकोटे मगर, सनिरा महर्जन, सनम खड्गीको नृत्य रहेको थियो । त्यसैगरी अक्कलबहादुर पाख्रिन, दीपेश माझी, सुजित श्रेष्ठ, बाबु सेञ्चुरी, सौरभ न्यौपाने, नवीन गुरुङ, शेखर घर्तीमगर, पूर्ण लामा, विवेक थापामगर, प्रिन्स राई (मुकेश), विनोद रञ्जितकार र  लाक्पा लामाले पनि नृत्य गर्नु भएको थियो ।

4-min.jpg
undefined


समारोहमा तीर्थराज पोखरेल, दीपेन्द्र वज्राचार्य, विपिन घिमिरे, शीला विष्ट, भीमकला गुरुङ र टीका गुरुङले गाएको गीतमा वाद्यवादनमा नर्सिङलाल श्रेष्ठ, दुर्गाप्रसाद खतिवडा, रोहित सुवेदी, लोकराज राई, अनुप दास, नरेश प्रजापति, खर्कबहादुर बुढा, सीतामैयाँ राजचल, तेजु श्रेष्ठ, मदन रेग्मी, सन्दीप श्रीस, मछिन्द्र बुढा र महेन्द्र तिवारीले वाद्यवादनमा साथ दिनु भएको थियो ।
वीरेन्द्र हमालको अवधारणामा तयार पारिएको कार्यक्रममा सिभिरा लामाको रोमाञ्चक उद्घोषण अर्को आकर्षण थियो ।

5-min.jpg

कार्यक्रममा अभिनयतर्फ उमेश मुखिया, मनीष कार्की, राजीव श्रेष्ठ, श्रीकृष्ण शाहीले साथ दिनुभएको थियो भने नारायणी पाण्डेको भेषभूषा संयोजक रहेको थियो । सांस्कृतिक संस्थानले प्रस्तुत गरेको रोमाञ्चकारी कार्यक्रमको राष्ट्रपतिलगायत उपस्थित सबैले प्रशंसा गर्नु भएको थियो ।

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij