कर्मचारी अभिमुखीकरण कार्यक्रम भव्यताका साथ सम्पन्न
२२ भदौ २०८२, काठमाडौँ ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले कर्मचारी आचरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । सजीव कला प्रदर्शनी सम्बन्धी नेपाल सरकारको एकमात्र निकाय संस्थानको कार्यप्रकृति विशिष्ट प्रकृतिको हुने भएकाले कर्मचारी अभिमुखीकरण कार्यक्रम अपरिहार्य भएकाले सो कार्यक्रम आयोजना गरिएको हो । प्रशिक्षकका रूपमा पूर्वसचिव डा.तोया ज्ञवाली ज्यू हुनुहुन्थ्यो ।
संस्थानको कार्यसम्पादन चुस्त, दुरुस्त एवम् प्रभावकारी ढंगले सम्पन्न गर्न सबैभन्दा पहिले सम्बन्धित निकायमा कार्यरत कर्मचारीहरू निकायगत कार्यक्षेत्र, काम, कर्तव्य, अधिकार एवम् कर्मचारी आचरण सम्बन्धी स्पष्ट हुनुपर्ने आधारभूत शर्त भएकाले सो कार्यक्रम आयोजना गरिएको महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले जानकारी गराउनु भयो । कार्यक्रममा महाप्रबन्धकज्यूले प्रशिक्षक डा.तोया ज्ञवालीज्यूलाई धन्यवाद ज्ञापन गर्दै मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो ।