अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम भव्यताका साथ सम्पन्न

अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम भव्यताका साथ सम्पन्न


 

 

अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम भव्यताका साथ सम्पन्न

२२ भदौ २०८२, काठमाडौँ । 
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सांस्कृतिक संस्थानको सहकार्यमा अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजन ऐन, २०८१ को दफा ११ ले दिएको अधिकार प्रयोग गरी अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि, २०८१ लागू गरी नेपालमा पहिलोपटक अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणको अभियान थालनी गरेको थियो । जसमा १०५ वटा अभौतिक सांस्कृतिक सम्पदाहरू सूचीकरणका लागि मन्त्रालयमा दर्ता भएको तर राष्ट्रिय सूचीकरणमा जम्मा १ वटा मात्रा छनौटमा परेको थियो । बाँकी छनौटमा नपरेका अभौतिक सांस्कृतिक सम्पदाको प्राविधिक पक्ष बारे अपुग भएकाले सो बारे अभिमुखीकरण गर्नुपर्ने भएकाले सम्बन्धित संघसंस्था र व्यक्तित्वहरूलाई एकीकृत गरी सूचीकरण सम्बन्धी विभिन्न पक्ष बारे मन्त्रालयका संस्कृति महाशाखा प्रमुख श्री डा.सुरेश सुरश श्रेष्ठज्यूले जानकारी गराउनु भएको थियो । 

DSC_5656.JPG

नेपालजस्तो संस्कृतिको धनी देशमा संस्कृतिबाटै समृद्धिको आधार दिशाबोध गर्न नेपालका सम्पूर्ण अभौतिक संस्कृतिहरू अभौतिक सांस्कृतिक सम्पदामा सूचीकरण हुनु आधारभूत शर्त हो । सूचीकरण पश्चात् सांस्कृतिक पर्यटनको विकास, स्वरोजगार सिर्जना र संस्कृतिबाटै समृद्धिको मार्ग प्रशस्त हुनेछ । अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणलाई चुस्त, दुरुस्त एवम् प्रभावकारी ढंगले अगाडि बढाउन मन्त्रालय र मन्त्रालय अन्तर्गत संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

DSC_5681.JPGDSC_5663.JPGDSC_5692.JPGDSC_5695.JPGDSC_5688.JPGDSC_5690.JPGDSC_5691.JPGDSC_5661.JPGAbhautik Sanskritk Abhimukhikaran.jpg

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij