चलचित्रभन्दा नाटकको राम्रो कमाइ

चलचित्रभन्दा नाटकको राम्रो कमाइ


काठमाडौं । एउटा नाटकले करिब दुई महिना मञ्चन हुँदा १८ लाख रुपैयाँभन्दा बढी मुनाफा गर्याे । भन्दा यहाँहरूलाई अचम्म लाग्न सक्छ । नेपाली चलचित्रले समेत यतिबेला व्यापार गर्न नसकेको बेला नाटक ‘एक चिहान’ले करिब २५ सोको मञ्चनमा उक्त रकम कमाएको हो ।

2.jpg
undefined


गत मंसिर १२ बाट पुस मसान्तसम्म यो नाटक मञ्चन हुँदा यसले खर्च काटेर १८ लाख रुपैयाँ कमाएको सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राईले बताउनु भएको छ ।

3.jpg
undefined


‘कक्षा १२ का विद्यार्थीलाई लक्षित गरेर सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरबाट केही वर्ष यतादेखि हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित उपन्यास एक चिहानलाई नाट्य रूपान्तरण गरेर हामीले मञ्चन गर्दै आएका छौं । यस पटकको सिजनमा यसले राम्रो आम्दानी गरेको छ र अझै १२ कक्षाको परीक्षा सुरु हुनुभन्दा अघिसम्म यसलाई हामी नाचघरमा निरन्तर मञ्चन गर्नेछौं ।’ महाप्रबन्धक राईले भन्नुभयो, ‘सांस्कृतिक संस्थानले यो नाटक आठ वर्ष अघिबाट मञ्चन सुरु गरेको हो । हामीले यो नाटक पुस मसान्तसम्म १४२ औं सो मञ्चन गरिसकेका छौं ।’

4-min.png
undefined


अग्रज नाट्यकर्मी वीरेन्द्र हमालको निर्देशनमा यो नाटक नाचघरको मेघा हलमा नियमित रूपमा मञ्चन हुँदै आएको छ । आफ्नो निर्देशनमा सबैभन्दा बढी मञ्चन भएको नाटक पनि यही भएको निर्देशक हमालको भनाइ छ, ‘हृदयचन्द्रसिंह प्रधानको यो बहुचर्चित उपन्यासलाई १२ कक्षाको पाठ्यपुस्तकमा राखिएका कारण पनि विद्यार्थीले सो बुक गर्नुहुन्छ । काठमाडौं बाहिर पनि हामीले एक चिहान मञ्चन गर्दै आएका छौं ।’ हमालले भन्नुभयो ।

5-min.png
undefined


यो नाटकका परिकल्पनाकारसमेत रहनुभएका वीरेन्द्र हमालका अनुसार ११ मंसिरबाट संस्थानले यो नाटक मञ्चन सुरु गरेको हो । चैतसम्म मञ्चनको लागि बुकिङ आइरहेको उहाँले बताउनु भएको छ । यो नाटक बर्सेनि हजारौं विद्यार्थीले प्रत्यक्ष रूपमा हेर्दै आएको पनि हमालले बताउनु भयो । यो नाटकबाट विद्यार्थीले पाठ्यज्ञानसँगै मनोरञ्जनसमेत हासिल गर्ने उहाँको भनाइ छ । 

6-min.png
undefined


यो नाटकमा संस्थानका कलाकारहरू मदन थापा, गीता थापा, माया थापा, सुशीला थापा, विपिन घिमिरे, रोहित सुवेदी, मिलन नेपाली, शिला विष्ट, सुस्मिता तामाङ, शवनम सिलवाल, रामभजन कामत, राजेन्द्र गड्तौला, ओम बानियाँ, आकाश त्रोक्छाकेलगायतको अभिनय रहेको थियो ।

7-min.png
undefined


यो नाटकमा तिलक सुनुवारको सेट डिजाइन, मिलन नेपाली र विज्ञान सुब्बाको प्रकाश परिचालन, मनोज केसीको संगीत, नारायणी पाण्डेको भेषभूषा संयोजन रहेको छ ।

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij