नवनियुक्त समिति सदस्य स्वागत कार्यक्रम सम्पन्नः सांस्कृतिक संस्थान

नवनियुक्त समिति सदस्य स्वागत कार्यक्रम सम्पन्नः सांस्कृतिक संस्थान


 

नवनियुक्त समिति सदस्य स्वागत कार्यक्रम सम्पन्नः सांस्कृतिक संस्थान


११ कार्तिक २०८३ काठमाडौँ । 
नेपाल सरकार अर्थ मन्त्रालयको प्रतिनिधि तथा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिनिधि स्वरूप सांस्कृतिक संस्थान सञ्चालक समितिमा नवनियुक्त सदस्यहरू उपसचिवद्वय  क्रमशः श्री सन्तोष पौडेल ज्यू र श्री केशव राज भट्टराईज्यूलाई सफल कार्यकालको शुभकामना सहित सांस्कृतिक संस्थानद्वारा स्वागत गरिएको छ ।

IMG-20261028-WA0051.jpg

IMG-20261028-WA0034.jpg

IMG-20261028-WA0041.jpg

संस्थानको मिति २०८३/०७/११ को सञ्चालक समितिको बैठकमा संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, प्रशासन शाखा संयोजक श्री सुदर्शन थापा ज्यू र लेखा शाखा संयोजक श्री प्रेमध्वज जिसीज्यूले नवनियुक्त समिति सदस्यहरूलाई स्वागत तथा सफल कार्यकालको शुुभकामना व्यक्त गर्नुभएको हो । स्वागत तथा शुभकामना कार्यक्रममा महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले संस्थानको हित, सुशासन र समृद्धि सम्बन्धी नीति तथा कार्यक्रम परिणाममुखी ढंगले सम्पन्न गर्न नवनियुक्त समिति सदस्यहरूको विशेष भूमिका रहने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना सहित स्वागत गर्नुभयो ।
 

IMG-20261028-WA0036.jpg

IMG-20261028-WA0024.jpg

IMG-20261028-WA0031.jpg

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij