‘गणतन्त्र दिवस सांस्कृतिक साँझ २०८०’

‘गणतन्त्र दिवस सांस्कृतिक साँझ २०८०’


काठमाडौं:- १६औं गणतन्त्र दिवसको अवसरमा सांस्कृतिक संस्थानमा गणतन्त्र दिवस सांस्कृतिक साँझ २०८० भव्यताका साथ आयोजना गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा भएको साँझ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको हो । 

3.png
२०८० जेठ १६ गते आयोजित साँझका लागि नेपाल सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको संयोजकत्वमा गणतन्त्र दिवस सांस्कृतिक साँझ कार्यक्रम उपसमिति गठन गरेको थियो । मन्त्री किरातीको संयोजकत्वमा भएको साँझमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानका कलाकार टोलीको विशेष प्रस्तुति रहेको थियो । 

1.png


सांस्कृतिक साँझमा उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै मन्त्री किरातीले भन्नुभयो, ‘गणतन्त्रलाई बलियो बनाउन मुलुकमा भ्रष्टाचारको अन्त्य हुन जरुरी छ । त्यसैले हामी आगो सहन्छौं तर भ्रष्टाचार सहँदैनौं ।’ सो अवसरमा उहाँले सम्पूर्ण कलाकार तथा संस्कृतिकर्मीलाई धन्यवाद दिँदै गणतन्त्रको संस्कृति निर्माणमा सबै जुट्न आह्वान पनि गर्नुभयो ।

2.png


सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राईको व्यवस्थापनमा भएको सांस्कृतिक साँझमा प्रधानमन्त्री प्रचण्डका साथै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, कृषिमन्त्री बेदुराम भुसाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीका साथै विभिन्न राजनीतिक दलमा नेता, सांसद, नेपाल सरकारका उच्च तहका कर्मचारी, सुरक्षा निकायका प्रमुख एवं उच्च पदाधिकारी, कूटनीतिक नियोगका प्रमुखलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेकोे थियो ।

करिब दुई घण्टा चलेको साँझ सांस्कृतिक संस्थानको स्वागत नृत्यबाट सुरु भई सशश्त्र प्रहरी बलको सन्देशमूलक गीतिनाटकबाट समापन भएको थियो । 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij