२०८० पौष २० गतेको प्रमुख अतिथि मा. मन्त्री सुदन किरातीबाट कार्यक्रममा सहभागी सम्पूर्ण कलाकार तथा कार्यक्रम ब्यबस्थापनमा खटिनु हुने मानुभावहरुलाई प्रमाण पत्र हस्तान्तरण गरी कार्यक्रम समापन भएकोे थियो ।
चौथो श्रृखलाका दिन बैकिङ क्षेत्र, शिक्षा क्षेत्र र विभिन्न जातजाति, विभिन्न सांस्कृतिक अन्वेषकहरु, लेखक, प्राध्यापक आदिको उपस्थिति रहेको थियो .
नेपाल पर्यटन बोर्ड र संस्कृति संस्थानको सहकार्य रहेको यस कार्यक्रममा विविधता ल्याउनका लागि समय, सन्दर्भ र ऋतु अनुसार प्रस्तुतिहरु फरक फरक हुने छन् भने सबै प्रस्तुतिहरुलाई अभिलेखीकरण गरी निकट भविष्यमै डिजिटल लाइब्रेरी तयार गर्ने संस्थानको योजना रहेको छ ।