नवनियुक्त महाप्रबन्धक श्री किरण बाबु पुन, २०८० माघ ८

नवनियुक्त महाप्रबन्धक श्री किरण बाबु पुन, २०८० माघ ८


२०८० माघ ८
सांस्कृतिक संस्थानका नवनियुक्त महाप्रबन्धक श्री किरण बाबु पुनज्यूलाई संस्थानमा औपचारिक रुपमा पदभार ग्रहणसहित स्वागत गरियो ।  यहाँको कार्यकालमा सांस्कृतिक संस्थानको भव्य प्रगतीसहित स्वर्ण युगमा प्रवेश गर्न सकोस् हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ ।
माघ ३ गते बसेको मन्त्रीपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा पुनलाई सांस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्ति दिएको हो । 

423537124_692318819743955_8748025422019367913_n.jpg

संगीत विषयबाट नै स्नातकोत्तर गरेका पुनले पुर्वदेखि पश्चीम सम्मको अमुर्त लोकसंगीतको खोज अनुसन्धान समेत गरिरहेका छन् । लोक संस्कृती रहे मात्र हामी रहन्छौ भन्ने भावना बोकेर निरन्तर यात्रामै छन् गायक तथा संगीतकार किरणबाबु पुन ।

422903307_692318846410619_1206541709336700332_n.jpgथुप्रै संघसंस्थाहरुमा आबद्ध रहदै सफल नेतृत्व समेत गरिसकेका किरणबाबुले सबै मिलेर सांस्कृतीक रुपान्तरणको यात्रामा यसैलाई आर्थिक समृद्धीको मार्ग बनाई समृद्ध देश निमार्णको आधार बनाउन यो यात्रामा जोडिन सम्पूर्ण अपिल समेत गरेका छन् ।

423538843_692318886410615_3173111710745862445_n.jpgदेशभरका मौलिक कला, संस्कृतीलाई संरक्षण, सम्बर्धन र प्रबर्धन गर्दै अगाडि बढ्ने कुरामा आफु प्रतिबद्ध रहेका छन् । अन्तराष्ट्रिय स्तरमा नेपालको कला संस्कृती, भेषभूषा र संस्कारलाई प्रबर्धन गर्दै विश्वका विभिन्न देशहरुसंग पनि संस्कार र संस्कृती आदान प्रदान गर्ने कुरामा संस्थानको ठूलो भूमीका रहने कुरा व्यक्त गरे ।

422900007_692318916410612_8353610262991162910_n.jpg

422898433_692318993077271_4687748414446048228_n.jpg

423516022_692318329744004_4054118161981004823_n.jpg

423582544_692318409743996_3832080373098490730_n.jpg

423514075_692318369744000_934319486595960756_n.jpg

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij