“एक चिहान” १७६ औं शृङ्खला

“एक चिहान” १७६ औं शृङ्खला


२०८० माघ १४ गते 
सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको प्रस्तुति प्रगतिशील उपन्यासकार स्व.हृदयचन्द्रसिंह प्रधानद्धारा लिखित उपन्यास “एक चिहान” रमेश बि.जी.को नाट्य रुपान्तरणमा तथा बीरेन्द्र हमालको परिकल्पना तथा निर्देशनमा तयार गरी विगत लामो समयदेखी सांस्कृतिक संस्थानसहित देशको बिभिन्न स्थानमा मञ्चन भई सकेको नाटक एक चिहानको १७६ औं शृङ्खला नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय भुपाल राईको प्रमुख आतिथ्यता सांस्कृतिक संस्थानमा नाटक एक चिहान प्रर्दशन  भएको थियो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय नारदमणी हार्तम्छालीको विशेष आतिथ्यता, सांस्कृतिक संस्थानका पूर्व अध्यक्ष प्रेमनाथ अधिकारी तथा पूर्व महाप्रबन्धकहरू हरिहर शर्मा, लक्ष्मण रायमाझी, शालिकराम तिमिल्सिना, राजेश थापा र प्राज्ञ अशोक लोहरुङ राईको आतिथ्यता रहेको थियो ।

यस नाटक प्रदर्शनमा KMC कलेज बागबजार, NIST कलेज, लैनचौर, Bridge Water Int'l कलेज र The Inside Vision कलेजका बिधार्थी भाइबहिनीहरुको माझ नाटक प्रदर्शन भएको थियो ।

कक्षा १२ को नेपाली विषयमा समाहित गरिएको उपन्यासलाई नाट्य रुपान्तरण सँगै नाटक मञ्चन भएको छ । बिधार्थीहरुमाझ रङ्गमञ्चबाट शिक्षण पद्धतिको विकास गराउनु र नाटकबाटै सामाजिक एवम् सांस्कृतिक रुपान्तरणको मार्ग तयार गर्नु यस नाटकको प्रमुख उद्देश्य रहेको छ ।

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij