३१ औं ब्याजका प्रशिक्षार्थीको दीक्षान्त समारोह

३१ औं ब्याजका प्रशिक्षार्थीको दीक्षान्त समारोह


२०८० माघ २४ गते
सांस्कृतिक संस्थानद्वारा सञ्चालित कलाकार प्रशिक्षण कार्यक्रम अन्तर्गत ३१ औँ समूहको दीक्षान्त तथा नाट्य सम्राट बालकृष्ण समज्यूको १२१ औं जन्मजयन्तीको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम सभ्य-भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा सभाध्यक्ष संस्थानका अध्यक्ष चन्द्र कुमार राई हतुवालीज्यू, प्रमुख अतिथि वरिष्ठ कलाकार बिमला श्रेष्ठ कटुवालज्यू, विशेष अतिथि संस्थानका महाप्रबन्धक किरण बाबु पुनज्यू, अतिथि पूर्वमहाप्रबन्धक लक्ष्मण रायमाझीज्यू रहनु भएको थियो।

त्यसैगरी संस्थानका सम्पूर्ण प्रशिक्षकज्यूहरू, शाखाप्रमुखज्यूहरू, कर्मचारीज्यूहरू, कलाकारज्यूहरू साथै प्रशिक्षार्थीका अभिभावकज्यूहरू तथा अन्य जनमनहरूको उपस्थिति रहेको थियो।

३१ औँ समूहको प्रशिक्षार्थीहरूको गायन, नृत्य, वाद्यवादन र नाटकको विशेष प्रस्तुति सहित प्रमाण-पत्रबाट दीक्षित भएका थिए। प्रशिक्षार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गर्दछौँ। साथै ३२ औं समूहको लागि कलाकार प्रशिक्षण अन्तर्गत गायन, वाद्यवादन,  नृत्य र नाटक विधामा भर्ना सुरु भइसकेको समेत जानकारी गराउँदछौँ।

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij