२०८० फागुन २
सांस्कृतिक संस्थानको आयोजनामा बसन्त शास्त्रीय संगीत उत्सव २०८० भव्यताका साथ संस्थानको मेघा हलमा सम्पन्न भयो । संस्थानका अध्यक्ष चन्द्रकुमार राईको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा प्रा.डा. धुर्वेशचन्द्र रेग्मिको प्रमुख आतिथ्यतामा रहेको थियो ।कार्यक्रममा संस्थानका महाप्रबन्धक किरण बाबु पुनले उपस्थित अतिथिलाई स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए । मन्तव्यका क्रममा शास्त्रीय संगीतको वकालत गर्दै आगामि दिनमा संरक्षण सम्बर्द्धन र प्रवर्द्धनमा आफु प्रतिवद्ध रहेको कुरा जानकारी समेत गराए
सो कार्यकममा श्रीराम आचार्य धन बहादुर गोपाली डा. संगीता राना प्रधान डा. रमेश पोखरेल पूर्वमहाप्रबन्धक लक्ष्मण रायमाझी बिष्णु आचार्य प्राज्ञ डक्टर किरात रबिन दास श्रेष्ठ गोकुल लिम्बू लगायत शास्त्रीय संगीत क्षेत्रका मुर्धन्य दिग्गजहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सहायक संगीत प्रबन्धक दुर्गाप्रसाद खतिवडाले सहजीकरण गरेका थिए । जम्मा ८ वटा प्रस्तुति रहेको उक्त उत्सवमा भारतिय गायन रियालीटी शो इन्डियन आइडलको १४ औं सिजनमा उत्कृष्ट प्रस्तुति दिएकी नेपाली गायिका मेनुका पौडेलको विषेश प्रस्तुति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि धुर्वेशचन्द्र रेग्मिले यस्ता प्रकृतीका कार्यक्रमहरुमा धेरैजसो राजनितीक दलका नेताहरुलाई प्रमुख अतिथि बनाउने परिपाठीलाई तोड्दै कार्यक्रमको क्षेत्रसंग सम्बिन्धीत व्यक्तिलाई स्थान दिएकोमा संस्थानका महाप्रबन्धक संगै कार्यक्रम आयोजकको मुक्तकण्ठले प्रसंशा गरेका हुन् ।