२०८१ बैशाख १ सांस्कृतिक संस्थानको मेघाहल काठमाडौं ।
सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्ड ज्यूको प्रमुख आतिथ्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री हितबहादुर तामाङज्यूको विशिष्ट आतिथ्यता नयाँ वर्ष २०८१ को अवसरमा शुभारम्भ सांस्कृतिक साँझ २०८१ मार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अवधारणा एवम् नेपाल पर्यटन बोर्डको सहकार्यमा तयार पारिएको ठेट नेपाली सांस्कृतिक कार्यक्रम माटोको गीत दोस्रो संस्करण नेपाली संस्कृति को समुद्घाटन समारोहको आयोजना सांस्कृतिक संस्थानले गरेको हो ।
यस सांस्कृतिक साँझ लाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्रीले नेपाली जनताको त्याग र बलिदानको संविधानले समाजवादउन्मुख राज्य निर्माणको सङ्कल्प गरेको बताउनु भयो । समाजवादको आधार तयार पार्नका निम्ति संस्कृतिको दिशाबोध आधारभूत सर्त हो । त्यसको निम्ति समाजवादी निर्माणका पक्षमा सम्पूर्ण बामपन्थी देश भक्त एवं प्रगतिशील समुदायले योगदान गर्न सक्नु पर्दछ ।
उहाँले भन्नुभयो । संस्थानद्धारा आयोजित सांस्कृतिक साँझले छुट्टै उर्जा र प्रेरणा प्रदान भएको छ । कार्यक्रममा विभिन्न भाषा भाषी सांस्कृतिक विविधता प्रदेशगत सांस्कृतिक प्रस्तुति राष्ट्रिय एकता र सांस्कृतिक विविधताको आत्मसंस्मरण र प्रवर्द्धनमा महत्वपूर्ण प्रेरणा प्रदान गरेको मैले ठानेको छु । उहाँले भन्नुभयो । सो अवसरमा उहाँले नयाँ वर्ष २०८१ सम्पूर्ण नेपालीका निम्ति उर्जा र आत्मविश्वासको वर्ष हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीमा नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो।
