१४ बैशाख २०८१
ठेट नेपाली सांस्कृतिक कार्यक्रम “माटोको गीत दोस्रो संस्करण – नेपाली संस्कृति“ को तेस्रो शृङ्खला रैथाने कृषि उत्पादन प्रदर्शनी सहित पूर्व अर्थमन्त्री माननीय श्री जनार्दन शर्मा ’प्रभाकर’ज्यूको विशिष्ट आतिथ्यतामा । तथा माननीय श्री कल्पना मियाँज्यू, माननीय श्री ठगेन्द्र प्रकाश पुरीज्यू, माननीय श्री गोपाल जि जंग शाहज्यू, माननीय श्री मिठू मल्लज्यू, माननीय उपकुलपति श्री शम्भु राईज्यू, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव श्री हेमराज तामाङ्गज्यू, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्री देवेन्द्र प्रसाद काफ्लेज्यू, प्राज्ञज्यूहरू, इन्द्रेणी समाजका अध्यक्ष श्री कृष्ण कडेलज्यू लगायत विभिन्न संघ संस्थाका आदरणीय अध्यक्षज्यूहरू एवम् विदेशी पाहुनाहरुको विशेष आतिथ्यता एवम् विभिन्न निकायका प्रतिनिधिहरूको आतिथ्यमामा कार्यक्रम सभ्य–भव्य रूपमा सम्पन्न भएको थियो ।शिष्ट विशिष्ट माननीय अतिथिज्यूहरू, नेपाल सरकारका सहसचिवज्यू, सात प्रदेशका कलाकारज्यूहरू, रैथाने एग्री प्रडक्टस् तथा उपस्थित आदरणीय जनमनहरू प्रति स्वागत गदै महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले विशिष्ट अतिथि तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गदै सहभागी सबैमा हार्दिक धन्यवाद सहित तेस्रो शृङ्खलाको कार्यक्रम समापन भएको थियो ।



रैथाने एग्रो प्रोडक्टको उत्पादन काठको भाडो अवलोकन गर्दै दर्शकहरु

बिदेशी पाहुनाहरु रैथाने एग्रो प्रोडक्टको अवलोकन गर्दै