२०८१ ज्येष्ठ ११,
सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ज्यूको प्रमुख आतिथ्ययतामा ’शुभारम्भ सांस्कृतिक साँझ २०८१’ मार्फत समुद्घाटन गरिएको १३ औँ शृङ्खलासम्म प्रदर्शन गरिने “माटोको गीत” दोस्रो संस्करण नेपाली संस्कृति“ को नवौँ शृङ्खला पूर्व मन्त्री माननीय श्री विमला केसीज्यूको विशिष्ट आतिथ्ययतामा कार्यक्रम सम्पन्न भएको छ ।
![IMG_4931.JPG](https://sanskritiksansthan.gov.np/media-file/images/2024/10/1729357450-AP3mF.jpg)
विशिष्ट आतिथि पूर्व मन्त्री माननीय श्री विमला केसीज्यू
माननीय मन्त्रीज्यूले संस्थानको उच्च प्रगतिको शुभकामना व्यक्त गर्नु भयो । संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यू र कार्यक्रमका सभाध्यक्ष तथा सञ्चालक समितिका अध्यक्ष श्री चन्द्र कुमार राई हतुवालीज्यूले विशिष्ट अतिथिलाई मायाको चिनो प्रदान गदै कार्यक्रमको समापन गर्नु भएको थियो ।
संस्थानको मेघा हलमा आयोजना गरिएको कार्यक्रममा नाट्य कलाकारहरूले भीमनिधि तिवारीद्वारा लिखित “घरको माया” एकाङ्की नाटक मञ्चन गरेका थिए । यो नाटक देश प्रेमले भरिपूर्ण एकाङ्की नाटक हो ।
विशेष गरेर कान्छो र बतासेको मुखबाट आफ्नो गाउँघरको गुणगान गरेका थिए । गाउँघरबाट बिरक्तिएर हिँडेका दुई युवा भारतको कुनै एउटा प्लेटफमा बसेर गाउछोडनु आफ्नोलागि उपलब्धि ठानेको गफमा रहेको र दुई पात्रहरू नेपाली समाजको विषयमा मेलापात अर्मपर्म, बर्खा मास पञ्चेबाजा बजाएको रोपाई गरेको र आफ्नै देश फर्कनु पर्छ भन्ने भाव प्रस्तुत गरिएका थिए ।
त्यसै गरी सातै प्रदेशका मौलिक रैथाने संस्कृतिमा आधारित नृत्यहरूको समेत प्रस्तुति रहेको थियो । नेपालीहरूको मनोभावना र नेपालको माटोको माया गर्ने विभिन्न जातजातिको मौलिक एवं रैथाने संस्कृति सभ्यता, रहनसहन तथा सबै जातजातिका जीवन शैली झल्कने किसिमको प्रस्तुतिहरू रहेका थिए ।
![IMG_4863.JPG](https://sanskritiksansthan.gov.np/media-file/images/2024/10/1729358314-JQEfj.jpg)