"विशेष धन्यवाद कार्यक्रम"
२०८१ असार ११ गते
सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड)ज्यूको प्रमुख आतिथ्यमा नयाँ वर्ष २०८१ वैशाख १ गते 'शुभारम्भ सांस्कृतिक साँझ २०८१' मार्फत समुद्घाटन भएको 'माटोको गीत दोस्रो संस्करण नेपाली संस्कृति' को अवधारणा संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयको र नेपाल पर्यटन बोर्डको सहकार्यमा ठेट नेपाली सांस्कृतिक कार्यक्रम “माटोको गीत” दोस्रो संस्करणको पहिलो श्रृंखलादेखि तेह्रौँ श्रृंखलासम्मको कार्यक्रम सम्पन्न भएको छ।
यस कार्यक्रममा नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरण, वल्डलिङ कम्युनिकेशन, सिद्धार्थ बैँक लि. राष्ट्रिय वाणिज्य बैंक लि., नेपाल वायुसेवा निगम, डाबर नेपाल, कलेज अफ बिजिनेसन म्यानेजमेन्ट, माछापुच्छ्रे बैँक लि., एभरेष्ट बैंक लि. कृषि बैँक लि. रैथाने एग्री प्रडक्स नेपाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्र लगायत निजी व्यवसाय तथा वित्तीय सङ्घ संस्थाहरूको सहकार्यमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
"विशेष धन्यवाद कार्यक्रम" को अध्यक्षता संस्थानका संञ्चालक समितिका अध्यक्ष श्री चन्द्रकुमार राईज्यूले गर्नु भएको थियो भने यस कार्यक्रममा संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले पहिलो शृङ्खलादेखि १३ औं शृङ्खलासम्म, गणतन्त्र दिवस उत्सव २०८१ र सांस्कृतिक संस्थानको ५२ औं वार्षिकोत्सब आदि कार्यक्रम सम्पन्न हुन आ-आफ्नो ठाउँबाट योगदान पुर्याउनु हुने सम्पूर्ण कर्मचारी, कलाकार, प्राविधिक लगायत आवद्ध सबैलाई संस्थानको तर्फबाट विशेष धन्यवाद व्यक्त गर्नु भयो।
यस कार्यक्रममा अध्यक्षज्यू र महाप्रबन्धकज्यूले सम्पूर्ण कर्मचारी, कलाकार, प्राविधिकहरुलाई सम्मान पत्र बितवरण गर्नु भएको थियो।
यस कार्यक्रमा अध्यक्षज्यूले यस्तै साथ र सहयोगको सदा अपेक्षा सहित सम्पूर्णको उज्ज्वल भविष्यको कामना सहित कार्यक्रमको समापन गर्नु भएको थियो।
००००