२०८१ साउन १ गते, त्रिभुवन पार्क, थानकोट, काठमाडौंमा अथार मगरात मगर प्रतिष्ठानको आयोजनामा र सांस्कृतिक संस्थानको सहकार्यमा तथा विशेष प्रस्तुतिका साथ'साउने संकराई (उधेली पर्व) २०८१' सम्पन्न भएको छ। यस पर्वले नेपालका मौलिक चाडपर्वलाई अमूर्त सांस्कृतिक सम्पदा र सम्पत्ति को रूपमा प्रस्तुत गर्यो।
सांस्कृतिक संस्थानको नीति र कार्यक्रम अन्तर्गत, पर्वको संरक्षण, संवर्द्धन र पुस्तान्तरणमा विशेष ध्यान दिइएको छ। यस अवसरमा, मौलिक परम्परा, संस्कार, रीतिथिति र चालचलन अनुसार विशेष सांस्कृतिक प्रदर्शनी आयोजना गरिएको थियो। प्रदर्शनीमा विभिन्न जनावरका आकारमा तयार पारिएका खानाका प्रकारहरूको पनि प्रदर्शन गरिएको थियो।