"शुभयात्रा तथा सफल कार्यसम्पादनको शुभकामना"

"शुभयात्रा तथा सफल कार्यसम्पादनको शुभकामना"


"शुभयात्रा तथा सफल कार्यसम्पादनको शुभकामना"

१ असोज २०८३

जमल, काठमाडौँ । 

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना [Sustainable Tourism Project (STP)] का लागि सांस्कृतिक प्रदर्शन प्याकेज विकास सम्बन्धी कार्यसम्पादन गर्न सांस्कृतिक संस्थानका कलाकारहरू लुम्बिनी र जनकपुरमा प्रस्थान गर्नुभएको छ ।

IMG_3892.JPG

सहभागी हुनुहुने कलाकारहरूलाई जिम्मेवारी प्रदान गर्नुहुँदै संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले बिदाई तथा शुभयात्राको कामना सहित प्रभावकारी कार्यसम्पादनको कामना  गर्न निर्देशन दिनु भएको छ । 

 

IMG_3882.JPG

दिगो पर्यटन परियोजना [Sustainable Tourism Project (STP)] का लागि सांस्कृतिक प्रदर्शन प्याकेज विकास गर्न संस्थान साझेदार संस्था (Implementation Partner) को रूपमा रहनेगरी संवत् २०८३ साल साउन १३ गते सम्झौता गरिएको थियो ।

 

IMG_3868.JPG

लुम्बिनीमा संस्थानका वाद्यवादन शाखा संयोजक श्री दुर्गा प्रसाद खतिवडाज्यूको नेतृत्वमा कलाकारहरू श्री दिपेन्द्र बज्राचार्य ज्यू, श्री गीता थापा ज्यू र श्री  राधिका भण्डारी ज्यू सहित ४ सदस्यीय समूह असोज १ गते प्रस्थान गरेको छ ।

 

IMG_3893.JPG

जनकपुरमा संस्थानकै कलाकार श्री नरेश प्रजापतिज्यूको नेतृत्वमा कलाकारहरू श्री सुशीला थापा ज्यू, श्री शीला विष्ट ज्यू र श्री राम भजन कामत ज्यू सहितको ४ सदस्यीय समूह असोज २ गते प्रस्थान गर्नेछ ।

 

IMG_3900.JPG

आगामी दिनहरूमा सम्झाैता बमोजिम यी दुई ठाउँका अलावा अन्य ३ ठाउँमा कार्यक्रम संचालन गरिनेछ । कार्यक्रमको सहजीकरण संस्थानका कलाकार तथा आयोजना सम्पर्क/गुनासो समाधान संयोजक श्री रोहित सुवेदीज्यूले गर्नुहुनेछ ।

 

IMG_20260916_164611_913.jpg.jpeg

 

IMG_3900.JPGIMG_3903.JPGIMG_3896.JPGIMG_3875.JPG

IMG_3871.JPG

IMG_3902.JPG

IMG_3869.JPG

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij