कला प्रशिक्षण कार्यक्रम अन्तर्गत ३२औं ब्याजमा दीक्षित प्रशिक्षार्थी

कला प्रशिक्षण कार्यक्रम अन्तर्गत ३२औं ब्याजमा दीक्षित प्रशिक्षार्थी


काठमाडौं २०८१ साउन २५
अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि सांस्कृतिक संस्थानद्वारा सञ्चालित कला प्रशिक्षण कार्यक्रम अन्तर्गत ३२ औं समूहका प्रशिक्षार्थी 'दीक्षान्त समारोह' संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा संस्कृति महाशाखा प्रमुख डा.सुरेश सुरश श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा सव्य र भव्य रुपमा सम्पन्न भएको थियो  ।

ooooooooo.png
प्रमुख अतिथि डा.सुरेश सुरश श्रेष्ठ
vlcsnap-2024-08-10-13h50m35s929.png
महाप्रबन्धक श्री किरण बाबु पुनज्यू

संस्थानद्वारा सञ्चालित अभिनय, नृत्य, गायन तथा वाद्यवादन विधामा ६ महिना प्रशिक्षण लिएका विद्यार्थीको दीक्षान्त समारोहमा प्रशिक्षार्थीहरूको आकर्षक प्रस्तुति पनि रहेको थियो । सबै विधाका जम्मा एक सय तीस विद्यार्थीलाई समारोहमा प्रमाणपत्र सहित दीक्षित गरिएको थियो । कार्यक्रमका सभाध्यक्ष तथा संस्थानका अध्यक्ष श्री चन्द्र कुमार राईज्यू र महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले दीक्षित प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा सम्मान गर्नु भएको थियो । दीक्षान्तमा सहभागी सम्पूर्ण विधाका प्रशिक्षार्थीहरूले आ–आफ्नो कला प्रस्तुत गरेका थिए ।

IMG_6461.JPG
प्रशिक्षार्थीहरुको प्रस्तुति
IMG_6474.JPG
प्रशिक्षार्थीहरुको प्रस्तुति
IMG_6480.JPG
प्रशिक्षार्थीहरुको प्रस्तुति
IMG_6514.JPG
प्रशिक्षार्थीहरुको प्रस्तुति

454007907_801739095468593_5831533819378265296_n (2).jpg

WhatsApp Image 2024-08-11 at 13.13.06.jpeg
प्रशिक्षार्थीहरुको अभिनय

त्यसैगरी कार्यक्रममा अभिनयका प्रशिक्षार्थीद्वारा नाटक ‘शुभाशिष्’ मञ्चन गरिएको थियो । नाट्य शाखाका प्रमुख सवनम सिल्वाल तथा रामभजन कामतको परिकल्पना तथा निर्देशन रहेको नाटकले बिदेशमा रहेका आफ्ना सन्तानहरु र सन्तान प्रतिको मायाको भाव प्रस्तुत भएका थिए भने स्वादेशमा रहेका अस्वास्थ्य पाका आमा बुबाहरु सहारा बिहिन बनेका द‍ृश्यले दर्शकहरु मर्माहित थिए । मृत्युमा दाहसंस्कार गर्न समेत फुर्सद नमिल्ने सन्तानहरूप्रति कडा कटाक्ष गरिएको सुखान्तबाट दुखान्तमा उक्त  नाटकले विश्राम लिएको पाईन्थ्यो।

IMG_6429.JPG
प्रमुख अतिथि डा.सुरेश सुरश श्रेष्ठज्यू

प्रमुख अतिथि डा.सुरेश सुरश श्रेष्ठले संस्थानका कला प्रशिक्षणबाट दीक्षित कलाकारहरूलाई शुभकामना दिदैँ पहिलो व्याजदेखि ३२ औं ब्याज सम्मका दीक्षित समूह कहाँ र के गर्दै हुनुहुन्छ । उहाँहरु कला क्षेत्रमा नै हुनुहुन्छ वा के गर्दै हुनुहुन्छ होला ? सबैको अभिलेखीकरण गर्न आवश्यक रहेको बताउदै  संस्थानका हरेक गतिविधिमा मन्त्रालयको साथ र सहयोग रहने बताउनु भएको थियो ।

IMG_6941.JPG
सभाध्यक्ष  श्री चन्द्र कुमार राईज्यू

दीक्षान्त कार्यक्रमको समापन सभाध्यक्ष  श्री चन्द्र कुमार राईज्यूले गर्नु भएको थियो । उहाँले दीक्षित समूहलाई आगामी दिनको कला जीवन अझ सफल रहोस् भनी शुभकामना दिदैँ कार्यक्रमको समापन गर्नुभएको थियो ।

यस कार्यक्रममा सभाध्यक्ष श्री चन्द्र कुमार राईले गर्नुभएको थियो भने संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले शुभकामना मन्तव्यका साथ दीक्षित कलाकारको उज्ज्वल भविष्यको कामनाका साथ कला प्रशिक्षणको बारेमा बताउनु भएको थियो ।

IMG_6540.JPG

कला प्रशिक्षण कार्यक्रम अन्तर्गत ३२औं ब्याजमा दीक्षित प्रशिक्षार्थीहरूले अभिनय, नृत्य, गायन र वाद्यवादन विधामा ६ महिना अवधिको प्रशिक्षण पूरा गरेपछि प्रमाणपत्र प्राप्त गरेका थिए। यस समूहका एक सय तीस विद्यार्थीलाई दीक्षान्त समारोहमा प्रमाणपत्र र सम्मान प्रदान गरिएको थियो।

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij