"Shree Riddhi Siddhi Gaijatra Festival 2081" organized by Cultural Corporation

माननीय मन्त्री श्री बद्रीप्रसाद पाण्डेज्यूबाट “श्री रिद्धि सिद्धि ज्वेलर्स गाईजात्रा महोत्सव २०८१” उद्‌घाटन

माननीय मन्त्री श्री बद्रीप्रसाद पाण्डेज्यूबाट “श्री रिद्धि सिद्धि ज्वेलर्स गाईजात्रा महोत्सव २०८१” उद्‌घाटन


२०८१ भाद्र ३ गते
नेपाल सरकारको संस्कृति सम्बन्धी एकमात्र आधिकारिक एवम् ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधता भित्र एकता भएको राष्ट्र नेपालको पहिचान तथा अस्तित्व रक्षाका लागि संस्कृति भित्रको प्रमुख अवयव हरेक जातजातिका मौलिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यसाथ नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारु) लाई सांस्कृतिक परम्परा, मूल्यमान्यता अनुरूप उत्सवका रूपमा मनाउन सा‌स्कृतिक संस्थानको आयोजनामा “श्री रिद्धि सिद्धि  ज्वेलर्स   गाईजात्रा महोत्सव २०८१” कार्यक्रम मिति २०८१ भदौ ३ गतेदेखि भदौ १० गतेसम्म प्रदर्शनी हुने कार्यक्रमको बिधिवत रुपमा उद्‌घाटन सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री श्री बद्रीप्रसाद पाण्डेज्यूबाट भएको थियो ।

455818134_810002861308883_7048391452314919234_n.jpg
प्रमुख अतिथि   माननीय मन्त्री श्री बद्रीप्रसाद पाण्डेज्यू

संस्थानको मेघा हलमा आयोजना भएको सो कार्यक्रममा मन्त्रीहरु, सांसदहरु, संवैधानिक आयोगका प्रमुखहरु, मन्त्रालयका सचिवहरु, माननीयज्यूहरु,. विभिन्न जातजातिका अगुवाहरु, विभिन्न अन्वेषकहरु, अध्येताहरु, लेखक, प्राध्यापक आदिको उपस्थिति रहेको थियो ।

455897848_810001451309024_2084236192172379923_n.jpg
 उपस्थित   आदरणीय दर्शक  महानुभावहरु

सांस्कृतिक संस्थानले आफ्नो राष्ट्रको संस्कृतिको महत्व र सांस्कृतिक सद्‍भाव संरक्षण तथा प्रवर्द्धन गर्न वार्षिक कार्यक्रमको योजना अनुरूप भदौ ३ गतेदेखि १० गतेसम्म गाईजात्राको अवसर पारेर श्री रिद्धि सिद्धि ज्वेलर्स गाईजात्रा महोत्सव-२०८१को आयोजना गरेको छ।

456050430_810002904642212_7395250186224233455_n.jpg
संस्थानका महाप्रबन्धक

WhatsApp Image 2024-08-21 at 21.48.08.jpeg

लक्ष्मण गाम्नागे सिस्नोपानी नेपालका अध्यक्ष तथा हास्यव्यङ्ग्य कवि तथा साहित्यकार

गाईजात्रा पर्वलाई संरक्षण गर्न संस्थानले आयोजना गरेको यस कार्यक्रममा ख्याति प्राप्त नेपाली हास्यव्यङ्ग्य कलाकारहरूको प्रस्तुतिहरू रहेको छ। यस कार्यक्रमले मनोरञ्जन मात्र होइन दर्शकहरूले प्रस्तुति हेरेर वा सुनेर मनमा उत्पन्न हुने नवरसले रचनाकार र प्रस्तोताहरूको बौद्धिकतामा श्रीवृद्धि हुनेछ। तसर्थ मनोरञ्जनको प्रतिस्पर्धामा बौद्धिकस्तर कायम गर्न सके मात्र कलाको मूल्य अभिवृद्धि हुने छ भन्नेमा संस्थान विश्वस्त छ। यस कार्यले नेपालको गरिमालाई अन्तर्राष्ट्रिय रूपमा सम्प्रेषण तथा चेतनामूलक कार्यक्रमको नमुना बन्नेमा संस्थान विश्वस्त गर्दछ ।

WhatsApp Image 2024-08-21 at 21.48.07 (1).jpeg
नेवार जातिहरूको लठ्ठी नाच

भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रूपमा लिइन्छ।यस्तै महत्वपूर्ण पर्वहरूमा गनिने महत्वपूर्ण पर्व हो गाईजात्रा।गाईजात्रा नेवार समुदायको सत्रौँ शताब्दीदेखि चलिआएको एउटा परम्परागत प्रथा हो । यसलाई हाँसो र ठट्टाको पर्वका रूपमा पनि चिनिन्छ।यो पर्व काठमाडौँ, भक्तपुर, ललितपुर र लगायत देशका सबै स्थानमा बसोबास गर्ने नेवार जातिहरूले प्रायः मनाउने गर्दछन्।यो जात्रा विशेषत एक वर्षभित्र आफन्तजन गुमाउने परिवारका सदस्यहरुकालागि मृतकको सम्झना, स्नेह तथा निकटताका क्षणहरूको विशेष स्थान रहने गर्दा जात्राले विशेष महत्व राख्दछ।गाईजात्राका दिन सडकमा गाई, गाईकै भेष अथवा विभिन्न मुखुन्डोसहितका झाँकी लगायत थुप्रै रौनक देखिन्छन्।गाईजात्रामा विभिन्न रसिक कुराकानी, ठट्यौली, चुट्किला र प्रहसन समेत गरिन्छ।मृत्यु भएका आफन्तको सम्झनामा गरिने जात्रामा आत्मसात् गरिएको रमाइलो र हाँसोका माध्यमहरूलाई विचार गर्ने हो भने गाईजात्राले जन्मिएपछि मृत्यु अवश्य हुन्छ र यसलाई जीवनको एउटा अनिवार्य प्रक्रियाको रूपमा लिएर अघि बढ्नकालागि मृतकका शोक सन्तप्त परिवारजनलाई आह्वान गरेको भान गराउँदछ।यस्ता किसिमका पर्वहरूले हाम्रा मूल्य, मान्यता, आभास र महत्वको आत्मबोध गर्दै पीडा, दुःख, दर्द र बेदना भए पनि सुन्दर जीवनमा सकारात्मक सान्त्वना लिनकालागि हाँसेर मनोरञ्जन लिन पाउने अधिकार सबैको भएकाले गाईजात्रालाई हाँस्ने पर्व (वाक्) स्वतन्त्रताको रूपमा पनि लिइन्छ ।

WhatsApp Image 2024-08-21 at 21.48.08 (2).jpeg
अर्गानीक कमेडीयन (खबपु) 

त्यसैगरी हास्यव्यङ्ग्य कलाकारहरूको लागि पनि यो जात्रा महत्वपूर्ण मानिन्छ।वर्ष भरीका राजनीतिक, सामाजिक लगायत समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा नै खुलेर व्याङ्य प्रहार गर्ने पर्व समेत मानिन्छ। व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा समेत सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अंक प्रकाशित गर्ने चलन पनि बढेको पाइन्छ।

WhatsApp Image 2024-08-21 at 21.48.08 (1).jpeg
मुन्द्रेको कमेडी क्लबका हाउडे दाई दिनेश काफ्ले
WhatsApp Image 2024-08-21 at 21.48.09 (1).jpeg
कमेडी च्याम्पियन सिजन ३  बाट नानी  कमेडीयन उपाधी पाएकी कलाकार सुयशा खनाल
WhatsApp Image 2024-08-21 at 21.48.09.jpeg

चर्चित प्यारोडी गायक तथा चर्चित उद्घोषक हास्य कलाकार राजा राजेन्द्र पोखरेल 

WhatsApp Image 2024-08-21 at 21.48.10.jpeg
धुर्मुस द्वारा लोकप्रिय, एक नेपाली पटकथा लेखक, अभिनेता, हास्य कलाकार निर्देशक सीताराम कट्टेल
WhatsApp Image 2024-08-21 at 21.48.10 (1).jpeg
 धारावाहिक नाम सुन्तली (सुन्तली) द्वारा लोकप्रिय, एक हास्य कलाकार, अभिनेत्री कुञ्जना घिमिरे
456334567_810996134542889_4481143958935804362_n.jpg

सन्तोष खनाल टिभी फिल्मीका किरो, लोक बाजे र नानी  कमेडीयन कलाकार सुयशा खनाल

456206135_810323744610128_183106344537822260_n.jpg
शिव शंकर रिजाल (जोगिन्दर) र सुरेन्द्र केसी (मुलाका साग)
WhatsApp Image 2024-08-21 at 21.48.07.jpeg
सांस्कृतिक संस्थानका नाट्य कलाकार रामभजन कामत
456265989_810996281209541_7351198809379618963_n.jpg
‘कमेडी च्याम्पियन’ विजेता हिमेश पन्त

WhatsApp Image 2024-08-22 at 15.11.40.jpeg

WhatsApp Image 2024-08-22 at 15.11.46.jpegगाईजात्रा प्रहसनमा विकृति–विसङ्गति विरुद्ध चोटिलो व्यङ्ग्यात्मक प्रहार गरेर दर्शकलाई हँसाउने मात्र नभई भ्रष्टाचार, व्यभिचार, कुशासन, अनियमिततामा संलग्नहरूलाई कडा शब्दबाण प्रहार गर्ने हास्यव्यङ्ग्य कलाकारको एउटा ठूलो पर्व पनि हो । यस्तो  हास्यव्यङ्ग्यको प्रहारबाट नै कतिपय भ्रष्टाचार व्यभिचार, कुशासनमा संलग्न व्यक्तिहरूले आफ्नो बानी सुर्धाने मौका समेत पाउँनेछन् ।

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij