चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नः सांस्कृतिक संस्थान

चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नः सांस्कृतिक संस्थान


 

चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नः सांस्कृतिक संस्थान

IMG_5093.JPG
१० असोज, २०८२, काठमाडौँ ।
संवत् २०८२ भदौ २३ र २४ को जेन जी आन्दोलनका कारण जनधनको क्षति हुँदा देश यतिबेला शोकमा छ । यतिबेला राष्ट्रमा हर्षोल्लासमय तवरले कार्यक्रम गर्न सकिने परिस्थिति छैन । तर पनि नजिकिँदै गरेका नेपालीहरूको महान् सांस्कृतिक चाडपर्वहरू दशैं, तिहार, नेपाल संवत् ११४६ र छठ पर्वको अवसरमा परिस्थिति बमोजिम सांस्कृतिक संस्थानले चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम जेन जी आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सहिदहरू प्रति श्रदाञ्जली अर्पण गदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना अर्पण गर्दै सामान्य ढंगबाट सम्पन्न गरिएको हो । कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक श्री हिकमत सिंह ऐर ज्यू, संस्थान सञ्चालक समिति सदस्य श्री पूजा श्रेष्ठ ज्यू, शाखा संयोजकज्यूहरू लगायत कर्मचारी तथा प्रशिक्षार्थीहरूको उपस्थिति रहेको  थियो । गीत, नृत्य, नाटक जस्ता प्रस्तुतिजन्य क्रियाकलाप नगरी मात्र सिर्जनशील कृतिहरू विमोचन र चाडपर्व विशेष बहस गरी कार्यक्रम समापन गरिएको हो । 

IMG_5125.JPG

IMG_5166.JPG

IMG_5213.JPG

IMG_5106.JPG

कार्यक्रममा सांस्कृतिक संस्थानको क्रियाकलाप समेटिको बुलेटिन वर्ष २६, अंक १, भदौ २०८२ विमोचन गरिएको थियो । साथै संस्थानका वाद्यवादन शाखाका कलाकारहरूले तयार पारेको समय सान्दर्भिक दशैं पर्व विशेष मालश्री धून र चाडपर्व विशेष परिवेशमा सुहाउँदो लाखौं परदेशीहरू प्रति समर्पित नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक श्री हिकमत सिंह ऐरज्यूको रचना, संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको सङ्गीत, महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू र प्राज्ञ श्री टीका पुनज्यूको आवाजको मर्मस्पर्शी गीत “ए मेरी हजारी” को श्रव्यदृश्य सामग्री विमोचन गरिएको हो । गीतमा निर्देशन श्री माया थापा, सङ्गीत संयोजक/रेकर्डिष्ट/ध्वनि सम्पादक श्री प्रेम प्रकाश रामजाली, वाद्यवादकः श्री नरेश प्रजापति, श्री धर्म गन्धर्व, श्री रत्न बि.क, छायांकार श्री बि.एम मल्ल, दृश्य सम्पादक श्री मनिष कार्की, अभिनयः श्री गीता थापा घिमिरे, श्री अक्कल बहादुर पाख्रिन, श्री शेखर घर्ति, श्री बिना विश्वकर्मा , भेषभूषा श्री नारायणी पाण्डे र मेकअप सीता केसीको रहेको छ । संस्थानको आधिकारिक युटुब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको छ ।

IMG_5141.JPG

IMG_5159.JPG

IMG_5157.JPG

IMG_5187.JPG

कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक श्री हिकमत सिंह ऐरज्यूले भन्नुभयोः– विषम परिस्थितिमा पनि संस्थानले मौलिक संस्कृति बचाउन शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्नुभयो । आफूद्वारा रचित “ए मेरी हजारी” बोलको गीत प्रकाशन गर्न साथदिनुहुने गीतसँग सम्बन्धित सम्पूर्णलाई आभार प्रकट गर्दै गीतको भाव पक्ष बारे ए मेरी हजारी नेपाल देशको परिवेश चित्रण गरिएको बताउनु भयो ।

 

IMG_5169.JPG

IMG_5192.JPG

IMG_5111.JPG

संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले विशेष मन्तव्य राख्नुहुँदै भन्नुभयोः–
नेपाल अहिले विषम परिस्थितिमा गुज्रिरहेको बेलामा पनि नेपालीहरूको महान चाडपर्वहरू आँगनीमै आएकाले संस्थानको अभिभारालाई शिरोधार्य गर्दै संस्थानको नीति तथा कार्यक्रम अन्तर्गत तय गरिएको कार्यक्रम भएकाले सामान्य ढंगले शुभकामना आदानप्रदान स्वरूप यो कार्यक्रम मनाउन गइरहेको बताउनु भयो । राष्ट्रिय एकताको भावना संस्कृति भित्रको प्रमुख अवयव विभिन्न चाडपर्व मार्फत झल्किने भएकाले परम्परागत मूल्य–मान्यता र रीतिरिवाज अनुसार चाडपर्व मनाउने संस्कृति नयाँ पुस्तामाझ सम्प्रेषण गर्नु अपरिहार्य रहेको बताउनु भयो । डिजिटल युग र वैश्वीकरणको प्रभावले चाडपर्वमा विकृतिसँगै आधुनिकताको नाममा चाडपर्वको मौलिकता संकटमा पर्न थालेको, मौलिक संस्कृति हराउँदै गएको परिवेशमा युवा पुस्तामाझ सही संस्कृति हस्तान्तरण गर्नु आजको आवश्यकता भएको तर्फ जोड दिनुभयो । उहाँले विगतको कुराहरू स्मरण गर्दै आफू नियुक्ति भएसँगै शाखा प्रमुखहरूले गर्नुभएका ब्रिफिङ कानमा गुञ्जिरहने तथा एक नेतृत्व, अभिभावक भएको नाताले हरक्षण सम्झिरहने बताउनु भयो । प्राय हरेक कर्मचारीको साझा आवाज थियो । हाम्रो सञ्चय कोष, नागरिक लगानी कोष जस्ता हाम्रो आधारभूत अधिकारमा समेत वर्षौंदेखि रकम जम्मा हुन सकेको छैन । हल शाखा प्रमुखको ब्रिफिङ थियो कि विविध सामथ्र्यको प्रयोग गर्दै हल चुहावट भइरहेकाले त्यसको व्यवस्थित हुन सकेन, अभ्यास कक्ष व्यवस्थित नहुँदा हल्ला भयो भनेर छिमेकीले सँधैं ढुंगा हान्ने समस्या छ । त्यस्तै कार्यक्रम तथा योजना शाखाको ब्रिफिङ थियो कि हाम्रा कलाकारले कला प्रदर्शन गर्ने वातावरण पाएका छैनन्, हरेक कार्यक्रममा अन्य कलाकारमात्रै समेटेर संस्थानका कलाकारलाई प्लेटफँम समेत नदिँदा आत्म सम्मानमा ठेस लागेको छ । त्यस्तै प्रशिक्षण इकाईबाट ब्रिफिङ थियो कि वर्षौंदेखि कार्यविधि विहीन प्रशिक्षण कार्यक्रम हुँदै आएको छ, व्यवस्थित गर्न सकिएको छैन । त्यस्तै सबैको साझा आवाज यो पनि थियो कि संस्थानको सांस्कृतिक सम्पत्ति दुरुपयोग हुँदै गएको छ, नेतृत्वको वरीपरी घुम्ने गलत प्रवृत्तिकाका केही कर्मचारीहरू स्वार्थगत हिसाबले परिचालित हुने र व्यक्तिगत लाभका कार्य गर्ने जसका कारण संस्थानको अहित भइरहेको छ आदि, आदि, समस्या कति हो कति............? आज म गर्वका साथ सोध्न चाहन्छु, के यी समस्याहरू विद्यमान छन् त ? तपाईंहरूका गुनासा र ब्रिफिङहरूलाई कार्यान्वयन गर्न नेतृत्व कतै चुकेको, झुकेको छ त ? के नेतृत्वको विचारगत दृष्टिकोणबाट परिचालित भई हरेक कार्यक्रममा आफ्नो सर्कलका बाहिरका कलाकारहरू ल्याएर हस्तक्षेप गर्ने, संस्थानका कलाकारमा आत्मसम्मानमा ठेस पु¥याउँदै आइएको प्रणाली कायम छ त ? आज एकएक गरी सबै समस्या समाधान भएका छन् । कर्मचारीको सेवा सुविधा आफै पु¥याउनुपर्ने यस निकायको प्रमुख आयस्रोतको माध्यम हलको चुहावट पूर्ण रूपमा निस्तेज पारिएको छ । वर्षौंदेखि ढुंगा हान्दै गरिने क्रियाकलाप रोकिएको छ किनकी हामीले अत्याधुनिक साउण्ड प्रुफ अभ्यास कक्ष निर्माण गरेका छौँ । त्यतिमात्र कहाँ हो र निकायगत कार्यप्रकृति अनुसार अपरिहार्य सांस्कृतिक पर्यटनमैत्री सेमिनार हल समेत निर्माण गरेका छौँ । कलाकारको खोल ओडेका बाहिरका कुतत्वको हस्तक्षेप पूर्णत निस्तेज पारी संस्थानका कलाकारले मात्र कार्यक्रम प्रदर्शन गरी आत्मसम्मान उच्च हुने वातावरण निर्माण भएको छ । त्यतिमात्र कहाँ हो र निकायगत कार्यप्रकृति अनुसार अपरिहार्य र संस्थानका कलाकारको सिर्जनशील क्षमता अभिवृद्धि हुने श्रव्य सामग्री उत्पादनको लागि अपरिहार्य रेकर्डिङ स्टुडियो निर्माण गरेका छौँ । वर्षौंदेखि दुरुपयोग गरिएका सांस्कृतिक सम्पत्तिको खोजकार्यलाई तीव्र पारेका छौँ । यसको उदाहरण गीति नाटक मुनामदन हो । कला प्रशिक्षण कार्यविधि निर्माण गरी नीतिगत हिसाबले क्रियाकलाप अगाडि बढाएका छौँ । साथै जेन जी पुस्ताको माग र मेरो नीति एकाकार भएको तर्फ जोडदिँदै आफूले नेतृत्व सम्हालेसँगै संस्थानको बेथिति र भ्रष्टाचार विरुद्धको अभियान कडाईका साथ लागू गर्दा आज संस्थानले देशभरीकै सामाजिक संस्थानहरू मध्ये ६९.४७ प्रतिशतले आयमा वृद्धि गरेको बताउनुभयो । वर्तमान नेतृत्वको दीर्घकालीन नीति, सुशासन र आत्मनिर्भर नीतिलाई साथ दिनुहुने सबै कर्मचारी साथीहरूलाई हार्दिक आभार प्रकट गर्दै वर्तमान नेतृत्वमा कुनै पदीय लोभ नभएकाले जेन जी पुस्ताको माग र परिस्थिति बमोजिम संस्थानको नेतृत्व अघि बढ्न प्रतिबद्ध रहेको, संस्थानका बेथितिलाई छानबिन गर्न सघाउने र संस्कृतिबाटै समृद्धिको मार्ग निर्माण गर्ने वर्तमान नेतृत्वको दीर्घकालीन रणनीतिलाई समेत जेन जी पुस्ताबाट साथ रहनुपर्ने विश्वास व्यक्त गर्नुभयो । साथै आफ्नो कलाकारिताको पृष्ठभूमीलाई स्मरण गर्दै बाल्यकालदेखि नै विशेष गरी मर्मस्पर्शी भावपक्षको साङ्गीतिक पाटोलाई अंगीकार गर्दै आएकाले आफ्ना सिर्जना प्राय सोही अनुरूपमा बजारमा आएका र श्रोतादर्शकको मन जितेको बताउँदै हाल आफू संस्थानको नेतृत्व गरिरहँदा सिर्जनशील पाटोमा समय दिन नपाएको तर ए मेरी हजारीको ठेट नेपाली मार्मिक शब्दयुक्त रचनाले मनमस्तिष्क नै छोएकाले सङ्गीत भरेको र गाएको बताउनुभयो । नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले संस्कृति भित्रको प्रमुख अवयव विभिन्न चाडपर्वको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण गर्न सदा प्रतिबद्ध रहने समेत प्रण गर्दै सांस्कृतिक चाडहरू दशैं, तिहार, नेपाल संवत् ११४६ तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुभयो ।      

IMG_5196.JPG       

IMG_5156.JPG             

IMG_5124.JPG

IMG_5183.JPG

कार्यक्रममा स्वागत मन्तव्य संस्थानका कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी कटुवाल श्रेष्ठज्यूले राख्नुहुँदै देशको विषम परिस्थितिमा कार्यक्रम राख्नुको औचित्य बताउँदै संस्थानका वर्तमान महाप्रबन्धकज्यूको कुशल नेतृत्वका कारण संस्थानले प्रगतितर्फ गति लिएको र आगामी दिनमा महाप्रबन्धकज्यूको नेतृत्वमा संस्थानका कर्मचारीहरू थप जिम्मेवारीमा प्रतिबद्ध रहने बताउनुभयो । कार्यक्रम सञ्चालन श्री हरि पुन मगरज्यूले गर्नुभएको थियो ।      

 

IMG_5114.JPG

IMG_5088.JPG

IMG_5221.JPGIMG_5193.JPGIMG_5215.JPGIMG_5180.JPGIMG_5175.JPGIMG_5179.JPGIMG_5177.JPGIMG_5174.JPGIMG_5173.JPGIMG_5171.JPGIMG_5168.JPGIMG_5167.JPGIMG_5154.JPGIMG_5153.JPGIMG_5152.JPGIMG_5151.JPGIMG_5150.JPGIMG_5149.JPGIMG_5147.JPGIMG_5148.JPGIMG_5145.JPGIMG_5144.JPGIMG_5143.JPGIMG_5136.JPGIMG_5118.JPGIMG_5101.JPGIMG_5098.JPGIMG_5096.JPGIMG_5099.JPG

IMG_5213.JPGIMG_5212.JPGIMG_5095.JPG

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij