२०८१ भदौ १० गते
सांस्कृतिक संस्थानले आफ्नो राष्ट्रको संस्कृतिको महत्व र सांस्कृतिक सद्भाव संरक्षण तथा प्रवर्द्धन गर्न वार्षिक कार्यक्रमको योजना अनुरूप भदौ ३ गतेदेखि १० गतेसम्म गाईजात्राको अवसर पारेर ‘श्री रिद्धि सिद्धि ज्वेलर्स गाईजात्रा महोत्सव-२०८१’ को आयोजना गरेको थियो ।
मौलिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्य साथ नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारु) लाई सांस्कृतिक परम्परा, मूल्य-मान्यता अनुरुप उत्सवका रूपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्रीप्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यतामा भदौ ३ गते समुद्घाटन भई भदौ १० गतेसम्म जम्मा (आठ) दिन नौ वटा शो प्रदर्शन भएको थियो ।
सांस्कृतिक संस्थानले स्थापनाकालदेखि संस्कृतिको संरक्षण, संवर्द्धन र पुस्तान्तरण सहित संस्कृतिबाटै समृद्धिको आधार निमार्ण गर्न सामाजिक तथा सांस्कृतिक रुपान्तरण सहित संस्कृतिलाई उत्पादन तर्फ जोड दिई व्यावसायिक सांस्कृतिक कार्यक्रम उत्पादन, सांस्कृतिक पर्यटन तथा डिजिटल उत्पादनमार्फत सांस्कृतिक उद्योगको रुपमा विकास गरी आर्थिक समृद्धिको मार्ग तय गर्न नेपाल सरकारको संस्कृति सम्बन्धी एकमात्र ज्येष्ठ एवं आधिकारीक निकाय सांस्कृतिक संस्थानले पर्यटन विकासमा टेवा पुर्याउनुका साथै नेपालको मौलिक संस्कृतिकबारे अवगत गराई प्रस्तुतिजन्य लोकसंस्कृतिलाई विश्वमाझ चिनाउन देशभरका लोकसंस्कृति कर्मी एवं कलाकारलाई चलायमान बनाउदै लोकसंस्कृतिलाई पूँजि निर्माणतर्फ अग्रसर गराउने तथा सांस्कृतिक उद्योग तथा सांस्कृतिक उत्पादनका लागि संस्थानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक विशेषतायुक्त सांस्कृतिक विविधतालाई सम्मान स्वरुप विशेष चाडपर्व, प्रथा, परम्पराको सौन्दर्यता एवं गरीमालाई संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्दै आएको छ।संस्थानले यस आर्थिक वर्ष आयोजना गरेको गाइजात्रा विशेष पर्व (सापारु) लाई सांस्कृतिक परम्परा मूल्य-मान्यता अनुरुप मनाउन र यस पर्वको संरक्षण तथा पर्वद्धन गर्ने अभिप्रायकासाथ गाईजात्रा महोत्सव-2081 कार्यक्रम यही मिति २०८१ साल भाद्र ०३ गते देखि १० गते सम्म सभ्य भव्य रुपमा सम्पन्न भएको छ।
यहाँहरुले मुख्य प्रायोजक, प्रायोजक, सह-प्रयोजक र सहयोगी रूपमा कार्यक्रमलाई सफल पार्न आर्थिक, नैतिक, भौतिक एवम् सांस्कृतिक रूपमा समन्वय तथा सहकार्यको भूमिका खेल्नु भएकोमा आयोजक हार्दिक बधाई एवम् आभार प्रकट गर्दछ ।
१ | मुख्य प्रायोजक | श्री रिद्धि सिद्धि ज्वेलरी (SHREE RIDHI SIDHI JEWELLERS) |
२ | प्रायोजक | श्री ओम एग्रो पोडक्ट्स कम्पनी (पर्ल राइस) |
४ | प्रायोजक | IME Life Ensuring |
५ | प्रायोजक | श्री राष्ट्रिय वाणिज्य बैंक लिमिटेड |
३ | सह-प्रायोजक | INDIGO PAINTS PVT.LTD. |
६ | सह-प्रायोजक | श्री कृषि विकास बैंक लिमिटेड |
७ | सह-प्रायोजक | BMW EDUCATIONAL CONSULTANCY PVT.LTD |
८ | सह-प्रायोजक | e–planet EDUCATIONAL PLANET |
९ | सह-प्रायोजक | श्री खुस्मा फिल्म |
१० | सह-प्रायोजक | श्री बर वधु फिल्म |
११ | सह-प्रायोजक | श्री सुटमाला (SUIT MALA) |
१२ | सह-प्रायोजक | श्री डाबर नेपाल |
१३ | सह-प्रायोजक | NEPAL ORGANIC COFFEE PRODUCTS (NOCP'S COFFEE) |
१४ | सहप्रायोजक | श्री डेलिसियस मो.मो. |
१५ | सहप्रायोजक | श्री वल्ड लिंक कम्युनिकेशन लि. |
१६ | सहयोगी | श्री महालक्ष्मी विकास बैंक |
१७ | सहयोगी | श्री गरिमा विकास बैंक |
१८ | सहयोगी | SOFTY HYGIENE PVT.LTD |
१९ | सहयोगी | श्री राष्ट्रिय जीवन बीमा कम्पनी |
२० | सहयोगी | श्री राष्ट्रिय बीमा कम्पनी |
२१ | सहयोगी | श्री आँगन पाटी प्यालेस एण्ड रेस्टुरेन्ट |
२२ | सहयोगी | Texas International College |
२३ | सहयोगी | Nepal Airlines |
२४ | सहयोगी | श्री ॐ समाज डेन्टल हस्पिटल |
२५ | सहयोगी | श्री खल्ती एप्प |