मौलिक देउसी भैलो गीत डिजिटल प्लेटफँम मार्फत विश्व बजारमा उपलब्धः सांस्कृतिक संस्थान

मौलिक देउसी भैलो गीत डिजिटल प्लेटफँम मार्फत विश्व बजारमा उपलब्धः सांस्कृतिक संस्थान


 

 

मौलिक देउसी भैलो गीत डिजिटल प्लेटफँम मार्फत विश्व बजारमा उपलब्धः सांस्कृतिक संस्थान

१ कार्तिक २०८२, काठमाडौँ ।
सांस्कृतिक संस्थानले आफ्नो अभिभारा बमोजिम सजीव कला प्रदर्शनी सम्बन्धी क्रियाकलापलाई डिजिटल प्रविधिसँगै नयाँ शिराबाट प्रकाशन गर्ने परम्पराको थालनी गरेको छ । महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले नेतृत्व सम्हालेसँगै संस्थानले प्रविधिको युगसँगै आफ्नो काम, कर्तव्य र अभिभारालाई अपडेट गर्दै आएको छ । यसै अनुरूप संस्थानले आफ्नो आधिकारिक डिजिटल प्लेटफँम एकाउन्ट निर्माण गरी विश्वभरीबाट श्रव्यदृश्य सामग्रीलाई सजिलैसँग सुन्न तथा हेर्न सकिने व्यवस्था गरेको छ । संस्थानको डिजिटल प्लेटफँम एकाउन्ट निर्माण भएसँगै अब विश्वभरीका streaming platforms and stores हरू जस्तैः Spotify, Apple Music, Tidal, Deezer, Claro Música, Amazon Music, Audiomack, Boomplay, KKBox, Peloton, Pandora, iHeart Radio, Tencent, Rythm, FLO, Snapchat, Soundtrack Your Brand, Shazam, NetEase Cloud Music, MassiveMusic, JioSaavn, YouTube Music, Soundcloud, Anghami, Nuuday, YouTube Content ID, Instagram, Facebook, WhatsApp, TikTok लगायतका प्लेटफँम स्टोरहरू मार्फत संस्थानका श्रव्यदृश्य सामग्रीहरू विश्वको जुनसुकै कुनासम्म छरिएर रहनुभएका दर्शकश्रोता माझ सजिलैसँग पुग्नेछन् । 

मौलिक देउसी भैलो गीत विश्वभरी जुनसुकै स्थानबाट पनि डिजिटल प्लेटफँम मार्फत सजिलै सुन्न तथा हेर्न सकिने गरी प्रकाशन गरिएको छ । केही प्लेटफँम स्टोरहरूका लिंक तपसिलमा उल्लेख गरिन्छः

1.Spotify link:-

[ https://open.spotify.com/track/3MKDvRNIP976ZWqMQOTGvt?si=008ca8705ef0428d ]

2.Amazon link:-

[ https://music.amazon.com.mx/albums/B0FWRL5XRQ?marketplaceId=A1AM78C64UM0Y8&musicTerritory=MX&ref=dm_sh_8s955owSAAdZqalrVELAIybfH ]

3.Dezeer link :-

[ https://link.deezer.com/s/31lSkWw4RgBlatGVhDrCK ]

4.Apple music link:-

[ https://music.apple.com/us/song/deusi-bhailo-geet-feat-sanskritik-sansthan-artists/1846806476 ]

5.instagram link:-

https://www.instagram.com/reels/audio/1449449516149657?igsh=bjFrNGxucXAwYXpi

6.TikTok link:-

[ https://www.tiktok.com/@sanskritiksansthan/video/7562422974502931720?is_from_webapp=1&sender_device=pc&web_id=7525418922113451527 ]

7.YouTube Audio Music link:-

[ https://youtu.be/rvxWOj-AiIY?si=a1jwCPn-ZrApaKWy ]

8.facebook links:-

[ https://www.facebook.com/reel/2088092565332974 ]

 
 

लगायत विश्वभरीका Tidal , Pandora, Claro Música, Boomplay, KKBox, JioSaavn, NetEase Cloud Music, Snapchat, Soundcloud music, Peloton, iHeart Radio, Soundtrack Your Brand, Tencent लगायतका थुप्रै streaming platforms and stores मार्फत सुन्न सकिनेछ ।


मिति २०८१ माघ ८ गतेका दिनबाट निकायगत ढंगले अपरिहार्य रेकर्डिङ स्टुडियो निर्माण गरी सञ्चालनमा ल्याइएकाले संस्थानका कलाकारद्वारा सजिलैसँग श्रव्यदृश्य सामग्री उत्पादन गर्नसक्ने वातावरण निर्माण भएकाले डिजिटल प्रविधिसँगै क्रियाकलाप सम्पन्न गर्ने मार्ग खुलेको हो । त्यसैगरी निकायगत ढंगले अपरिहार्य युटुव च्यानललाई मनिटाइज गरी श्रव्यदृश्य सामग्री प्रकाशन गर्ने मार्ग प्रशस्त गरिएको छ । डिजिटल युगसँगै वैश्वीकरणको प्रभावलाई गम्भीर ढंगले अध्ययन गरी प्रविधिसँगै नेपालको पहिचानयुक्त संस्कृतिलाई सजीव कलाको माध्यमबाट चलायमान गराई संस्कृति संरक्षण सहित डिजिटल उत्पादनलाई जोड दिई यसबाट संस्थानको आयस्रोत वृद्धि र आत्मनिर्भरतामा जोड पुग्ने विश्वास लिइएको छ । त्यसोत संस्थानले पछिल्लो समय सम्पूर्ण सेवा प्रवाहलाई डिजिटल प्रणालीसँगै अगाडि बढाएको छ । जस्तैः डिजिटल हल बुकिङ, डिजिटल टिकट प्रणाली, डिजिटल कलाकार प्रमाणीकरण आदि । 

 

 

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij