वसन्त शास्त्रीय सङ्गीत उत्सव तथा दीक्षान्त समारोह २०८१ भव्य रूपमा सम्पन्न
माघ २१, काठमाडौं – वसन्त पञ्चमी तथा सङ्गीत/विद्याकी देवी सरस्वती पूजाको अवसरमा आयोजित "वसन्त शास्त्रीय सङ्गीत उत्सव तथा दीक्षान्त समारोह २०८१" भव्य रूपमा सम्पन्न भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय श्री नारदमणि हार्तम्छालीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा शास्त्रीय सङ्गीतका वरिष्ठ तथा नयाँ पुस्ताका कलाकारहरूले आफ्नो कला प्रस्तुत गरेका थिए।
कार्यक्रम सांस्कृतिक संस्थान, जमलमा आयोजना गरिएको थियो। समारोहको उद्घाटन प्रमुख अतिथि तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न भयो। महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले स्वागत मन्तव्य राख्दै यस कार्यक्रमको महत्त्वबारे चर्चा गर्नुभयो।
कार्यक्रमको सुरुवात संस्थानका कलाकारहरूबाट प्रस्तुत सरस्वती वन्दनाले गरिएको थियो। यस अवसरमा विभिन्न विधाका शास्त्रीय सङ्गीत तथा नृत्य प्रस्तुत गरियो, जसमा ध्रुपद गायन, तबला वादन, चर्या नृत्य, ख्याल गायन, बाँसुरी वादन, भरतनाट्यम्, ठुमरी गायन, सितार वादन जस्ता प्रस्तुतिहरू विशेष आकर्षण बने।
प्रमुख कलाकारहरूमा प्रा.डा. ध्रुबेश चन्द्र रेग्मी, संगीता प्रधान, श्री अबिन आचार्य, मुकेश शाक्य, परसुराम पौडेल, बलराम श्रेष्ठ, दुर्गा प्रसाद खतिवडा, गौतमी कान्द्रापेता, लगायतका प्रतिष्ठित कलाकारहरूको प्रस्तुति रहेको थियो।
समारोहको विशेष आकर्षणको रूपमा ३३औं समूहका प्रशिक्षार्थीहरूलाई औपचारिक रूपमा दीक्षित गरिएको थियो। प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि माननीय नारदमणि हार्तम्छालीज्यूले शास्त्रीय सङ्गीतको प्रवर्द्धनमा यस्ता कार्यक्रमहरूको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो।
समारोहका सभाध्यक्षले कार्यक्रम समापन गर्दै सहभागी कलाकार, प्रशिक्षार्थी, आयोजक तथा दर्शकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।
यस उत्सवले नेपाली शास्त्रीय सङ्गीतको प्रवर्द्धन तथा भावी पुस्तालाई प्रेरित गर्ने लक्ष्य बोकेको छ।
१. सरस्वती बन्दना:- संस्थानका कलाकारहरुको प्रस्तुति
२. ध्रुपद गायनः- श्री अबिन आचार्य – मुकेश शाक्य, शुवास अधिकारी
३. तबला:- श्री परसुराम पौडेल– राम कुमार अर्याल, सन्देस हुमागाईं
४. चर्या नृत्य:- श्री राजु शाक्य – स्मृति बज्राचार्य, रितु दर्शनधारी, प्रेरणा शाही, मिलीशा शाही
५. ख्याल गायन:- श्री बलराम श्रेष्ठ – रबिन्द्र भारती, तिर्थराज पोख्रेल, बासु खरेल, नगेन्द्र न्यौपाने
६. बाँसुरी बादन:- श्री दुर्गा प्रसाद खतिवडा – दिपेन्द्र बज्राचार्य, स्वस्थानी पराजुली, समूस राजोपाध्याय
७. भरत नाट्यम:- डा. श्री गौतमी कान्द्रापेता – गायत्री, भाव्य
८. ठुमरी गायन:- श्री संगीता प्रधान – डंकनदाश चौधरी, परसुराम भण्डारी, तिर्थराज पोख्रेल
९. सितार वादन:- प्रा.डा. श्री ध्रुबेश चन्द्र रेग्मी – उमेश पण्डीत, जगनाथ धौभडा