महाशिवरात्रि पर्व २०८१ को शुभकामना

पशुपति क्षेत्र विकास कोष र सांस्कृतिक संस्थानको प्रयासबाट धार्मिक सांस्कृतिक सम्पदा एवम् चाडपर्वको रक्षार्थ टेवा पुग्नेछ : माननीय मन्त्री श्री बद्री प्रसाद पाण्डे

पशुपति क्षेत्र विकास कोष र सांस्कृतिक संस्थानको प्रयासबाट धार्मिक सांस्कृतिक सम्पदा एवम् चाडपर्वको रक्षार्थ टेवा पुग्नेछ : माननीय मन्त्री श्री बद्री प्रसाद पाण्डे


पशुपति क्षेत्र विकास कोष र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा महाशिवरात्रि पर्वको अवसरमा आयोजित शिर्वापण सांस्कृतिक कार्यक्रम २०८१ सभ्य एवम् भव्य रूपमा सम्पन्न 

हिन्दू धर्मावलम्बीहरूको विशेष सांस्कृतिक पर्व महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्र विकास कोष र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा “शिवार्पण सांस्कृतिक कार्यक्रम २०८१” सभ्य–भव्य रूपमा सम्पन्न भएको छ । नेपालीहरूको पहिचान र अस्तित्वसँग जोडिएको धार्मिक तथा सांस्कृतिक महिमालाई उजागर गर्न स्थापित नेपाल सरकारका आधिकारिक निकायद्वय पशुपति क्षेत्र विकास कोष र सांस्कृतिक संस्थानले आफ्नो मुख्य अभिभारा अनुरूप दुबै निकायको सहकार्यमा महाशिवरात्रि पर्वको अवसरमा कल्याणकारक भगवान् शिवको आराधनामूलक विशेष भक्तिभावयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । शंकराचार्य मठ परिसर, पशुपतिमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डे ज्यू हुनुहुन्थ्यो भने कार्यक्रम सभाध्यक्षता सांस्कृतिक संस्थानका अध्यक्ष श्री चन्द्रकुमार राई हतुवालीज्यूको रहेको थियो । विशिष्ट अतिथि पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् कोषाध्यक्ष श्री नारायण प्रसाद सुवेदी ज्यू हुनुहुन्थ्यो भने सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक श्री सुभाष चन्द्र जोशी लगायत थुप्रै शिष्टविशिष्ट पाहुनाहरूको उपस्थिति रहेको थियो । कार्यक्रम महाशिवरात्रिको अवसरमा आयोजना गरिएकोले संस्थानका कलाकारहरूद्वारा शिवलाई श्रद्धापूर्वक गायन, वादन, नृत्यद्वारा भक्तिभाव अर्पण गरिएको थियो ।

IMG_5062.jpg
कार्यक्रम समुद्घाटन गर्नुहुँदै माननीय मन्त्री श्री बद्री प्रसाद पाण्डे ज्यू

 

IMG_5055.jpg
माननीय मन्त्री श्री बद्री प्रसाद पाण्डे ज्यू लाई स्वागत गर्नुहुँदै पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक श्री शुभाष चन्द्र जोशी ज्यू
IMG_5058.jpg
माननीय मन्त्री श्री बद्री प्रसाद पाण्डे ज्यू लाई स्वागत गर्नुहुँदै महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू
IMG_4808.jpg
सांस्कृतिक संस्थानका कलाकारहरुद्वारा प्रस्तुति दिनुहुँदै


कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक श्री सुभाष चन्द्र जोशीज्यूले स्वागत मन्तव्य राख्नुहुँदै नेपाल सरकारका आधिकारिक निकायद्वय पशुपति क्षेत्र विकास कोष र सांस्कृतिक संस्थानले पवित्रस्थल पशुपतिमा न्यायिक कार्यक्रम गरेकोतर्फ जोड दिँदै राष्ट्रको गरिमा धार्मिक तथा सांस्कृतिक सम्पदाको रक्षार्थ यसैगरी दुबै निकाय सहकार्य गरेर सदा अघि बढ्ने प्रण गर्नुहुँदै उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, सम्पूर्ण अतिथि, संस्थानका नेतृत्व तथा कर्मचारी÷कलाकारहरू र भक्तजनहरू प्रति आभार प्रकट गर्नु भयो । 

IMG_5079.jpg
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक श्री शुभाष चन्द्र जोशी ज्यू स्वागत मन्तव्य दिनुहुँदै


कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूले नेपाल सरकारका आफ्नै पहिचान स्थापित गरेका आधिकारिक निकायद्वय पशुपति क्षेत्र विकास कोष र सांस्कृतिक संस्थानले नयाँ पुण्यको कार्य थालनी गरी महाशिवरात्रि आँगनमै आइसक्यो है भनेर शुभ सङ्केत गर्नका निम्ति आयोजित यो कार्यक्रम अत्यन्तै ओजपूर्ण रहेकोतर्फ जोड दिँदै पशुपतिनाथको यो पवित्रस्थलमा दुबै निकायका प्रमुख तथा कर्मचारीहरू र उपस्थित जनमनहरू लगायत सबैले नेपालीहरूले सत्कर्म गर्ने, सत्यको बाटोमा हिँड्ने, आफ्ना कमीकमजोरी सच्याई संस्कृतिमय हुनेतर्फ अग्रसर हुनुपर्ने बताउनु भयो । साथै उहाँले पशुपतिनाथको अस्तित्व रक्षार्थ हामी सबैले मनन गर्नैपर्ने कुरा के हो भने पशुपति मैले बनाउँछु, मैले गरेको फोहोर म आफै सफा गर्छु, म पनि पवित्र हुन्छु र पुण्य कमाउँछु भन्ने भावनाकासाथ सबै लाग्न पनि विनम्र अनुरोध गर्नुहुँदै पशुपति क्षेत्र विकास कोष र सांस्कृतिक संस्थानले पहिलोपटक अत्यन्तै गरिमामय कार्यक्रम आयोजना गरेकोले यस कार्यक्रम मार्फत धार्मिक सांस्कृतिक सम्पदा एवम् चाडपर्वको रक्षार्थ टेवा पुग्नेछ भन्नेमा विश्वास लिएको बताउँदै यस्ता किसिमका कार्यक्रमलाई सदा निरन्तरता दिन पनि दुबै निकायलाई आग्रह गर्नु भयो । यसो त माननीय मन्त्रीज्यू संस्कृति सम्बन्धी विशेष ज्ञान भएको ऊर्जाशील एवम् हाल नेपाल सरकारको कार्यसम्पादन गर्ने मन्त्रीहरूमध्ये उत्कृष्टमा पर्नुहुन्छ । 

IMG_5270.jpg
माननीय मन्त्री श्री बद्री प्रसाद पाण्डे ज्यू मन्तव्य राख्नुहुँदै


कार्यक्रम सञ्चालन सांस्कृतिक संस्थानका कर्मचारी श्री हरि पुन मगरले गर्नु भएको थियो । उहाँले निकै रोचकशैलीमा कार्यक्रमलाई सञ्चालन गर्नुहुँदै यो कार्यक्रम माननीय मन्त्रीज्यूकै परिकल्पनामा तयार पारिएको प्रकाश पार्नु भएको थियो ।

IMG_4964.jpg
कार्यक्रम सञ्चालक श्री हरि पुन मगर ज्यू

कार्यक्रममा सभाध्यक्ष संस्थानका अध्यक्ष श्री चन्द्रकुमार राई हतुवालीज्यूले पशुपति क्षेत्र विकास कोष र सांस्कृतिक संस्थानको सहकार्यलाई निरन्तरता दिने बताउँदै उपस्थित प्रमुख अतिथि, अतिथि लगायत सबैप्रति आभार प्रकट गर्नु भयो ।

IMG_5390.jpg
सांस्कृतिक संस्थानका अध्यक्ष श्री चन्द्रकुमार राई हतुवाली ज्यू


पशुपतिनाथ मन्दिर हिन्दू धर्मावलम्वीहरूको नेपालकै प्रमुख पवित्र तीर्थस्थल हो । यो मन्दिर भगवान् शिव (पशुपति) कै नामबाट न्वारान भएकोले स्वयं शिवलाई नै समर्पित छ । पशुपतिनाथ मन्दिर युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सांस्कृतिक सम्पदा हो । किंवदन्ती अनुसार, भगवान् शिवले पशुपतिको रूप धारण गरी यसै स्थानमा बस्न थालेपछि यहाँ मन्दिर स्थापना गरिएको मानिन्छ । लिखित अभिलेखहरू अनुसार, ५ औं शताब्दीमा लिच्छवी राजा सुपुश्पदेवले मन्दिर निर्माण गराएका थिए पछि विभिन्न राजाहरू जस्तै : जयस्थिति मल्ल, राजा भक्तपुरेन्द्र मल्ल र राजा रणबहादुर शाहले मन्दिरको पुनः निर्माण र विस्तार गरेका थिए । पशुपतिनाथ क्षेत्रलाई शिवका अनुयायीहरू (साधु, भक्त, र पुजारी) को आध्यात्मिक केन्द्र मानिन्छ । संसारभरी रहेका २७५ पादल पेत्र स्थलम् (शिवको पवित्र स्थान) मध्ये पशुपतिनाथको मन्दिर पनि एक हो । पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत यूनेस्को विश्व सम्पदा सूचीमा पर्दछ । सन् १९७९ मा यूनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो ।


नेपालीहरूको महान् सांस्कृतिक पर्व महाशिवरात्रि नेपालीहरूको घर आँगनमै आइसकेको छ । शिवप्रिया रात्रिः शिवरात्रिः अर्थात् कल्याणकारक भगवान् शिवको अतिप्रिय रात्रिको नाम नै शिवरात्रि हो । जुन रात्रिको शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ, त्यसैलाई शिवरात्रि भनिन्छ । भनिन्छ, महाशिवरात्रिमा भगवान् मानवजातिको एकदम निकट आएका थिए । मध्यरात्रिको समय ईश्वर मनुष्यको सबैभन्दा बढी निकट हुन्छ । यही कारण शिवरात्रिमा श्रद्धालु भक्तजनहरू रातभर जाग्राम रहेर भगवान् शिवको आराधना गर्छन् र विधिपूर्वक व्रत गर्ने शास्त्रीय विधान छ । शिव शब्दको एउटा अर्थ कल्याणकारी हो । कल्याणकारक भगवान् शिवले सबै नेपालीको कल्याण गरुन् पशुपति क्षेत्र विकास कोष र सांस्कृतिक संस्थानको तर्फबाट महाशिवरात्रि २०८१ को शुभकामना ।

IMG_5088.jpg
माननीय मन्त्री बद्री प्रसाद पाण्डे ज्यू र सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू

 

IMG_5318.jpg
 पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् कोषाध्यक्ष श्री नारायण प्रसाद सुवेदी ज्यू  साथमा संस्थानका अध्यक्षज्यू 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij