रामकृष्ण ढकालको आवाजमा राष्ट्रभावले ओतप्रोत "देशको माया नगर्नेले कस्को माया गर्छ " बोलको गीत रेकर्डिङ : सांस्कृतिक संस्थान रेकर्डिङ स्टुडियो
राष्ट्रिय नाचघरको स्थापना वि.सं.२०१६ सालदेखि र नाम परिमार्जन सहित वि.सं.२०२९ सांस्कृतिक संस्थानको रुपमा पुनर्गठन भएदेखि हालसम्म निकायगत कार्यप्रकृतिको ढंगले अपरिहार्य श्रव्य सामग्री उत्पादनको लागि आधारभूत संरचना रेकर्डिङ स्टुडियो निर्माण गर्न भनी निर्णयमा मात्रै सीमित रहेको थियो । वर्तमान नेतृत्व किरण बाबु पुनको सुशासनकै कारण रेकर्डिङ स्टुडियो निर्माण गरी मिति २०८१ माघ ८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको हातबाट नवनिर्मित सांस्कृतिक संस्थान रेकर्डिङ स्टुडियो समुद्घाटन भएको थियो । हाल रेकर्डिङ स्टुडियो सञ्चालन तथा व्यवस्थापन सम्बन्धी निर्देशिका तयार पारी व्यवस्थित ढंगले सञ्चालनमा आएको छ । संस्थानले सञ्चालनमा ल्याएको रेकर्डिङ स्टुडियोमा सेवाग्राहीलाई मितव्ययिताको व्यवस्था गरिएको छ । श्रव्य सामग्री रेकर्डिङ सम्पन्न पश्चात् संस्थानले रेकर्डिङ गरेको प्रमाणपत्र समेत उपलब्ध गराउने भएको छ ।

यसै सिलसिलामा राष्ट्रभावले ओतप्रोत गीत रेकर्डिङ भएको छ । मिति २०८१ /१२ /२२ गते निरज सिग्देलज्यूको रचना, श्री विपिन घिमिरेज्यूको सङ्गीत र लोकप्रिय गायक श्री रामकृष्ण ढकालज्यूको आवाजमा राष्ट्रभावले ओतप्रोत "देशको माया नगर्नेले कस्को माया गर्छ " बोलको गीत रेकर्डिङ भएको छ । गीतलाई सफलताको शुभकामना व्यक्त गर्दछौं। गीतलाई सांस्कृतिक संस्थान परिवारको तर्फबाट सफलताको शुभकामना छ ।
