ध्यानाकर्षण सम्बन्धमा

ध्यानाकर्षण सम्बन्धमा


 

 

मिति : २०८२/१/२९


ध्यानाकर्षण सम्बन्धमा

नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानको गरिमालाई आँच पुग्ने गरी सामाजिक सञ्जालमा गरिएका भ्रामक टिप्पणीहरू प्रति संस्थानको गम्भीर ध्यानाकर्षण भएको छ ।

सांस्कृतिक संस्थानको मेगा हल कार्यक्रम प्रयोजनको लागि मिति २०८२ वैशाख १७ गते विशेष समय (साँझ ६ बजेसम्म) भनी बुकिङ गरिएको थियो । तर निर्धारित समयसीमा भन्दा बढी समय, मिति २०८२ वैशाख १८ गते बिहान ५ बजेसम्म सो कार्यक्रम सञ्चालन गरिएकाले सांस्कृतिक संस्थान प्रेक्षालय सञ्चालन तथा व्यवस्थापन निर्देशिका बमोजिम विलम्ब शुल्क मापन गरी हल शाखाबाट सम्बन्धित निकायलाई पत्राचार गरिएको, विलम्ब शुल्क भुक्तानीको लागि पटकपटक सम्पर्क गर्दा कानून, विधिपद्धति पालना गर्नुको साटो गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिँदै आएको व्यहोरा हार्दिकतापूर्वक सबैमा जानकारी गराउन चाहन्छौं । 

नेपाल सरकारको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन माननीय मन्त्रीज्यूको असल अभिभावकत्वमा विविध विकृति, बेथितिलाई जरैदेखि निर्मूलन गरी सुशासन कायम गर्न संस्थान अग्रसर भएकै कारण अनेकन समस्याले ग्रस्त संस्थान हाल प्रगतिको पथमा अग्रसर भएको व्यहोरा आम जनमानसमा विदितै छ । संस्थानको नीति तथा कार्यक्रम र कर्मचारीहरूको सेवा, सुविधाको लागि मेगा हल नै आम्दानीको प्रमुख स्रोत भएकाले हल भाडा बापतको चुहावटलाई पूर्ण रूपमा निस्तेज पार्दै आएकाले यस प्रति संस्थानको वर्तमान नेतृत्व र सम्पूर्ण कर्मचारीहरू कर्तव्यनिष्ट भई जिम्मेवारी वहन गरिरहेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छौं । 

संस्थानको बारेमा सामाजिक सञ्जालबाट गलत, भ्रमपूर्ण र सत्यतथ्य विहीन गरिएका भ्रामक टिप्पणीहरू प्रति घोर भत्सर्ना तथा खेद प्रकट गर्न चाहन्छौं । यस प्रकारका अनर्गल दृष्प्रचार नगर्न, नगराउन सचेत गराउन चाहन्छौं । संस्थानको मेगा हल समयसीमा भन्दा उपयोग गरे बापतको विलम्ब शुल्क अविलम्ब भुक्तान गरी आफू र आफ्नो निकायप्रतिको इमानदारिता प्रस्तुत गर्न सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरूलाई आग्रह गर्न चाहन्छौं । संस्थान प्रति झुट्टा, कपोलकल्पित भ्रम छर्ने र संस्थानको अहित हुने कार्य नगर्न, नगराउन समेत अनुरोध गर्दै यस खालका गतिविधि नदोहोर्याउन र दोहोरिन गएमा संस्थानको तर्फबाट गर्नुपर्ने सम्पूर्ण प्रतिरक्षाको कार्य गर्न संस्थान बाध्य हुने व्यहोरा जानकारी गर्दछौं । साथै संस्थानको विषयमा भएको यस्ता भ्रामक टिप्पणी प्रति प्रभावित नहुन सम्पूर्णमा अनुरोध गर्दछौं ।


किरण बाबु पुन
महाप्रबन्धक
तथा सांस्कृतिक संस्थान परिवार 

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij