“मन–मनमा संस्कृति, ओठ–ओठमा हाँसो” कार्यक्रमले चर्चा बटुल्दै : सांस्कृतिक संस्थान

“मन–मनमा संस्कृति, ओठ–ओठमा हाँसो” कार्यक्रमले चर्चा बटुल्दै : सांस्कृतिक संस्थान


 

“मन–मनमा संस्कृति, ओठ–ओठमा हाँसो” कार्यक्रमले चर्चा बटुल्दै : सांस्कृतिक संस्थान

सांस्कृतिक संस्थानको प्रस्तुतिमा हास्य रस समिश्रण सहित नेपाली संस्कृति प्रवर्द्धनमूलक स्वस्थ मनोरञ्जनमूलक सांस्कृतिक कार्यक्रम “मन–मनमा संस्कृति, ओठ–ओठमा हाँसो” जनमनको मन जित्दै गइरहेको छ । कार्यक्रम मिति २०८१ माघ ८ गते, नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको हातबाट “सांस्कृतिक संस्थान विशेष समारोह तथा सम्मान कार्यक्रम २०८१” मार्फत समुद्घाटन गरिएको थियो । हाल २ वटा एपिसोड प्रदर्शन भइसकेको छ भने अन्य एपिसोडहरु प्रदर्शनको तयारीमा रहेका छन् । प्रसारण गरिएका एपिसोडले दर्शकहरुको मन जितिरहेका छन् । संस्थानका कलाकारहरुद्वारा मौलिक गायन, वादन, नृत्य र अन्य लोकप्रिय कलाकार सुबोध गौतमा (एदुमे), दिनेश काफ्ले (हाउडे दाइ), खबपु चञ्चल मगर, सीता न्यौपानेद्वारा हास्य प्रस्तुति सहित कार्यक्रम प्रदर्शन गरिँदै आइएको छ । नयाँ पुस्तालाई मौलिक संस्कृतिको बारे ज्ञानबोध गराउन हास्य रस सहित मौलिक प्रस्तुति समेटेर कार्यक्रम तयार पारिएको हो । कार्यक्रमलाई निरन्तर प्रदर्शन गरिने लक्ष्य राखिएको छ । 

तेस्रो एपिसोड :


पहिलो एपिसोड :


दोस्रो एपिसोड :

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij