सांस्कृतिक संस्थान गाईजात्रा महोत्सव २०८२ : निमन्त्रणा

सांस्कृतिक संस्थान गाईजात्रा महोत्सव २०८२ : निमन्त्रणा


सादर निमन्त्रणा:-

संस्कृतिभित्रको प्रमुख अवयव सांस्कृतिक चाडपर्वको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि सांस्कृतिक पर्व गाईजात्रा (सापारू) को अवसरमा सांस्कृतिक संस्थानद्वारा आयोजना हुन गइरहेको "गाईजात्रा महोत्सव २०८२" सभ्यभव्य रूपमा सम्पन्न गर्न तपसिलको मिति, समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिका निम्ति सादर निमन्त्रणा गर्दछौं ।

 

प्रमुख आकर्षण :

- सांस्कृतिक संस्थानका कलाकार तथा अन्य लोकप्रिय कलाकारहरूको प्रस्तुति

- मिति २०८२ साउन २४ गतेदेखि साउन ३१ गतेसम्म नियमित प्रदर्शन

 

तपसिल :-

समुद्घाटन मिति : मिति २०८२ साउन २४ गते ।

समुद्घाटन समय : अपरान्ह ३:३० बजे ।

कार्यक्रम सञ्चालन हुने समायावधि : मिति २०८२ साउन २४ गतेदेखि ३१ गतेसम्म ।

समुद्घाटन बाहेक कार्यक्रम सञ्चालन समय : हरेक दिन साँझ ५ बजे ।

स्थान : सांस्कृतिक संस्थानको मेगा प्रेक्षालय ।

आयोजक : सांस्कृतिक संस्थान, जमल, काठमाडौँ ।

टिकट सांस्कृतिक संस्थानको कार्यालय तथा डिजिटल रूपमा संस्थानको आधिकारिक वेबसाइट मार्फत उपलब्ध गराइनेछ ।

 

 

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij