सांस्कृतिक संस्थानको प्रस्तुति “मालश्री धून”
१० असोज, २०८२, काठमाडौँ ।
सांस्कृतिक संस्थानले नेपालीहरूको महान् पर्व विजया दशमीको अवसरमा समय सान्दर्भिक मालश्री धूनको श्रव्यदृश्य सामग्री सहित सार्वजनिक गरेको छ । उक्त धूनमा वाद्यवादकः श्री दुर्गा प्रसाद खतिवडा, श्री सीतामैयाँ राजचल, श्री नरेश प्रजापति र श्री सुक्रिमाया मोक्तान, निर्देशक श्री माया थापा, छायांकार श्री बि.एम मल्ल, दृश्य सम्पादक श्री मनिष कार्की, एरेञ्ज/रेकर्डिङ/मिक्सिङ श्री प्रेम प्रकाश रामजाली, मेकअप श्री सिता केसी र भेषभूषा श्री नारायणी पाण्डेको रहेको छ ।
नेपाली संस्कृतिको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरण गर्ने प्रमुख अभिभारा बोकेको नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले नेपालमा प्रचलित पहिचानयुक्त सबै प्रकारका मौलिक गीतहरू तथा धूनहरू रेकर्डिङ गरी श्रव्यदृश्य सामग्रीका माध्यमबाट संस्कृति जगेर्ना गर्ने हेतुका साथ पछिल्लो समय संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको नेतृत्वमा निकायगत कार्य प्रकृति अनुसार अपरिहार्य आफ्नै रेकर्डिङ स्टुडियो निर्माण गरी अगाडि बढेको छ । संस्थानले निरन्तर सबै विधाका सबै प्रकारका गीतहरू र धूनहरू उत्पादन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
Malshree Dhoon | मालश्री धून | Happy Bijyadashami | विजया दशमीको शुभकामना | Durga Pd Khatiwada | Sitamaiya Rajchal | Naresh Prajapati | Sukrimaya Moktan |