सांस्कृतिक संस्थानको प्रस्तुति मर्मस्पर्शी गीत “ए मेरी हजारी”
१० असोज, २०८२, काठमाडौँ ।
सांस्कृतिक संस्थानको प्रस्तुतिमा सुदूरपश्चिमको लोकभाकामा आधारित लाखौं परदेशीहरू प्रति समर्पित मर्मस्पर्शी गीत “ए मेरी हजारी” को श्रव्यदृश्य सामग्री सार्वजनिक गरिएको छ । उक्त गीतको रचना नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक श्री हिकमत सिंह ऐरज्यूले गर्नुभएको हो भने सङ्गीत सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले गर्नुभएको हो । महाप्रबन्धक किरण बाबु पुन ज्यू र प्राज्ञ तथा लोकप्रिय गायिका टीका पुनज्यूले गाउनु भएको हो । सङ्गीत संयोजक/रेकर्डिष्ट/ध्वनि सम्पादक श्री प्रेम प्रकाश रामजाली, वाद्यवादकः श्री नरेश प्रजापति, श्री धर्म गन्धर्व, श्री रत्न बि.क, निर्देशक श्री माया थापा, छायांकार श्री बि.एम मल्ल, दृश्य सम्पादक श्री मनिष कार्की, अभिनयः श्री गीता थापा घिमिरे, श्री अक्कल बहादुर पाख्रिन, श्री शेखर घर्ति, श्री बिना विश्वकर्मा , भेषभूषा श्री नारायणी पाण्डे र मेकअप सीता केसीको रहेको छ । संस्थानको आधिकारिक युटुब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको छ । मिति २०८२ असोज १० गतेका दिन संस्थानले पछिल्लो समय देशको परिस्थिति मध्यनजर गर्दै सामान्य ढंगबाट चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी उक्त गीत सार्वजनिक गरेको हो ।
सजीव कलाको माध्यमबाट नेपाली संस्कृति संरक्षण, संवद्र्धन, प्रवद्र्धन र पुस्तान्तरण गर्ने प्रमुख अभिभारा बोकेको नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले नेपालको पहिचानयुक्त सबै प्रकारका गीतहरू रेकर्डिङ गरी श्रव्यदृश्य सामग्री प्रकाशन गर्दै आएको छ । पछिल्लो समय संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको नेतृत्वमा निकायगत कार्यप्रकृति अनुसार अपरिहार्य आफ्नै रेकर्डिङ स्टुडियो निर्माण गरी श्रव्यदृश्य सामग्री उत्पादनतर्फ संस्थान सक्रिय रूपमा अगाडि बढेको छ । संस्थानले निरन्तर सबै विधाका सबै प्रकारका गीतहरू उत्पादन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
New Nepali Song 2082 | E Meri Hajari | ए मेरी हजारी | Kiran Babu Pun | Tika Pun | Hikmatsingh Ayer | Geeta Thapa | Akkal Bdr Pakhrin | Shekhar Gharti | Bina Bishwakarma |