सांस्कृतिक संस्थानको अत्याधुनिक सेमिनार हल
२४ असोज २०८२ काठमाडौँ ।
६० भन्दा बढी सिट क्षमता रहेको सांस्कृतिक संस्थानको सेमिनार हल कार्यशाल गोष्ठी, बैठक तथा खानपान सहितको विमर्शका लागि उपयुक्त गन्तव्य हो ।
सेमिनार हल सम्बन्धी भिडियोः
Youtube:- [ https://youtube.com/shorts/1RcmyYat-tQ?si=g_MwiUGFidd4qQXu ]
Facebook Reels: [ https://www.facebook.com/share/r/1EUMgi5m2p/ ]
राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्मको ६६ वर्षीय इतिहासमा विभिन्न कार्यकालका सञ्चालक समितिका निर्णयहरूमा निकायगत कार्यप्रकृति अनुसार अपरिहार्य सांस्कृतिक पर्यटनमैत्री क्रियाकलापका लागि सेमिनार हल निर्माण गर्ने भनी निर्णयमै सीमित रही हालसम्म कार्यान्वयन हुन सकेको थिएन । तर वर्तमान महाप्रबन्धक श्री किरण बाबु पुन नेतृत्वको अथक प्रयासबाट नेपाल सरकारको आ.व.२०८१/८२ को वार्षिक बजेटमा सेमिनार हल निर्माणका लागि बजेट विनियोजन गर्न सफल भई कार्यक्रम मेक अप कक्ष र कार्यक्रम तयारी कक्ष सहितको अत्याधुनिक सेमिनार हल निर्माण गरिएको हो ।
रैथाने खानपान सहित सांस्कृतिक पर्यटनमैत्री कार्यक्रम सम्पन्न गर्न सकिने भएकाले अव सो क्रियाकलापका लागि उपयुक्त गन्तव्यका रूपमा समेत संस्थान स्थापित हुने विश्वास लिइएको छ ।
सांस्कृतिक संस्थानको ५३ औं वार्षिकोत्सवको अवसरमा मिति २०८२ साल असार ५ गतेका दिन तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय मन्त्री श्री बद्री प्रसाद पाण्डेज्यूको हातबाट सो सेमिनार हल समुद्घाटन गरिएको थियो ।