अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२

अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२


 

अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२

१२ कार्तिक २०८२ काठमाडौँ । 
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्ने प्रक्रियालाई सहज एवम् विधिसम्मत बनाउन अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२ निर्माण गरी लागू गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजन ऐन, २०८१ को दफा ११ ले दिएको अधिकार प्रयोग गरी अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि, २०८१ लागू गरी नेपालमा पहिलोपटक अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणको अभियान थालनी गरेको थियो । जसमा १०५ वटा अभौतिक सांस्कृतिक सम्पदाहरू सूचीकरणका लागि मन्त्रालयमा दर्ता भएको तर राष्ट्रिय सूचीकरणमा जम्मा १ वटा मात्र छनौटमा परेको थियो । बाँकी छनौटमा नपरेका अभौतिक सांस्कृतिक सम्पदाको प्राविधिक पक्ष अपुग भएको पाइएकाले सो बारे आम जनमानसमा अभिमुखीकरण गर्नुपर्ने जरुरी रहेकाले यो दिग्दर्शनले सहज गर्ने विश्वास लिइएको छ । 

नेपालजस्तो संस्कृतिको धनी देशमा संस्कृतिबाटै समृद्धिको आधार दिशाबोध गर्न नेपालका सम्पूर्ण अभौतिक संस्कृतिहरू अभौतिक सांस्कृतिक सम्पदामा सूचीकरण हुनु आधारभूत शर्त हो । सूचीकरण पश्चात् सांस्कृतिक पर्यटनको विकास, स्वरोजगार सिर्जना र संस्कृतिबाटै समृद्धिको मार्ग प्रशस्त हुनेछ । अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणलाई चुस्त, दुरुस्त एवम् प्रभावकारी ढंगले अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले आफ्नो अभिभारा बमोजिम विशेष भूमिका निर्वाह गर्दै आइरहेको छ । संस्थानले यस दिग्दर्शनलाई प्रभावकारी ढंगले लागू गर्न विभिन्न संस्कृति सम्बन्धी निकायहरूलाई आह्वान गरेको छ ।

अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२ पुरा विवरणः

 

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij