अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण सम्बन्धी आवेदन खुला: सांस्कृतिक संस्थान

अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण सम्बन्धी आवेदन खुला: सांस्कृतिक संस्थान


 

अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण सम्बन्धी आवेदन खुला: सांस्कृतिक संस्थान

२ पुष २०८२, काठमाडौँ । 
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणका लागि सम्बन्धित व्यक्ति, समुदाय तथा संस्थालाई आवेदन दिन आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२ अनुसार आ.व.२०८२/०८३ का लागि सूचीकरण प्रक्रिया अघि बढाएको व्यहोरा जानकारी गराउँदै सोही आन्तरिक दिग्दर्शनमा तोकिए बमोजिमको ढाँचामा आवेदन पेश गर्न अभौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित व्यक्ति, समुदाय वा संस्थालाई आह्वान गरिएको छ । आवेदनको समयावधि २०८२ चैत १५ गतेसम्म रहेको छ । आवेदन फाराम तथा दिग्दर्शन मन्त्रालयको आधिकारिक वेबसाइट तथा सांस्कृतिक संस्थानको आधिकारिक वेबसाइट मार्फत डाउनलोड गर्न सकिनेछ । साथै मन्त्रालयको संस्कृति महाशाखा अन्तर्गत अभौतिक सांस्कृतिक सम्पदा राष्ट्रिय सूचीकरण सचिवालयमा सम्पर्क गरी तथा सांस्कृतिक संस्थानमा सम्पर्क गरी फाराम प्राप्त गर्न सकिनेछ ।

Abhautik Suchana 2082-83.jpg

अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२ डाउनलोड गर्नुहोस्ः लिंक ( दिगदर्शन २०८२ फाईनल pdf file_.pdf :To download file click here )

आवेदन दिँदा संलग्न राख्नुपर्ने कागजात एवम् प्रमाणहरूः
१. सूचीकरणका लागि आवेदन (अनुसूची १ मा तोकिएबमोजिम),
२.सम्पदाको पूर्ण विवरण (अनुसूची २ मा तोकिएबमोजिम),
३. सम्पदाको फोटो, अडियो तथा भिडियो (अनुसूची ३ मा तोकिएबमोजिम ।,
४. सूचीकरणका लागि सम्बन्धित व्यक्ति, समूह वा समुदायको सहमति (अनुसूची ४ मा तोकिएबमोजिम),
५. हालसम्मको पुस्तान्तरण सम्बन्धी आवश्यक विवरण,
६. सम्बन्धित स्थानीय तहको सिफारिस,
७. स्थानीय तहमा सूचीकरण भएको भए सोको प्रमाण ।

आवेदन पठाउने ठेगाना
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संस्कृति महाशाखा,
अभौतिक सांस्कृतिक सम्पदा राष्ट्रिय सूचीकरण सचिवालय
सिंहदरबार, काठमाडौं।
फोन नं.०१–४२११९०९
इमेलः culture@tourism.gov.np

यस अघि सूचीकरणलाई प्रभावकारी बनाउन क्रमशः संवत् २०८२ साल भदौ २२ गते र संवत् २०८२ साल मंसिर ११ गते नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना र सांस्कृतिक संस्थानको सहकार्यमा अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको थियो । मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२ निर्माण गरी लागू गरी सोही बमोजिम यस वर्षका लागि संवत् २०८२ चैत १५ सम्म राष्ट्रिय सूचीकरणको आवेदन लिने सोही क्रममै जानकारी दिएको थियो । मन्त्रालयले विनियोजन ऐन, २०८१ को दफा ११ ले दिएको अधिकार प्रयोग गरी अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि, २०८१ लागू गरी नेपालमा पहिलोपटक अभौतिक सांस्कृतिक सम्पदा राष्ट्रिय सूचीकरणको अभियान थालनी गरेको थियो । जसमा १०५ वटा अभौतिक सांस्कृतिक सम्पदाहरू राष्ट्रिय सूचीकरणका लागि मन्त्रालयमा दर्ता भएको तर जम्मा १ वटा मात्र छनौटमा परेको थियो । बाँकी छनौटमा नपरेका अभौतिक सांस्कृतिक सम्पदाको प्राविधिक पक्ष अपुग भएकाले सो बारे अभिमुखीकरण गर्नुपर्ने भएकाले सम्बन्धित संघसंस्था र व्यक्तित्वहरूलाई एकीकृत गरी मन्त्रालयका संस्कृति महाशाखा प्रमुख श्री डा.सुरेश सुरश श्रेष्ठज्यूबाट सूचीकरण सम्बन्धी विभिन्न पक्ष बारे अभिमुखीकरण गरिएको थियो ।

1.1.JPG

21.JPG

25.JPG

नेपालजस्तो संस्कृतिको धनी देशमा संस्कृतिबाटै समृद्धिको आधार दिशाबोध गर्न नेपालका सम्पूर्ण अभौतिक संस्कृतिहरू अभौतिक सांस्कृतिक सम्पदामा सूचीकरण हुनु आधारभूत शर्त हो । सूचीकरण पश्चात् नेपालको सांस्कृतिक अस्तित्व बच्नुका साथै सांस्कृतिक पर्यटनको विकास, स्वरोजगार सिर्जना र संस्कृतिबाटै समृद्धिको मार्ग प्रशस्त हुनेछ । अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणलाई चुस्त, दुरुस्त एवम् प्रभावकारी ढंगले अगाडि बढाउन मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई मन्त्रालय अन्तर्गतको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले सहकार्य गरिरहेको छ ।

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij