ई–बुकिङ नेपालको औपचारिक समुद्घाटन समारोह सांस्कृतिक संस्थानको प्रस्तुतिसँगै सम्पन्न

ई–बुकिङ नेपालको औपचारिक समुद्घाटन समारोह सांस्कृतिक संस्थानको प्रस्तुतिसँगै सम्पन्न


 

ई–बुकिङ नेपालको औपचारिक समुद्घाटन समारोह सांस्कृतिक संस्थानको प्रस्तुतिसँगै सम्पन्न 


२९ पुस २०८२, काठमाडौँ । 
नेपालका लागि पर्यटनका मुख्य तीन आधार सांस्कृतिक पर्यटन, प्राकृतिक पर्यटन र साहसिक पर्यटनलाई एकीकृत गरी डिजिटल युगसँगै ‘हरेक यात्रा–एउटै प्लेटफँम’ भन्ने मूल भावका साथ “पर्यटन प्रविधि सम्बन्धी सेवा प्रवाह” केन्द्रित ई–बुकिङ नेपालको औपचारिक समुद्घाटन भएको छ । 

615215318_1184828660492966_426267480479893552_n.jpg

Jagadish Kharel.jpg

सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय श्री जगदीश खरेलज्यूको प्रमुख आतिथ्यता सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू लगायतको विशिष्ट आतिथ्यता रहेको थियो । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत संस्कृति र पर्यटन सम्बन्धी ज्येष्ठ निकायद्वय सांस्कृतिक संस्थान र नेपाल पर्यटन बोर्डको सो कार्यक्रममा ऐक्यबद्धता रहेको थियो । 

615084583_1184828437159655_5798948367752735781_n.jpg

616825950_1184828343826331_7641651730543790032_n.jpg

dance maruni.jpg

9.jpg

सांस्कृतिक पर्यटनको विकासका लागि संस्कृतिलाई प्रविधिमैत्री ढंगले डिजिटल उत्पादनमा जोड्ने सांस्कृतिक संस्थानको दीर्घकालीन सोच अनुरूप संस्थानका कलाकारद्वारा सात प्रदेशको प्रतिनिधित्व हुने गरी मौलिक सांस्कृतिक प्रस्तुति सहित संस्थानले ऐक्यबद्धता प्रकट गरेको हो । 

616107009_1539974894794661_322127033127877395_n.jpg

616653979_1184828813826284_5401099861663868061_n.jpg

प्रविधिमैत्री क्रियाकलाप मार्फत नेपाली संस्कृतिलाई उत्पादनसँग जोड दिई आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने नीति तथा कार्यक्रममा ई–बुकिङ नेपालसँग निरन्तर सहकार्य गर्ने सांस्कृतिक संस्थानले प्रतिबद्धता प्रकट गरेको छ ।

615249015_1184828620492970_6893361849601785650_n.jpg

615210326_1184828483826317_8910202268691189805_n.jpg

616827986_1184828557159643_7410104048402764741_n.jpg

616830248_1184828770492955_150455981759476713_n.jpg616823842_1184828723826293_4419100665797394953_n.jpg

2.jpg

 

 

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij