“मन–मनमा संस्कृति, ओठ–ओठमा हाँसोः दोस्रो संस्करण” डिजिटल रूपमा नियमित प्रसारण गरिनेः सांस्कृतिक संस्थान
१५ माघ २०८२ काठमाडौँ ।
सांस्कृतिक संस्थानको प्रस्तुतिमा हास्य रस समिश्रण सहित नेपाली संस्कृति प्रवद्र्धनमूलक स्वस्थ मनोरञ्जनमैत्री सांस्कृतिक कार्यक्रम “मन–मनमा संस्कृति, ओठ–ओठमा हाँसो” को दोस्रो संस्करण डिजिटल रूपमा सांस्कृतिक संस्थानको आधिकारिक युटुब च्यानल मार्फत नियमित प्रसारण हुने भएको छ । पहिलो संस्करणले उद्देश्य केन्द्रित रही जनमनको मन जित्न सफल भएकाले दोस्रो संस्करण डिजिटल रूपमा प्रकाशन गरिने भएको हो ।
संस्थानले आ.व.२०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा पहिलोपटक समावेश गरी सो कार्यक्रम मिति २०८१ माघ ८ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको हातबाट “सांस्कृतिक संस्थान विशेष समारोह तथा सम्मान कार्यक्रम, २०८१” मार्फत समुद्घाटन गरिएको थियो भने आ.व.२०८२/०८३ को नीति तथा कार्यक्रममा निरन्तरता दिएको हो । कार्यक्रम मिति २०८२ जेठ ३० गते पहिलो संस्करणको पहिलो एपिसोड संस्थानको आधिकारिक युटुब च्यानल मार्फत प्रसारण गरिएको थियो भने चारवटा एपिसोड प्रकाशन गरिएको थियो । दोस्रो संस्करणमा सात प्रदेशको प्रतिनिधित्व हुने गरी एपिसोड तयार पारिनेछ । संस्थानका कलाकारहरूद्वारा सात प्रदेशको प्रतिनिधित्व हुने गरी मौलिक गायन, वादन, नृत्य, नाटक र अन्य लोकप्रिय कलाकारद्वारा हास्य प्रस्तुति सहितको कार्यक्रम नियमित प्रसारण गरिने भएको हो । डिजिटल युगसँगै वैश्विकरणको प्रभावले नयाँ पुस्तामाझ नेपाली संस्कृतिको गरिमा बारे सभ्य ज्ञान सम्प्रेषण गर्नु अपरिहार्य रहेको परिवेशमा नयाँ पुस्तालाई मौलिक संस्कृति बारे ज्ञानबोध गराउन हास्य रस सहित मौलिक प्रस्तुति समेटेर कार्यक्रम तयार पारिएको हो । यस कार्यक्रम मार्फत नयाँ पुस्तामाझ नवजागरण प्रवाह हुने विश्वास गरिएको छ । साथै संस्कृति संरक्षण सहित उत्पादनमैत्री बनाउने उद्देश्यका साथ पनि सो कार्यक्रम नियमित प्रसारण हुनेछ । कार्यक्रमलाई आगामी दिनमा थप परिष्कृत गर्दै निरन्तर प्रदर्शन गरिने लक्ष्य राखिएको छ ।
संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको नेतृत्वमा संस्थानले पछिल्लो समय डिजिटल युग सापेक्ष नयाँ शिराबाट दीर्घकालीन हितमूलक नीति तथा कार्यक्रम तर्जुमा गर्दै संस्थान अगाडि बढेको छ । सोही कारण संस्थानमा हालसम्म हुन नसकेका निकायगत कार्य प्रकृति बमोजिम अपरिहार्य श्रव्यदृश्य सामग्री उत्पादनमैत्री रेकर्डिङ स्टुडियो जस्ता अत्यावश्यक संरचना निर्माण गरी संस्थानले आफ्नो अभिभारा बमोजिम नेपालको मौलिक संस्कृति प्रविधि मार्फत उजागर गर्ने तथा संस्कृतिलाई उत्पादनसँग जोड्ने डिजिटल रणनीति अपनाएको हो । समयको मागसँगै नियमित श्रव्यदृश्य सामग्री उत्पादन एवम् प्रकाशन मार्फत उत्पादन सहित संस्थानको हित तथा संस्थानमा कार्यरत सिर्जनशील कलाकार कर्मचारीको वृत्ति विकास हुने विश्वास गरिएको छ ।
“मन–मनमा संस्कृति, ओठ–ओठमा हाँसो” पहिलो संस्करणका प्रकाशित एपिसोडहरूः
पहिलो एपिसोड:
दोस्रो एपिसोड:
तेस्रो एपिसोड: