कला प्रशिक्षणका ३५ औं समूहका प्रशिक्षार्थी “दीक्षान्त समारोह” सम्पन्न

कला प्रशिक्षणका ३५ औं समूहका प्रशिक्षार्थी “दीक्षान्त समारोह” सम्पन्न


 

कला प्रशिक्षणका ३५ औं समूहका प्रशिक्षार्थी “दीक्षान्त समारोह” सम्पन्न 


२५ माघ २०८२ काठमाडौँ ।
सिर्जनशील कला मार्फत शिक्षालाई व्यावहारिक बनाउने उद्देश्यका साथ सांस्कृतिक संस्थानद्वारा सञ्चालित कला प्रशिक्षण कार्यक्रम अन्तर्गत ३५ औं समूहका प्रशिक्षार्थी “दीक्षान्त समारोह, २०८२” संस्थानको मेगा प्रेक्षालय जमल काठमाडौँमा सम्पन्न गरिएको छ । संस्थानका अध्यक्ष श्री चन्द्र कुमार राई (हतुवाली) ज्यूको सभाध्यक्षतामा नेपालका लागि राष्ट्रिय गौरव सम्मानित व्यक्तित्व राष्ट्रिय गानका गीतकार तथा साहित्यकार श्री प्रदिप कुमार राई (व्याकुल माइला) ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, संस्थान सञ्चालक समिति सदस्य श्री पूजा श्रेष्ठ ज्यू लगायतको विशिष्ट आतिथ्यता रहेको थियो । संस्थानले हरेक आ.व.मा ६/६ महिने गायन, वादन, नृत्य र नाटक विधामा प्रशिक्षण क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ भने आ.व.२०८२/०८३ देखि नयाँ विधाहरू गीत रेकर्डिङ प्राविधिक तथा हार्मोनियम विधा थप गरेर सञ्चालन गरेको थियो ।  

IMG_2617.jpg

IMG_2564.jpg

IMG_2717.jpg

कार्यक्रममा प्रमुख अतिथि श्री प्रदिप कुमार राई (व्याकुल माइला) ज्यूले मन्तव्य मार्फत भन्नुभयोः– “संस्थानले आफ्नो अभिभारा बमोजिम सिर्जनशील कलाकारको कलालाई उत्पादनसँग जोड्ने माध्यम अपनाई कलाकारहरूको जीविकोपार्जनलाई सुदृढीकरण गर्नतर्फ जोडदिनुपर्ने बताउनुभयो । उहाँले संस्थानले आफ्नो विरासत जोगाउँदै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपालको विशेषतालाई आत्मसात् गरी संस्कृति संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण गर्नुपर्ने बताउनुभयो । साथै राष्ट्रिय गानलाई प्रशिक्षार्थीहरूले प्रत्यक्ष लोकवाद्यवानको सामूहिक वादन (अर्केष्ट्रा) का साथमा प्रस्तुत गरेकोमा आभार प्रकट गर्नुहुँदै राष्ट्रिय गानका वरिष्ठ सङ्गीतकार स्व.अम्बर गुरुङज्यूको सपना नेपाली मौलिक बाजाहरूको प्रत्यक्ष सामूहिक वादन सहितको गायन मार्फत राष्ट्रिय गानलाई विमोचन गर्ने धोको रहेको तर त्यो पुरा हुन नसकेको स्मरण गर्नुहुँदै संस्थानका प्रशिक्षार्थीले प्रस्तुत गर्दा आफू हर्षित तथा भावुक भएको बताउनुभयो । उहाँले संस्थानको ३५ औं समूहका प्रशिक्षार्थीहरू विविध उमेर समूहका तथा विविध क्षेत्रका सहभागिता रहेको देख्दा कलालाई कुनै उमेर समूह तथा परिधिले छेक्न नसक्ने प्रमाणित गरेको बताउनुहुँदै संस्थानको कला प्रशिक्षण दीक्षान्त कार्यक्रम ३५ औं मात्र नभई ३५ औं हजारसम्म पुग्न सफल रहोस् भन्ने कामना व्यक्त गर्नुभयो । साथै उहाँले प्रशिक्षार्थीलाई दीक्षित गर्नुहुँदै प्रमाण पत्र वितरण सहित बधाई तथा उज्ज्वल भविष्यको कामना गर्नुभयो ।” 

IMG_2786.jpg

IMG_2606.jpg

IMG_2597.jpg

कार्यक्रममा संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले स्वागत मन्तव्य राख्नुहुँदै भन्नुभयोः–
“संसारकै सबैभन्दा सर्वश्रेष्ठ प्राणी मानव भएको तथा मानवको सर्वश्रेष्ठताको पदवी सिर्जनशीलताकै कारण प्राप्त भएको बताउनुभयो । उहाँले सिर्जनशील क्षमतामध्ये पनि उच्चकोटिको दर्जा सङ्गीत (गायन, वादन, नृत्य) र अभिनयलाई लिइने किनकी सिर्जनशील कलालाई सजीव ढंगले अभिव्यक्त गर्न विशिष्ट क्षमता चाहिने बताउनुहुँदै कला त्यो हो जुन सिर्जनशील क्षमता मार्फत अभिव्यक्त हुन्छ, कलाकार त्यो हो जो सँग मानव जीवनका जन्मदेखि मृत्युपर्यन्त अपरिहार्य हरेक सभ्य क्रियाकलापहरू मध्ये कुनै न कुनै क्रियाकलाप सम्बन्धी कला, ज्ञान र सीपको क्षमता हुन्छ । विशिष्ट कलाकारको दर्जाका हकदार सङ्गीत तथा अभिनय विधाका सिर्जनशील प्राणीहरूका साथै सङ्गीत (गायन, वादन, नृत्य) र अभिनयका लागि सिर्जनात्मक र साहित्यिक पक्षबाट भूमिका निर्वाह गर्ने सिर्जनशील प्राणी पनि विशिष्ट दर्जाका हकदार भएको दाबी गर्नुभयो । उहाँले हरमानवको ठूलो शत्रु उसको सोच भएको तर्क गर्नुहुँदै सकारात्मक सोचले नीतिगत चिन्तन सहित सत्कर्ममा लाग्न अभिप्रेरित गर्दछ भने नकारात्मक सोचले नीति विपरित चिन्तन सहित दुष्कर्मको मार्गमा अग्रसर गराउने भएकाले सिर्जनशील प्राणी कलाकार समाजको अग्रभागमा समेत हुने भएकाले सकारात्मक सोचका साथ नीतिगत प्रणाली बमोजिम आफ्ना क्रियाकलाप अगाडि बढाउनु नै अनिवार्य शर्त भएको बताउनु भयो । ३५ औं समूहका दीक्षित हुने प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई सहित सिर्जनशील कला मार्फत कृति सृष्टि गर्ने सत्कर्मको यात्राको कामना सहित उज्ज्वल भविष्यको समेत शुभकामना व्यक्त गर्नुहुँदै संस्थानबाट सिकेको सीप, ज्ञानलाई आफ्नो व्यावहारिक जीवनमा लाभदायक बनाउन र कलाको माध्यमबाट समाज जागरण सहित सभ्य राष्ट्र निर्माणका लागि समर्पण गर्नुहुनेछ भन्ने विश्वास लिएको बताउनुभयो । साथै प्रमुख अतिथि राष्ट्रिय गौरव सिर्जनशील प्राणी भएको र दीक्षान्त समारोह भनेकै कुनै कार्य सम्पादन पश्चात् प्रमाण पत्र वितरण गरी प्रमाणीकरण गरिने भएकाले सोही बमोजिमको क्रियाकलाप प्रस्तुत गरिएकाले कार्यक्रमले सार्थकता पाएको धारणा राख्नुहुँदै कहिल्यै नटुट्ने बन्धन भनेको सांस्कृतिक बन्धन भएकाले प्रशिक्षार्थी र संस्थानको सांस्कृतिक सम्बन्ध सदा रहिरहने विश्वास व्यक्त गर्नुहुँदै संस्थानका नीति तथा कार्यक्रममा आवश्यकता अनुसार प्रशिक्षार्थीलाई समेट्दै लैजाने तर त्यसका लागि सभ्य संस्कृतिलाई शिरोपर गर्दै प्रशिक्षार्थी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले कार्यक्रममा सहभागी प्रशिक्षार्थीका अभिभावकलाई सन्ततिको चाहना अनुरूप सिर्जनशील कलाको क्षेत्रमा उत्प्रेरणा प्रदान गर्नुहुन अनुरोध गर्नुहुँदै प्रशिक्षार्थीहरूलाई हौसला, प्रेरणा र आत्मबल प्रदान गर्ने हेतुले कार्यक्रममा उपस्थित हुनुहुने प्रमुख अतिथि लगायत सबैमा हार्दिक स्वागत सहित आभार प्रकट गर्नुभयो ।”

IMG_2700.jpg

IMG_2944.jpg

IMG_2757.jpg

कार्यक्रम समापन गर्नुहुँदै अध्यक्ष श्री चन्द्र कुमार राई हतुवालीज्यूले संस्थानले निरन्तर कला प्रशिक्षण अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम सञ्चालन प्रशिक्षण इकाई प्रमुख श्री विपिन घिमिरेज्यूले गर्नुभएको थियो भने कार्यक्रम संयोजन संस्थानका कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी कटुवाल श्रेष्ठज्यूले गर्नुभएको थियो । कार्यक्रममा ३५ औं समूहका प्रशिक्षार्थीहरूद्वारा गायन, वादन, नृत्य समाहित गरी सामूहिक प्रस्तुति र नाटक प्रस्तुत गर्नुभएको थियो ।

IMG_2736.jpg

IMG_2970.jpg

IMG_2600.jpg

IMG_2570.jpg

IMG_2954.jpgIMG_2949.jpgIMG_2943.jpgIMG_2924.jpgIMG_2905.jpgIMG_2892.jpgIMG_2870.jpgIMG_2853.jpgIMG_2834.jpgIMG_2783.jpgIMG_2755.jpgIMG_2732.jpgIMG_2729.jpgIMG_2725.jpgIMG_2716.jpgIMG_2686.jpgIMG_2677.jpgIMG_2652.jpgIMG_2664.jpgIMG_2673.jpgIMG_2629.jpgIMG_2623.jpgIMG_2704.jpgIMG_2620.jpgIMG_2611.jpgIMG_2612.jpgIMG_2578.jpgIMG_2581.jpgIMG_2592.jpgIMG_2567.jpg

 

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij