“मन–मनमा संस्कृति, ओठ–ओठमा हाँसोः दोस्रो संस्करण” आजदेखि नियमित प्रकाशन गरिनेः सांस्कृतिक संस्थान

“मन–मनमा संस्कृति, ओठ–ओठमा हाँसोः दोस्रो संस्करण” आजदेखि नियमित प्रकाशन गरिनेः सांस्कृतिक संस्थान


 

“मन–मनमा संस्कृति, ओठ–ओठमा हाँसोः दोस्रो संस्करण” आजदेखि नियमित प्रकाशन गरिनेः सांस्कृतिक संस्थान 


१ फागुन २०८२ काठमाडौँ ।
सांस्कृतिक संस्थानको प्रस्तुतिमा हास्य रस समिश्रण सहित नेपाली संस्कृति प्रवर्द्धनमूलक कार्यक्रम “मन–मनमा संस्कृति, ओठ–ओठमा हाँसो” को दोस्रो संस्करण आजदेखि डिजिटल रूपमा सांस्कृतिक संस्थानको आधिकारिक युटुब च्यानल मार्फत नियमित प्रकाशन हुने भएको छ । पहिलो संस्करणले उद्देश्य केन्द्रित रही जनमनको मन जित्न सफल भएकाले दोस्रो संस्करण डिजिटल रूपमा नियमित प्रकाशन गरिने भएको हो । दोस्रो संस्करणमा सात प्रदेशको मौलिक संस्कृति प्रतिनिधित्व हुने गरी सात प्रदेश विशेष एपिसोडहरू प्रकाशन गरिने भएको छ । मिति २०८२ साल फागुन १ गते राती ७ः१५ बजे संस्थानको आधिकारिक युटुब च्यानल Sanskritik Sansthan [ UCxR_UUQhuwdl11kET44yN8g ] बाट कार्यक्रम प्रकाशन हुनेछ । डिजिटल युगसँगै डिजिटल प्रविधिकै माध्यमबाट नयाँ पुस्तामा नेपालको पहिचानयुक्त संस्कृति बारे नवजागरण प्रवाह गर्नु अपरिहार्य रहेकाले सो कार्यक्रम निर्माण गरिएको हो । कार्यक्रममा सात प्रदेशको अभौतिक सांस्कृतिक सम्पदा सहित हास्य रस समिश्रणयुक्त प्रहसन मार्फत नेपाली संस्कृति बारे नैतिक शिक्षामूलक प्रस्तुति प्रदर्शन गरिनेछ । संस्कृति संरक्षण सहित उत्पादनमैत्री बनाउने उद्देश्यका साथ पनि सो कार्यक्रम नियमित प्रसारण हुनेछ । कार्यक्रमलाई आगामी दिनमा थप परिष्कृत गर्दै निरन्तर प्रदर्शन गरिने लक्ष्य राखिएको छ । 

संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको नेतृत्वमा संस्थानले पछिल्लो समय डिजिटल युग सापेक्ष नयाँ शिराबाट दीर्घकालीन हितमूलक नीति तथा कार्यक्रम तर्जुमा गर्दै संस्थान अगाडि बढेको छ । सोही कारण संस्थानमा हालसम्म हुन नसकेका निकायगत कार्य प्रकृति बमोजिम अपरिहार्य श्रव्यदृश्य सामग्री उत्पादनमैत्री रेकर्डिङ स्टुडियो जस्ता अत्यावश्यक संरचना निर्माण गरी संस्थानले आफ्नो अभिभारा बमोजिम नेपालको मौलिक संस्कृति प्रविधि मार्फत उजागर गर्ने तथा संस्कृतिलाई उत्पादनसँग जोड्ने डिजिटल रणनीति अपनाएको हो । समयको मागसँगै नियमित श्रव्यदृश्य सामग्री उत्पादन एवम् प्रकाशन मार्फत उत्पादन सहित संस्थानको हित तथा संस्थानमा कार्यरत सिर्जनशील कलाकार कर्मचारीको वृत्ति विकास हुने विश्वास गरिएको छ । 


“मन–मनमा संस्कृति, ओठ–ओठमा हाँसो” दोस्रो संस्करणको पहिलो भागः

“मन–मनमा संस्कृति, ओठ–ओठमा हाँसो” पहिलो संस्करणका प्रकाशित एपिसोडहरूः

पहिलो एपिसोड:

दोस्रो एपिसोड:

तेस्रो एपिसोड:

चौथो एपिसोडः

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij