३६ औं समूहका प्रशिक्षार्थी स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्नः सांस्कृतिक संस्थान

३६ औं समूहका प्रशिक्षार्थी स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्नः सांस्कृतिक संस्थान


 

३६ औं समूहका प्रशिक्षार्थी स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्नः सांस्कृतिक संस्थान


१५ फागुन २०८२ काठमाडौँ ।
सिर्जनशील कलाको माध्यमबाट शिक्षालाई व्यावहारिक बनाउने उद्देश्यका साथ नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानद्वारा सञ्चालित कला प्रशिक्षण कार्यक्रम अन्तर्गत ३६ औं समूहका प्रशिक्षार्थी “स्वागत तथा अभिमुखीकरण कार्यक्रम, २०८२” सम्पन्न गरिएको छ । 

3.jpg

1.JPG

संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूबाट प्रशिक्षार्थी आचरण सम्बन्धी अभिमुखीकरण गरिएको हो । सो अभिमुखीकरण कार्यक्रममा महाप्रबन्धकज्यूले कला प्रशिक्षण कार्यक्रमलाई नीतिगत ढंगले अगाडि बढाउन कार्यविधि निर्माण गरी लागू गरिएकाले थप सुदृढीकरणका लागि पहल गरिने, प्रमाण पत्र वितरण गर्दा हाजिरी, शैद्धान्तिक र व्यावहारिक परिक्षाको आधारमा प्रदान गरिने, संस्कृतिजस्तो संवेदनशील विषयलाई सिर्जनशील कलाको माध्यमबाट सभ्य रूपमा समाजमा सम्प्रेषण गर्न प्रशिक्षकहरू–प्रशिक्षार्थीहरू सुसंस्कृत भई प्रशिक्षण क्रियाकलापलाई व्यावहारिक रूपमा अधिकतम लाभ हुने हुनेगरी प्रशिक्षकले कला, ज्ञान र सीप सञ्चारण गर्न तथा प्रशिक्षार्थीले शोखलाई भोकको रूपमा परिणत गरी फराकिलो एवम् सकारात्मक सोच राखी ग्रहण गर्न निर्देशन दिनुभयो । साथै उहाँले सिर्जनशील प्राणी नै आम जनमानसमा अग्रभागमा सार्वजनिक हुने क्षमता राख्ने भएकाले प्रशिक्षक र प्रशिक्षार्थी बीच सामाजिक तथा सांस्कृतिक मर्यादाक्रमलाई अङ्गीकार गरी मर्यादा पालन गर्न तथा कला प्रशिक्षण सम्बन्धी कार्यविधि पालन गर्न निर्देशन दिनुहुँदै विविध पक्ष बारे अभिमुखीकरण गर्नुभएको थियो ।

IMG_7533.jpg

IMG_7461.JPG

IMG_7435.JPG

कार्यक्रममा संस्थानका गायन, वादन, नृत्य र नाटक विधाका प्रशिक्षकज्यूहरू र ३६ समूहका प्रशिक्षार्थीको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन कला प्रशिक्षण इकाई प्रमुख श्री विपिन घिमिरेज्यूले गर्नुभएको थियो ।

IMG_7557.jpgIMG_7556.jpgIMG_7555.JPGIMG_7534.jpgIMG_7498.JPGIMG_7436.jpgIMG_7443.jpgIMG_7493.JPGIMG_7511.jpgIMG_7503.JPGIMG_7525.jpgIMG_7528.JPGIMG_7521.JPGIMG_7518.jpgIMG_7520.jpgIMG_7516.jpgIMG_7511.jpgIMG_7479.jpgIMG_7499.JPGIMG_7486.jpgIMG_7494.JPGIMG_7485.jpgIMG_7483.jpgIMG_7481.jpgIMG_7472.jpgIMG_7449.jpgIMG_7447.JPG4.jpgIMG_7509.jpgIMG_7455.jpgIMG_7468.jpg

 

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij