सांस्कृतिक संस्थान र काठमाडौँ महानगरपालिकाको सहकार्यमा आयोजित “Book Free Friday सम्बन्धी समीक्षा” कार्यक्रम सम्पन्न
०१ चैत २०८२ काठमाडौँ ।
सांस्कृतिक संस्थान र काठमाडौँ महानगरपालिकाको सहकार्यमा काठमाडौँ महानगरपालिकाको गौरवको योजना अन्तर्गत “गरी खाने शिक्षा, महानगरको इच्छा” श्लोकनका साथ सञ्चालित पुस्तक रहित शुक्रबार (Book Free Friday) को “समीक्षा कार्यक्रम” सांस्कृतिक संस्थानको मिनी हल, जमल, काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रम संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको सभाध्यक्षतामा श्री नमराज ढकाल (कामनपा शिक्षा विभाग प्रमुख), श्री सुशिल सुवेदी (कामनपा शिक्षा विभाग वरिष्ठ शाखा अधिकृत), श्री सुदर्शन भट्टराई (कामनपा प्रशासन वरिष्ठ अधिकृत), संस्थानका कर्मचारी तथा प्रशिक्षहरूको उपस्थितिमा सम्पन्न गरिएको हो ।



बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै शिक्षालाई व्यावहारिक बनाउने उद्देश्यका साथ काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा सुरुवात गरेको पुस्तक रहित Book Free Friday कार्यक्रमलाई चुस्त, दुरुस्त एवम् प्रभावकारी ढंगले सम्पन्न गर्नका लागि सो समीक्षा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कामनपाको तर्फबाट शिक्षा विभाग प्रमुख श्री नमराज ढकाल ज्यू र वरिष्ठ शाखा अधिकृत श्री सुशिल सुवेदीज्यूले धारणा राख्नुभएको थियो भने संस्थानको तर्फबाट महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू र संस्थान कलाकार सेवामा कार्यरत श्री रोहित सुवेदीज्यूले धारणा राख्नुभएको थियो । कार्यक्रम सञ्चालन संस्थानका गायन शाखा संयोजक श्री तिर्थराज पोख्रेलज्यूले गर्नुभएको थियो । सांस्कृतिक संस्थान र काठमाडौँ महानगरपालिका बीच G to G प्रणाली अन्तर्गत आ.व.२०८१/८२ देखि Book Free Friday अन्तर्गत सङ्गीत तथा नाट्य अभिनय सम्बन्धी प्रशिक्षण क्रियाकलाप सञ्चालन गरिँदै आइएको छ ।



















