सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ भव्यताका साथ सम्पन्न

सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ भव्यताका साथ सम्पन्न


 

सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ भव्यताका साथ सम्पन्न


५ असार २०८३ काठमाडौँ ।
नेपाल सरकारको सजीव कला प्रदर्शनी सम्बन्धी एकमात्र आधिकारिक एवम् ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले नेपाली लोक कला संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि नवजागरण प्रवाह गर्ने उद्देश्यका साथ सांस्कृतिक संस्थानको गरिमामय ५४ औं वार्षिकोत्सवको अवसरमा आयोजित “सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३” भव्यताका साथ सम्पन्न गरिएको छ । “नेपालको गौरवशाली लोक संस्कृति तथा लोक कलाको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि लोकसांस्कृतिक कार्यक्रम तयार गरी प्रदर्शन गर्ने” प्रमुख अभिभारा बमोजिम संस्थानले सो प्रतियोगिता आयोजना गरेको हो । 

725621269_1312503814392116_9139455949947679510_n.jpg

सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको सभाध्यक्षतामा वरिष्ठ लोक गायक तथा निर्देशक श्री नारायण रायमाझीज्यूको प्रमुख आतिथ्यता, वरिष्ठ लोक गायक राम प्रसाद खनालज्यूको विशिष्ट आतिथ्यतामा, वरिष्ठ लोक गायिकाहरू, वरिष्ठ लोक गायकहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको आतिथ्यतामा संवत् २०८३ साल असार ३ गते समुद्घाटन गरिएको प्रतियोगिता असार ४ र ५ गतेसम्म सञ्चालन भई भव्यताका साथ सम्पन्न गएिको हो । 

IMG_5362.jpg

IMG_5717.jpg

IMG_5359.jpg

समारोहमा वरिष्ठ लोक गायिका श्री बिमा कुमारी दुरा ज्यू, वरिष्ठ लोक गायक श्री खड्ग गर्बुजा ज्यू, वरिष्ठ लोक गायक श्री राजु परियार ज्यू, वरिष्ठ लोक गायक श्री मिलन लामा ज्यू, लोकप्रिय गायिका श्री देवी घर्ती ज्यू, लोकप्रिय मौलिक गायक श्री कमलीकान्त भेटुवाल ज्यू, लोकप्रिय गायक श्री राजु ढकाल ज्यू, लोकप्रिय गायक सरोज लामिछाने ज्यू लगायतको विशेष प्रस्तुति रहेको थियो ।

IMG_5794.jpg

IMG_5761.jpg

IMG_5738.jpg

726758910_1312503987725432_6769397775947070671_n.jpg

IMG_5527.jpg

IMG_5143.jpg

IMG_5273.jpg

औपचारिक कार्यक्रम सञ्चालन संस्थानका कलाकार श्री रोहित सुवेदीज्यूले गर्नुभएको थियो भने प्रतियोगिता कार्यक्रम सञ्चालन वरिष्ठ लोक गायक श्री बद्री पंगेनी ज्यू र लोकप्रिय गायिका मञ्जु पौडेलज्यूले गर्नुभएको थियो । निर्णायकको भूमिकामा वरिष्ठ लोक स्रष्टा श्री दुर्गा रायमाझी ज्यू, वरिष्ठ लोक स्रष्टा श्री चन्द्र शर्मा ज्यू, लोकप्रिय गायिका सीता थापा ज्यू, लोकप्रिय गायिका श्री राधिका हमाल ज्यू, लोकप्रिय गायक कृष्ण रेउले ज्यू, लोकप्रिय स्रष्टाद्वय दिपक खड्का ज्यू र श्री सुवास केसी रहनुभएको थियो भने निर्णायक विशेष भूमिकामा श्री तेज बहादुर केसी ज्यू रहनु भएको थियो । २५ वटा समूहको आवेदन परेकोमा १ वटा समूह अनुपस्थित भएपछि २४ वटा समूह बीच प्रतिस्पर्धा भएको थियो ।

सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ का विजेता, उपविजेता तथा सर्वोत्कृष्ट विधामा उपाधि हासिल गर्नुहुने प्रतियोगीहरूको विवरण देहाय बमोजिम उल्लेख गरिएको छः–
१.सर्वोकृष्ट सांस्कृतिक भावयुक्त प्रस्तुतीकरण श्री निम बहादुर घर्ती मगर

IMG_5992.jpg


२.सर्वोकृष्ट भेषभूषा तथा आभूषण श्री श्याम राना

IMG_5998.jpg


३.सर्वोत्कृष्ट गायिका श्री जमुना विश्वकर्मा

IMG_6003.jpg


४.सर्वोकृष्ट गायक श्री अनिल सुनार

IMG_6010.jpg
५.उपविजेता श्री मानव रावत र श्री भावना अर्याल

11110000.jpg
६.विजेता श्री प्रितम पोखरेल र श्री सपना रोका

100000.jpg

उपाधि हासिल गर्न सफल प्रतियोगीहरूलाई संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको हातबाट देहाय बमोजिमको पुरस्कार प्रदान गरिएको छः–
क) विजेताः रु.२,००,०००/– (अक्षरेपि दुई लाख) 
ख) उपविजेताः रु.१,००,०००/– (अक्षरेपि एक लाख)
ग) सर्वोत्कृष्ट गायकः रु.२५,०००/– (अक्षरेपि पच्चीस हजार)
घ) सर्वोत्कृष्ट गायिकाः रु.२५,०००/– (अक्षरेपि पच्चीस हजार)
ङ) सर्वोत्कृष्ट भेषूषा तथा आभूषणः रु.२५,०००/– (अक्षरेपि पच्चीस हजार)
च) सर्वोत्कृष्ट सांस्कृतिक भावयुक्त प्रस्तुतीकरण रु.२५,०००/–(अक्षरेपि पच्चीस हजार)

साथमा, प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरिएको छ । साथै, सांस्कृतिक संस्थानको सर्वाधिकार रहनेगरी संस्थानकै रेकर्डिङ स्टुडियोमा विजेता तथा उपविजेतालाई १÷१ वटा लोक तथा दोहोरी गीत रेकर्डिङ गर्ने व्यवस्था, विजेता, उपविजेता तथा सर्वोत्कृष्ट विधाका कलाकारहरूलाई संस्थानको ६ महिने कला प्रशिक्षण अन्तर्गत गायन विधामा सहभागी हुने अवसर प्रदान गरिनेछ ।  

IMG_6038.jpg

कार्यक्रममा समापन मन्तव्य राख्नुहुँदै संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले भन्नुभयोः 
“नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल सरकारको सजीव कला प्रदर्शनी सम्बन्धी एकमात्र आधिकारिक एवम् ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले आफ्नो प्रमुख अभिभारा “नेपालको गौरवशाली लोक संस्कृति तथा लोक कलाको संरक्षण, संवद्र्धन, प्रवद्र्धन तथा पुस्तान्तरणका लागि लोक सांस्कृतिक कार्यक्रम तयार गरी प्रदर्शन गर्ने” भन्ने मूल भावलाई शिरोपर गर्दै राष्ट्रिय दोहोरी गीत प्रतियोगितालाई आ.व.२०८२/८३ को नीति तथा कार्यक्रममा समावेश गरी आयोजना गरिएको तथा उद्देश्य केन्द्रित सम्पन्न भएकोमा प्रतियोगितामा सम्बद्ध सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्नुभयो । उहाँले यो उसको जीत उसको हार भन्ने भन्दा पनि नेपाल सरकारको सजीव कला प्रदर्शनी सम्बन्धी एकमात्र आधिकारिक निकाय संस्थानले नीति तथा कार्यक्रममै समावेश गरी आयोजना गरिएको कार्यक्रम भएकाले समग्र लोक सङ्गीत क्षेत्रको जीत रहेको भन्ने सकारात्मक सन्देश सम्प्रेषण भएको र यसै अनुरूप सकारात्मक चिन्तनका साथ बुझिदिनुहुन सम्पूर्णमा अनुरोध गर्नुभयो । साथै, आ.व.२०८३/८४ मा लोक सङ्गीतको श्रीवृद्धिका लागि थुप्रै नीति तथा कार्यक्रम समावेश गरिएकाले प्रभावकारी ढंगले सम्पन्न गर्न एकीकृत हुन सम्पूर्ण लोक सङ्गीत क्षेत्रका कलाकार तथा संघसंस्थालाई हार्दिक आह्वान गर्नुभयो ।”

IMG_6044.jpg

IMG_6040.jpg

IMG_6032.jpg\

IMG_5924.jpg

 

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij