सांस्कृतिक संस्थान राष्ट्रिय सम्मान तथा पुस्कार मार्फत स्रष्टा सम्मानित
५ असार २०८३ काठमाडौँ ।
सांस्कृतिक संस्थानको गरिमामय ५४ औं वार्षिकोत्सव अवसरमा संस्कृति संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि विशेष योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रदान गरिने राष्ट्रिय सम्मान तथा पुरस्कार यसपटक ५४ औं वार्षिकोत्सवको अवसरमा दीर्घ साधना रु.५५,५५५/–(अक्षरेपि पचपन्न हजार पाँच सय पचपन्न), अन्य पुरस्कारहरूमा जनही रु.२५,५५५/–(अक्षरेपि पच्चीस हजार पाँच सय पचपन्न) सहित देहाय बमोजिमका स्रष्टालाई प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री खडक राज पौडेल (गनेस) ज्यूको हातबाट संस्थानले सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
१.सांस्कृतिक संस्थान राष्ट्रिय गायन सम्मान तथा पुरस्कार – श्री पुरुषोत्तम न्यौपाने

२.सांस्कृतिक संस्थान राष्ट्रिय वादन सम्मान तथा पुरस्कार – श्री जीवन आले

३.सांस्कृतिक संस्थान राष्ट्रिय नृत्य सम्मान तथा पुरस्कार – श्री वेद गुरुङ

४.सांस्कृतिक संस्थान राष्ट्रिय नाट्य सम्मान तथा पुरस्कार – श्री सम्राट सापकोटा
५.सांस्कृतिक संस्थान वर्ष उत्कृष्ट कर्मचारी सम्मान तथा पुरस्कार – श्री रेखा कुमारी कटुवाल श्रेष्ठ

६.सांस्कृतिक संस्थान राष्ट्रिय दीर्घ साधना सम्मान तथा पुरस्कार – श्री बम कुमारी बुढा

त्यसैगरी मा.मन्त्रीज्यूको हातबाट “सांस्कृतिक संस्थान कल्याणकारी कोष” मार्फत वरिष्ठ लोक गायक श्री रेशम थापाको उपचार सहायताका लागि रु.२५,०००/– (अक्षरेपि पच्चीस हजार) सहित शिष्टाचारको कदर पत्रले सम्मानित गरिएको छ ।

वरिष्ठ लोक गायक श्री राम प्रसाद खनाल ज्यू लाई लोक सङ्गीत क्षेत्रमा लामो समयदेखि पु¥याउनुभएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको छ ।

मौलिक गायिका श्री भिमा सुवेदी ज्यू, इन्द्रेणी समाजका अध्यक्ष श्री कृष्ण कँडेल ज्यू, लोक सञ्चारकर्मीद्वय श्री चन्द्रमणी गौतम ज्यू र श्री कमल सरगम चौलागाईं ज्यू, रातोपाटीका कला तथा मनोरञ्जन संवाददाता श्री कुबेर गिरी ज्यू, रचनाकार श्री शशि शर्मा मजगैयाँ ज्यू लगायतलाई कदर पत्रद्वारा सम्मानित गरिएको छ ।






