सांस्कृतिक संस्थानको जर्नल “संस्कृति अध्ययन” र बुलेटिन “नेपाली संस्कृति” विमोचन

सांस्कृतिक संस्थानको जर्नल “संस्कृति अध्ययन” र बुलेटिन “नेपाली संस्कृति” विमोचन


 

सांस्कृतिक संस्थानको जर्नल “संस्कृति अध्ययन” र बुलेटिन “नेपाली संस्कृति” विमोचन


५ असार २०८३ काठमाडौँ ।
सांस्कृतिक संस्थानको गरिमामय “५४ औं वार्षिकोत्सव समारोह – २०८३” संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको सभाध्यक्षतामा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय  श्री खडक राज पौडेल (गनेस)ज्यूको प्रमुख आतिथ्यता, नृत्यशास्त्री श्री भैरव बहादुर थापा ज्यू र वरिष्ठ संस्कृतिविद् श्री बम कुमारी बुढाज्यूको विशिष्ट आतिथ्यता, नेपाल पर्यटन बोर्डका कार्यवाहक सिईओ श्री हिकमत सिंह ऐर ज्यू, दिगो पर्यटन परियोजनाका प्रबन्धक श्री धर्म दवाडी ज्यू, लोक सङ्गीत क्षेत्रका दिग्गज धरोहरहरू वरिष्ठ लोक गायक तथा गायिकाहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको आतिथ्यतामा सो समारोह सम्पन्न गरिएको हो ।

IMG_5589.jpg

IMG_5587.jpg

वार्षिकोत्सवको अवसरमा सजीव कला संरक्षण, संवर्द्धन, प्रवर्द्धन र दस्तावेजीकरणका लागि ISSN मान्यताप्राप्त विज्ञसमीक्षित वार्षिक जर्नल वर्ष २, अङ्क २, असार २०८३, “संस्कृति अध्ययन” नामक अनुसन्धनात्मक वार्षिक जर्नल र संस्थानको गतिविधि समावेश गरिएको उत्कृष्ट कार्यसम्पादन विशेष सांस्कृतिक संस्थान पहिलोपटक नाफामा विषयक आवरणीय हेडलाइन सहितको बुलेटिन “नेपाली संस्कृति” प्रमुख अतिथि मा.मन्त्री ज्यू र नृत्यशास्त्री भैरव बहादुर थापाज्यूको हातबाट विमोचन गरिएको छ । जर्नलको सम्पादन संस्कृतिविद्द्वय भोगीराज चाम्लिङ ज्यू र गुरुङ सुशान्तज्यूले गर्नुभएको हो । विज्ञसमिक्षित सहितको उक्त जर्नलमा विभिन्न विद्वानहरूका शोधलेख समेटिएको छ ।

Journal.png

Nepali Sanskriti Screen.png

अकल्पनीय ऋण, उपदान दायित्व, कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोष जस्ता अनेकन् नीतिगत समस्याग्रस्त निकायमा युवा विषयविज्ञ महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले संस्थानको नेतृत्व सम्हालेसँगै राष्ट्रिय नाचघरदेखि हाल सांस्कृतिक संस्थानसम्म सधैँ घाटामा रहेको निकाय इतिहासमै पहिलोपटक नाफामा जान सफल भई ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भएको छ ।  

IMG_5585.jpg

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij