सांस्कृतिक संस्थानका समिति सदस्य श्री घनश्याम सुवेदीज्यूलाई बिदाई कार्यक्रम

सांस्कृतिक संस्थानका समिति सदस्य श्री घनश्याम सुवेदीज्यूलाई बिदाई कार्यक्रम


 

सांस्कृतिक संस्थानका समिति सदस्य श्री घनश्याम सुवेदीज्यूलाई बिदाई कार्यक्रम


१९ असार २०८३ काठमाडौँ । 
सांस्कृतिक संस्थानका सञ्चालक समिति सदस्य श्री घनश्याम सुवेदीज्यूलाई बिदाई गरिएको छ । नेपाल सरकारका उपसचिव रहनुभएको उहाँ अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधि स्वरूप संस्थान समितिमा कार्यरत हुनुहुन्थ्यो । नेपाल सरकारको निर्णयानुसार उहाँ सरुवा हुनु भएकाले उहाँले संस्थान समितिमा कर्तव्यनिष्ठ भई पुरा गर्नुभएको जिम्मेवारी प्रति उच्च सम्मान व्यक्त गर्दै संस्थान सञ्चालक समितिले एक शिष्टाचारको कार्यक्रम तय गरी बिदाई गरेको हो । उक्त बिदाई कार्यक्रममा संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले उहाँको योगदानको संस्थानले सदा उच्च कदर गर्ने प्रतिबद्धता व्यक्त गर्दै हार्दिक धन्यवाद सहित सुखमय, समृद्धमय एवम् प्रगतिमय जीवनको शुभकामना व्यक्त गर्नुभयो । शिष्टाचार बिदाई कार्यक्रममा संस्थान समिति सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव श्री निर्मला न्यौपाने ज्यू, संस्थानका प्रशासन संयोजक श्री सुदर्शन थापा ज्यू र लेखा संयोजक श्री प्रेमध्वज जिसी ज्यू समेत सहभागी हुनुहुन्थ्यो । 

khada.jpg

IMG-20260703-WA0002.jpg

  
अकल्पनीय ऋण, उपदान दायित्व, कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोष जस्ता अनेकन् नीतिगत समस्याग्रस्त निकायमा महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले नेतृत्वको सञ्चालक समितिले प्रभावकारी नीति तथा कार्यक्रम तर्जुमा गरी निष्ठापूर्वक कार्यान्वयन गरेकै कारण राष्ट्रिय नाचघरदेखि हाल सांस्कृतिक संस्थानसम्म सधैँ घाटामा रहेको निकाय आ.व.२०८२/८३ मा इतिहासमै पहिलोपटक नाफामा जान सफल भई ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भएको छ ।  

IMG-20260703-WA0006.jpg

IMG-20260703-WA0005.jpg

IMG-20260703-WA0004.jpg

IMG-20260703-WA0010.jpg

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij