“काव्यमा आधारित साङ्गीतक कार्यक्रम – २०८३” भव्यताका साथ सम्पन्न

“काव्यमा आधारित साङ्गीतक कार्यक्रम – २०८३” भव्यताका साथ सम्पन्न


 

“काव्यमा आधारित साङ्गीतक कार्यक्रम – २०८३” भव्यताका साथ सम्पन्न


२९ असार २०८३ काठमाडौँ ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत सजीव कला प्रदर्शनी सम्बन्धी नेपाल सरकारको एकमात्र आधिकारिक निकाय तथा संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१३ औं जन्म जयन्तीको अवसरमा “काव्यमा आधारित साङ्गीतिक कार्यक्रम– २०८३” सभ्य–भव्य रूपमा सु–सम्पन्न भएको छ । संवत् २०८३ असार २९ गते संस्थानको मिनी प्रेक्षालयमा सम्पन्न गरिएको उक्त कार्यक्रममा सभाध्यक्ष संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत श्री हिकमत सिंह ऐर ज्यू, विशिष्ट अतिथि भानु माविका प्रधानाध्यापक श्री शारदा कुमारी पौडेज ज्यू लगायत शिष्टविशिष्ट व्यक्तित्वहरूको रहनुभएको थियो । 

IMG_0662.JPG

IMG_0647.JPG

कार्यक्रममा देहायका प्रस्तुतिहरू प्रस्तुत गरिएका थिएः
१.भानु जयन्ती विशेष रामायण बालकाण्डः प्रत्यक्ष भानु माविका विद्यार्थी भाइबहिनीहरूको प्रस्तुति 
कविः आदिकवि भानुभक्त आचार्य

IMG_0741.JPG
२.भानु जयन्ती विशेष रामायण सुन्दरकाण्ड: सांस्कृतिक संस्थानका कलाकारद्वारा सामूहिक प्रस्तुति
कविः आदिकवि भानुभक्त आचार्य 

IMG_0805.JPG
३.चरीको विलापः सांस्कृतिक संस्थानका प्रशिक्षार्थीद्वारा सामूहिक प्रस्तुति
कविः शिरोमणि लेखनाथ पौड्याल 

IMG_0819.JPG
४.फूलको थुङ्गा (प्रत्यक्ष गायनः शिला विष्ट) 
कविः राष्ट्रकवि माधव प्रसाद घिमिरे
सङ्गीतः नातिकाजी 
स्वरः तारादेवी

IMG_0853.JPG
५.ईश्वर तैँले (प्रत्यक्ष गायनः विपिन घिमिरे)
कविः महाकवि लक्ष्मी प्रसाद देवकोटा (मुनामदनबाट साभार)
सङ्गीतः कलाभूषण चन्द्रराज शर्मा 
स्वरः स्वरसम्राट नारायण गोपाल 

IMG_0861.jpg
६.ए मेरी हजारी (प्रत्यक्ष गायनः विपिन घिमिरे)
कविः हिकमत सिंह ऐर (कञ्चनपुरदेखि कञ्चनजंघासम्मबाट साभार)
सङ्गीतः किरण बाबु पुन
स्वरः किरण बाबु पुन र टीका पुन

IMG_0866.jpg
७.हिमगिरी मण्डित (प्रत्यक्ष गायनः दिपेन्द्र बज्राचार्य)
कविः युगकवि सिद्धिचरण श्रेष्ठ
सङ्गीतः रामेश श्रेष्ठ
स्वरः रामेश श्रेष्ठ तथा साथीहरू

IMG_0892.JPG

प्रत्यक्ष वाद्यवादनमा संस्थानका कलाकारहरू श्री तिर्थराज पोख्रेल, श्री दुर्गा प्रसाद खतिवडा, श्री रोहित सुवेदी, श्री सितामैयाँ राजचल, श्री नरेश प्रजापति र श्री सुक्रिमाया मोक्तानले साथ दिनुभएको थियो । 

IMG_0984.jpg

कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले स्वागत मन्तव्य मार्फत राख्नुभएको मन्तव्यको सारांशः– “सांस्कृतिक संस्थानको आ.व.२०८२/८३ को नीति तथा कार्यक्रममा समावेश गरिएको काव्यमा आधारित साङ्गीतिक कार्यक्रमलाई उद्देश्य केन्द्रित रही आज सुसम्पन्न गर्न गइरहेको जानकारी गराउनु हुँदै काव्य र सङ्गीतको सुन्दर सङ्गम मार्फत सामाजिक तथा सांस्कृतिक रूपान्तरणका लागि नवजागरण प्रवाह गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउनुहुँदै काव्य र सङ्गीतको सम्बन्ध नङ र मासुको जस्तै हुने कविता विचार र भावनाको अभिव्यक्ति हो भने सङ्गीत त्यसलाई प्राण भर्ने माध्यम भएको धारणा राख्नुभयो । आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, राष्ट्रकवि माधवप्रसाद घिमिरेदेखि थुप्रै कविहरूका सयौँ काव्यिक सिर्जनाहरू सङ्गीतकै माध्यमबाट जनमानसमा अमर बनेको धारणा राख्नुहुँदै कार्यक्रमले तिनै कालजयी रचनाहरूलाई पुनर्जीवन दिँदै नेपाली साहित्य र सङ्गीतको सम्बन्धलाई अझ प्रगाढ बनाउन एउटा इतिहास निर्माण गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताभित्र एकता भएको राष्ट्र भएकाले विविधतायुक्त विशेषतालाई आत्मसात् गरी सामाजिक सद्भावलाई बलियो बनाउन काव्य र सङ्गीतको सशक्त भूमिका हुने भएकाले कार्यक्रमले राष्ट्रिय एकतालाई सुदृढीकरण गर्न सेतुको काम गर्ने अपेक्षा राख्नुहुँदै डिजिटल युगसँगै वैश्वीकरणको प्रभावले पश्चिमा संस्कृति हाबी हुँदै जाँदा हाम्रा मौलिक काव्यको अस्तित्व संकटमा पर्ने खतरा बढेकाले काव्य र सुमधुर सङ्गीतको सौन्दर्यात्मक विम्बद्वारा काव्य नै संस्कृतिलाई जीवन्त राख्ने मूल मियो हो भन्ने नवजागरण प्रवाह गर्ने उद्देश्यका साथ कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरिएको बताउनु भयो । पछिल्लो समय प्रविधिको विकाससँगै सस्तो लोकप्रियताका कारण काव्य लेखनमा केही विकृति भित्रिएको साहित्यिक वृत्तमा चिन्तन हुन थालेकाले काव्यको आफ्नै व्याकरण, अनुशासन, संस्कृति तथा मूल्यमान्यता हुने भएकाले काव्यका शक्तिहरू अभिधा, लक्षणा र व्यञ्जनाको भावलाई मध्यनजर नगरी तथा छन्द पक्ष, लघु–गुरु, न्यास–विन्यास, गद्य–पद्य, ह्रश्व–दीर्घ जस्ता आधारभूत नियमहरूको हेक्का नराखी गरिने लेखनले मौलिक साहित्यलाई कमजोर बनाउने बताउनु भयो । उहाँले वास्तविक काव्य सङ्गीतकारले काव्यको पानामा आँखा दौडाउने बित्तिकै उसको मानसपटलमा स्वतः सङ्गीतको धून गुञ्जिन थालोस्, काव्य र सङ्गीतको सुन्दर संयोजन भइसकेपछि प्रस्तोताले आफै भावविभोर भएर रसपान गर्दै कृतिको रूपमा श्रोतामाझ पस्कन सकोस्, जसलाई श्रोताले सुन्ने बित्तिकै हृदयमा रसपान होस् भन्ने कामना गर्नुभयो । कार्यक्रमले नयाँ पुस्ताका स्रष्टाहरू र सम्पूर्ण सिर्जनशील प्राणीहरूलाई काव्यको ओजपूर्ण लेखनतर्फ अभिप्रेरित गर्न नवजागरण प्रवाह गर्ने समेत विश्वास व्यक्त गर्नुभयो । काव्य केवल साहित्यिक रसपानमा मात्र सीमित नभएको पर्यटन प्रवद्र्धनको एउटा अमूल्य निधि र प्रमुख शक्ति भएको तर्क राख्नुहुँदै नेपाल जस्तो प्रकृति र संस्कृतिको समृद्ध राष्ट्रमा यसबारे वर्णन गरिएका आकर्षक काव्य लेखन गर्न सक्यौँ र ती काव्यलाई सङ्गीतको गहिरो तादात्म्यतासँगै गीत तथा उत्कृष्ट श्रव्यदृश्य मार्फत प्रस्तुत गर्न सक्यौँ भने यसले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रियस्तरसम्म नेपालको पर्यटन प्रवद्र्धनमा एउटा नयाँ आयाम थप्ने तथा सांस्कृतिक पर्यटन र काव्य पर्यटनको विकास हुने विश्वास व्यक्त गर्नुहुँदै त्यसका लागि दीर्घकालीन सोच सहितको नीति तथा कार्यक्रम तर्जुमा गर्न जरुरी भएकाले नेपाल पर्यटन बोर्ड र सांस्कृतिक संस्थानले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।” 

IMG_0652.JPG

IMG_0908.jpg

कार्यक्रममा प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आफैमा कवि श्री हिकमत सिंह ऐरज्यूले काव्य र सङ्गीतको माध्यमबाट देशैभरी तथा अन्तर्राष्ट्रियस्तरमा समेत पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । नेपाल पर्यटन बोर्डले यस्ता किसिमका नीति तथा कार्यक्रममा विगतदेखि संस्थानसँग सहकार्य गर्दै आएकाले आ.व.२०८३/८४ मा झनै सुदृढीकरण गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

IMG_0938.JPG

कार्यक्रम सञ्चालन गजलकार तथा साहित्यकार श्री शशि शर्मा मजगैयाँज्यूले गर्नुभएको थियो भने उहाँले संस्थानले सही नेतृत्व पाएकै कारण संस्कृतिका हरेक विधालाई समेट्दै “काव्यमा आधारित साङ्गीतिक कार्यक्रम” मार्फत नेपालका राष्ट्रिय धरोहरहरू कवि तथा साहित्यकारको सम्मान गरेको, भानु माविका भाइबहिनीहरूलाई कार्यक्रममा प्रस्तुति प्रस्तुत गर्ने अवसर प्रदान गरेर काव्यको पुस्तान्तरणमा नयाँ आयाम थप गरेको समेत धारणा राख्नुभएको थियो । कार्यक्रम संयोजन संस्थानका कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी कटुवाल श्रेष्ठज्यूले गनुभएको थियो ।

IMG_1004.jpgIMG_0998.JPGIMG_0992.JPGIMG_0995.jpgIMG_0974.jpgIMG_0960.jpgIMG_0969.JPGIMG_0927.JPGIMG_0893.JPGIMG_0800.JPGIMG_0643.JPGIMG_0619.JPGIMG_0877.JPGIMG_0778.JPGIMG_0810.jpgIMG_0766.jpgIMG_0736.JPGIMG_0681.JPGIMG_0630.JPGIMG_0893.JPGIMG_0788.JPGIMG_0782.jpgIMG_0700.JPGIMG_0658.JPGIMG_0648.JPGIMG_0655.JPGIMG_0697.JPGIMG_0821.jpgIMG_0825.JPG

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij