सम्झनामा अरुण थापाः २७ औं अरुण स्मृति दिवस श्रद्धार्पणका साथ मनाइयो

सम्झनामा अरुण थापाः २७ औं अरुण स्मृति दिवस श्रद्धार्पणका साथ मनाइयो


 

सम्झनामा अरुण थापाः २७ औं अरुण स्मृति दिवस श्रद्धार्पणका साथ मनाइयो 


५ साउन २०८३ काठमाडौँ ।
राष्ट्रिय व्यक्तित्व वरिष्ठ गायक तथा स्रष्टा अरूण थापाको सम्झनामा “२७ औं स्मृति दिवस” श्रद्धार्पणका साथ मनाइएको छ । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको आयोजना र सांस्कृतिक संस्थानको सहकार्य एवम् विशेष प्रस्तुतिसँगै संस्थानको मिनी हलमा स्मृति दिवस मनाइएको हो । नेपाल मगर विद्यार्थी संघका अध्यक्ष राजु पुन मगरज्यूको सभाध्यक्षता, आदिवासी जनजाति आयोगका अध्यक्ष मा.श्री राम बहादुर थापा मगरज्यूको प्रमुख आतिथ्यता, सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको विशिष्ट आतिथ्यता, नेपाल मगर संघ केन्द्रीय  समितिका अध्यक्ष श्री रक्ष बहादुर रैका मगर ज्यू, वरिष्ठ संस्कृतिविद् श्री बमकुमारी बुढा ज्यू, नेपाल मगर संघ केन्द्रीय समितिका सल्लाहकार श्री कृष्ण थापा मगर ज्यू तथा महासचिव श्री होमराज खपाङ्गी मगर ज्यू, वरिष्ठ लोक गायक सालैजो शिरोमणि खड्ग गर्बुजा ज्यू, नेपाल मगर संघ सम्पर्क समन्वय समितिका अध्यक्ष श्री झलक थापा मगर ज्यू, नेपाल मगर सांस्कृतिक संघका अध्यक्ष श्री नन्द घर्ती मगर ज्यू लगायत नेपाल मगर संघका विभिन्न भातृ संस्थाका प्रमुखज्यूहरू लगायतको आतिथ्यता रहेको थियो । सांस्कृतिक संस्थानका कलाकारद्वारा उच्च सम्मानका साथ श्रद्धार्पण भाव सम्प्रेषण हुने गरी अरूण थापा प्रति समर्पित भावनृत्य सहितको ऋतुहरूमा तिमी लगायत अरुण थापाद्वारा स्वरबद्ध कालजयी गीतहरू प्रस्तुतीकरणसँगै स्मृति दिवस मनाइएको हो । 

5.JPG

1.JPG

4.JPG

2.JPG

कार्यक्रममा प्रस्तुत गरिएका प्रस्तुतिहरूः
१.करोडौँ मुटुहरूको एउटै (प्रत्यक्ष गायनः संस्थानका प्रशिक्षार्थी समूह, रचनाःनवराज कार्की सङ्गीतःसरोज गोपाल बज्राचार्य, मौलिक स्वरः अरुण थापा, सरोज गोपाल बज्राचार्य, ज्ञानु राना, बाबा राना) 

IMG_1777.JPG

२.तिमी राम राम (प्रत्यक्ष गायनः तीर्थराज पोख्रेल रचनाः केशव लोहनी, सङ्गीतः नाती काजी, मौलिक स्वरः अरुण थापा)

IMG_1824.jpg

३.जति माया लाए पनि – गायन प्रस्तुति (प्रत्यक्ष गायनः शिला विष्ट, रचनाः विनोद गौचन, संगीतः अरूण थापा, मौलिक स्वरः अरुण थापा)

IMG_1891.JPG

४.अरूण थापा प्रति समर्पित भावनृत्य सहितको प्रस्तुति, ऋतुहरूमा तिमी (निर्देशनः माया थापा, प्रत्यक्ष गायनः विपिन घिमिरे, अभिनयः अक्कल पाख्रिन र विना विश्वकर्मा, रचनाः राजेन्द्र रिजाल, संगीतः राम थापा, मौलिक स्वरः अरुण थापा)

IMG_1921.JPG

५.आँखाको निद (प्रत्यक्ष गायनः कमल घर्ती मगर, रचनाः विक्रम गुरुङ, संगीतः अरूण थापा, मौलिक स्वरः अरुण थापा)

IMG_1947.JPG

६.यहाँ पीर बिसाउनै गाह्रो छ (प्रत्यक्ष गायनः दिपेन्द्र बज्राचार्य, मौलिक स्वरः अरुण थापा)

IMG_1979.JPG

७.दोष कसैलाई दिन चाहन्न (प्रत्यक्ष गायनः विपिन घिमिरे, रचना/संगीतःशुक गुरुङ, मौलिक स्वरः अरुण थापा)

IMG_2076.jpg

८.भुलुँ भुलुँ लाग्यो मलाई (प्रत्यक्ष गायनः अञ्जना सारु मगर, रचना÷संगीतः विक्रम गुरूङ, मौलिक स्वरः अरुण थापा)

IMG_2138.JPG

प्रत्यक्ष वाद्यवादनमा संस्थानका कलाकारहरू श्री तीर्थराज पोख्रेल ज्यू, श्री दुर्गा प्रसाद खतिवडा ज्यू, श्री रोहित सुवेदी ज्यू, श्री नरेश प्रजापति ज्यू, श्री सितामैयाँ राजचल ज्यू, श्री सुक्रिमाया मोक्तान ज्यू र श्री लोकराज राईज्यूले साथ दिनुभएको थियो । साथै, वरिष्ठ लोक गायक सालैजो शिरोमणि श्री खड्ग गर्बुजा र सम्मानित स्रष्टा श्री मिना गर्बुजा सहितको प्रस्तीकरण समेतर रहेको थियो ।

IMG_1829.jpg

IMG_2156 - Copy.JPG

IMG_1828.jpg

IMG_1826.jpg

IMG_1834.JPG

IMG_1831.jpg

सिर्जनशील कला मार्फत राष्ट्रलाई अतुलनीय योगदान दिनुहुने राष्ट्रिय व्यक्तित्वहरूको सम्मानार्थ विभिन्न व्यक्तित्वहरूको स्मृति दिवस विशेष कार्यक्रम सांस्कृतिक संस्थानले वार्षिक नीति तथा कार्यक्रममा समेटेकाले सोही अन्तर्गत सम्झनामा अरूण थापा स्मृति दिवस समावेश गरिएको थियो । अरूण थापाको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै उहाँको तस्बिरमा माल्यार्पण गरी कार्यक्रम सुरुवात गरिएको थियो । अरुण स्मृति सङ्गीत पुरस्कारद्वारा लोकप्रिय मौलिक गायिका श्री मिना गर्बुजालाई प्रदान गरिएको थियो । 

IMG_2119.JPG

IMG_2158.JPG

IMG_2130 - Copy.JPG


कार्यक्रममा प्रमुख अतिथि आदिवासी जनजाति आयोगका अध्यक्ष मा.श्री राम बहादुर थापा मगरज्यूले “अरुण थापाका गीतका भाव पक्ष निकै मर्मस्पर्शी भएकाले कालजयी भएको बताउनु भयो । उहाँले अरुण स्मृति सङ्गीत पुरस्कार राज्यद्वारा प्रदान गर्नुपर्ने धारणा राख्नुहुँदै अरुण थापा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो । साथै, मानव जन्मेपछि केही न केही गरेर जानुपर्नेतर्फ जोड दिनुहुँदै अरुण थापाले राष्ट्रको लागि अमर कार्य गरेर जानुभएको बताउनु भयो ।”  

IMG_1737.JPG

IMG_1811.JPG

IMG_2032.jpg

कार्यक्रमका विशिष्ट अतिथि महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले मन्तव्य राख्नुहुँदै भन्नुभयो:– 
“कहिल्यै नमर्ने प्राणी भनेकै सिर्जनशील प्राणी कलाकार हो जो मरेर गएपनि ऊ आफ्ना कृतिहरू मार्फत जीवित रहने धारणा राख्नुहुँदै बाँचुञ्जेल आफ्नो सारा जीवन समर्पण गरी सिर्जनशील कला मार्फत राष्ट्रलाई अतुलनीय योगदान पुर्याउनु हुने राष्ट्रिय व्यक्तित्व अरुण थापा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो । सांस्कृतिक संस्थानले आ.व.२०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा अरुण थापा जस्ता राष्ट्रिय व्यक्तित्वको स्मृति दिवसलाई समेटेको बताउनुहुँदै आ.व.२०८३/८४ मा त्यसैको निरन्तरता भएको बताउनु भयो । उहाँले स्मृति दिवस भन्नु सम्बन्धित व्यक्तिले भौतिक देहत्याग गरेको दिनमा शोक दिवस स्वरूप उच्च श्रद्धार्पण गरिने भएकाले सोही बमोजिमका क्रियाकलाप गर्दै मृतात्माको उच्च सम्मान स्वरूप श्रद्धार्पण गर्नुपर्ने धारणा राख्नुहुँदै आजभोलि स्मृति दिवसहरू हर्षोल्लासका साथ मनाउने नराम्रो संस्कृति हाबी हुँदै गएकोतर्फ चिन्ता व्यक्त गर्नुभयो । सम्बन्धित निकायले बोध गर्नैपर्ने अभिभारा भनेको अरुण थापालाई राष्ट्रिय व्यक्तित्वको रूपमा स्थापित गर्नु, उहाँको कृतिहरूको संरक्षणका लागि प्रतिलिपि अधिकार, बौद्धिक अधिकारको रक्षा गर्दै राज्यबाट शिष्टाचारको सम्मान दिलाउनु भएकाले यी विषयमा गम्भीरतापूर्वक चिन्तन गर्दै अरुण थापाका कालजयी कृतिहरूको रोयल्टीबारे वकालत कसले गर्ने ? हालसम्म प्राप्त रोयल्टी के कति छ ? कसले भोगचलन गर्दैछ ? परिवारजनले रोयल्टी प्राप्त गरेका छन् कि छैनन् ? यस बारे सत्यतथ्य खोज गरी अरुण थापालाई न्याय दिलाउन सकेमा स्मृति दिवसले सार्थकता पाउने धारणा राख्नुहुँदै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो । उहाँले आयोजक मगर विद्यार्थी संघलाई विशेष ध्यानाकर्षण गराउनुहुँदै विद्यार्थी भनेका भोलिका सच्चा कर्णधार, सामुदायिक पहिचानलाई प्राज्ञिक ढंगले दस्तावेजीकरण गर्नसक्ने महान् व्यक्तित्वसमुदाय तथा राष्ट्रलाई समृद्ध बनाउने संवाहक भएकोतर्फ जोड दिनुहुँदै विद्यार्थी भाइबहिनीहरू सामुदायिक एजेन्डाको सवालमा, राष्ट्रियताको सवालमा, सुशासनको सवालमा, संस्कृतिको सवालमा युवाको साझा आवाज हुनु पर्दछ बरु प्राण जाओस् कुनैपनि सम्झौता हुन सक्दैन भन्ने कुरा गम्भीरतापूर्वक चिन्तन गर्न अनुरोध गर्नुभयो । सत्यलाई शिरमा राखेर युगको मागलाई चिन्दै पुर्खाको विरासत इमानदारीता, स्वाभिमान, स्वाधीनतलाई आत्मासात् गरी सोही बमोजिम सत्कर्म गर्न अनुरोध गर्नुभयो । साथै, उहाँले संस्कृति समुदायको प्राण र सभ्यता संस्कृतिबाटै विकसित भएको शिक्षा तथा प्रविधि सहितको भौतिक प्रगति भएकाले मगर समुदायको उन्नत सभ्यता निर्माणका लागि विद्यार्थीले प्राज्ञिक तवरले टेवा पुर्याउनु पर्दछ भन्ने पक्षमा एक ठाउँमा हुन अनुरोध गर्नुहुँदै आफ्नो तर्फबाट सदा साथ, सद्भाव, सदाशयता रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।”

IMG_1803.JPG

IMG_1648.JPG

IMG_1862.jpg

नेपाल मगर संघका अध्यक्ष श्री रक्ष बहादुर रैका मगरज्यूले “अरूण थापालाई राष्ट्रियकरण गर्न सांस्कृतिक संस्थानले पुलको काम गरेकोमा आभार प्रकट गर्दै उहाँ सबै नेपालीको साझा सम्पत्ति भएकाले अरूण थापालाई राष्ट्रले उचित स्थान दिनुपर्ने धारणा राख्नुहुँदै नेपाल मगर विद्यार्थी संघलाई कार्यक्रमका लागि विशेष धन्यवाद दिनु भयो ।”

IMG_1630.JPG

IMG_1968.JPG


वरिष्ठ संस्कृतिविद् श्री बमकुमारी बुढा मगरज्यूले “नेपाल सरकारको निकाय सांस्कृतिक संस्थानको नीति तथा कार्यक्रममा राष्ट्रिय व्यक्तित्व अरुण थापाको स्मृति दिवस समावेश गरेकोमा आभार प्रकट गर्दै अरुण थापाको योगदानको उच्च सम्मान हुनुपर्ने तर्फ जोड दिनुभयो ।” 

IMG_1659.JPG

IMG_2066.jpg

IMG_1940.jpg

नेपाल मगर संघ केन्द्रीय समितिका सल्लाहकार श्री कृष्ण थापा मगरज्यूले “अरुण थापाको योगदानलाई स्मृति दिवसको अवसरमा सम्झने कार्यक्रम तय गरेकोमा सांस्कृतिक संस्थान र मगर विद्यार्थी संघलाई आभार प्रकट गर्नुभयो ।”

IMG_1761.jpg

IMG_1746.JPG

स्वागत मन्तव्य मार्फत नेपाल मगर विद्यार्थी संघका वरिष्ठ उपाध्यक्ष श्री लोकेन्द्र राना मगरज्यूले कार्यक्रमको बारे प्रकाश पार्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव श्री याम बहादुर रोका मगरज्यूले गर्नुभएको थियो । 

IMG_1759.JPG

IMG_2240.JPG

कार्यक्रम समापन गर्नुहुँदै नेपाल मगर विद्यार्थी संघका अध्यक्ष श्री राजु पुन मगरज्यूले “उपस्थित सम्पूर्णलाई आभार प्रकट गर्दै सांस्कृतिक संस्थानको नीति तथा कार्यक्रममा अरूण स्मृति दिवस समेटेको संस्थानलाई आभार धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अरुण थापा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मगर विद्यार्थी संघले संस्कार, संस्कृति सहितको शिक्षालाई जोड दिँदै अगाडि बढेकाले पुर्खाको योगदानलाई सदा उच्च सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।” कार्यक्रमको संयोजन संस्थानका कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी कटुवाल श्रेष्ठज्यूले गर्नुभएको थियो । 

IMG_1673.JPG

IMG_2230.JPGIMG_2237.JPGIMG_2222.jpgIMG_2228.jpgIMG_2216.jpgIMG_2213.JPGIMG_2203.JPGIMG_2199.jpgIMG_2196.JPGIMG_2187.jpgIMG_2193 - Copy.jpgIMG_2178.jpgIMG_2183.JPGIMG_2174 - Copy.JPGIMG_2172 - Copy.jpgIMG_2146.jpgIMG_2113.jpgIMG_2086.jpgIMG_2043.jpgIMG_2012.JPGIMG_1984.jpgIMG_1914.JPGIMG_1929.JPGIMG_1816.JPGIMG_1975.JPGIMG_1805.JPG3.jpgIMG_1965.JPGIMG_2089.JPGIMG_2040.JPGIMG_1837.JPG

IMG_1930.JPGIMG_1782.jpgIMG_1784.jpgIMG_1785.jpg

IMG_1775.JPGIMG_1727.JPGIMG_2243.JPG

IMG_2100.jpgIMG_1661.jpg

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij