''नौमती तथा सारङ्गी रागी उत्सव– २०८३'' सम्बन्धी पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

''नौमती तथा सारङ्गी रागी उत्सव– २०८३'' सम्बन्धी पत्रकार भेटघाट कार्यक्रम सम्पन्न


 

''नौमती तथा सारङ्गी रागी उत्सव– २०८३'' सम्बन्धी पत्रकार भेटघाट कार्यक्रम सम्पन्न


७ साउन २०८३ काठमाडौँ ।
सांस्कृतिक संस्थानको आयोजनामा हुन गइरहेको नेपाली लोक कला संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि मौलिक वाद्यवादनमा नेपालीपन भएका लोपोन्मुख लोक रागहरू प्रर्दशनीमूलक कार्यक्रम “नौमती तथा सारङ्गी रागी उत्सव– २०८३” सम्बन्धी पत्रकार भेटघाट कार्यक्रम संस्थानको सेमिनार हल, जमल, काठमाडौँमा सम्पन्न गरिएको छ । सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको सभाध्यक्षता, वरिष्ठ लोक गायक श्री राजु परियार ज्यू, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष तथा लोकप्रिय लोक गायिका श्री रीता थापा मगर ज्यू लगायतको आतिथ्यतामा सो कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको विषयमा संस्थानका महाप्रबन्धक ज्यू तथा अतिथिज्यूहरूले धारणा राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थानका कलाकार कर्मचारी श्री रोहित सुवेदीज्यूले गर्नुभएको थियो । कार्यक्रम संयोजन संस्थानका कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी कटुवाल श्रेष्ठज्यूले गर्नुभएको थियो । 

IMG_2428.JPG

IMG_2392.JPG

IMG_2348.jpg

cc.JPG

संस्थानले सार्वजनिक गरेको प्रेस विज्ञप्तिको पूर्णपाठः
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत सजीव कला प्रदर्शनी सम्बन्धी एकमात्र आधिकारिक एवम् ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले नेपाली लोक कला संरक्षण, संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि मौलिक वाद्यवादनमा नेपालीपन भएका लोपोन्मुख रागी सम्बन्धी व्यावहारिक ज्ञान नयाँ पुस्तामाझ सम्प्रेषण एवम् नवजागरण प्रवाह गर्ने उद्देश्यका साथ “नौमती तथा सारङ्गी रागी उत्सव – २०८३” संवत् २०८३ साल साउन १८ गते संस्थानको मेगा हल, जमल, काठमाडौँमा आयोजना गर्न गइरहेको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छौं । संस्थानले निकायगत कार्यप्रकृति बमोजिमको प्रमुख अभिभारालाई शिरोपर गर्दै यस कार्यक्रमलाई आ.व.२०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममा समेटेको व्यहोरा समेत सम्पूर्णमा जानकारी गराउन चाहन्छौं । 

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपालको विशेषतालाई आत्मसात् गरी विविधतायुक्त पहिचानको प्रतीकका रूपमा रहेका मौलिक बाजा नौमती र सारङ्गीको विशिष्ट स्थान छ । राष्ट्रको मौलिक पहिचान तथा सभ्यता बोकेका यी बाजाहरू नेपाली समाजका जीवन्त इतिहास हुन् । नौमती र सारङ्गी बाजामा अन्तर्निहित रैथाने लोक संस्कृति र मौलिक रागी सम्बन्धी व्यावहारिक ज्ञानलाई आम जनमानसमा सम्प्रेषण गर्ने उद्देश्यका साथ यो कार्यक्रम तय गरिएको हो । डिजिटल युगसँगै वैश्वीकरणको प्रभावले आधुनिकताको नाउँमा रैथाने लोक रागहरू तथा रागी वादनका सीपहरूको अस्तित्व नै संकटमा पर्न थालेकाले यसको जीवन्त रक्षा, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि संस्थानले यो विशेष कदम चालेको हो । यस गौरवमय उत्सवका मुख्य आकर्षणका रूपमा लोपोन्मुख लोक रागहरूको व्यावहारिक प्रदर्शनीः रैथाने परम्परामा जीवित रहेका तर वर्तमान समयमा लोपोन्मुख अवस्थामा रहेका नेपाली मौलिक लोक रागहरूको प्रत्यक्ष व्यावहारिक प्रदर्शनी एवम् ज्ञान सम्प्रेषण गरिनेछ । नौमती तथा सारङ्गी वादनको प्रत्यक्ष प्रस्तुतिः कुशल वादकहरूद्वारा नौमती तथा सारङ्गीको मौलिक शैली, मौलिक रागीहरूको प्रत्यक्ष वादन प्रस्तुत गरिनेछ । लोकप्रिय तथा सामुदायिक कलाकारहरूको प्रस्तुतिः नेपाली लोक सङ्गीत क्षेत्रका लोकप्रिय कलाकारहरू र पुस्तौंदेखि मौलिक रागी परम्परालाई जोगाउँदै आउनुभएका सामुदायिक कलाकारहरूको सामूहिक प्रस्तुति रहनेछ । 

वि.सं.२०१६ सालमा स्थापित ‘राष्ट्रिय नाचघर’ लाई समग्र नेपाली संस्कृतिको संस्थागत विकासका लागि वि.सं २०२९ साल असार ५ गते नाम परिमार्जन सहित “सांस्कृतिक संस्थान” को रूपमा पुनर्गठन गरिएको हो । ऐतिहासिक सांस्कृतिक विरासत बोकेको सांस्कृतिक संस्थानले वर्तमान नेतृत्वले नेतृत्व सम्हालेसँगै नयाँ शिराबाट उत्कृष्ट कार्यसम्पादन गर्दै आएको व्यहोरा विदितै छ । यस वर्ष नेपाल सरकार अर्थ मन्त्रालको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा – २०८३’ प्रतिवेदन अनुसार सांस्कृतिक संस्थानको इतिहासमै पहिलोपटक २९ (रु.लाखमा) खुद नाफा हुन गई संस्थानले गौरवमय इतिहास बनाउन सफल भएको छ । यसर्थ, सजीव कलाको माध्यमबाट संस्कृति संरक्षण, संवर्द्धन , प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने प्रमुख अभिभारा बोकेको नेपाल सरकारको एकमात्र ज्येष्ठ निकाय सांस्कृतिक संस्थान सत्कर्म मार्फत परिणामुखी कार्यसम्पादन गर्न सदा प्रतिबद्ध छ ।

अन्त्यमा, लोपोन्मुख लोक रागीको संरक्षण गर्ने संस्थानको सत्प्रयास कोशेढुङ्गा सावित हुने विश्वास लिएका छौं । यस राष्ट्रिय गौरवको कार्यक्रम बारे आम जनमानस र विश्वभरीका नेपाली माझ पुर्याउन सम्पूर्ण आदरणीय पत्रकार, सञ्चारकर्मी तथा डिजिटल मिडियाको अतुलनीय साथ, सद्भाव एवम् सभ्य समाचार सम्प्रेषणको अपेक्षा गर्दछौं । 

IMG_2333.jpg

Press Release (2).jpg

IMG_2395.JPG

IMG_2413.JPGIMG_2406.jpgIMG_2396.jpgIMG_2403.JPGIMG_2356.JPGIMG_2284.JPGIMG_2271.jpg

IMG_2388.JPGIMG_2356.JPGIMG_2353.jpgIMG_2312.JPGIMG_2315.JPGIMG_2327.JPGIMG_2322.JPGIMG_2320.jpgIMG_2316.jpgIMG_2361.JPGIMG_2366.jpgIMG_2332.JPGIMG_2331.JPGIMG_2301.jpgIMG_2276.jpgIMG_2266.JPGIMG_2351.jpgIMG_2341.JPGIMG_2246.jpg

 

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij