नौमती तथा सारङ्गी रागी उत्सव – २०८३ सम्बन्धमा सामुदायिक कलाकार भेटघाट कार्यक्रम सम्पन्न

नौमती तथा सारङ्गी रागी उत्सव – २०८३ सम्बन्धमा सामुदायिक कलाकार भेटघाट कार्यक्रम सम्पन्न


 

नौमती तथा सारङ्गी रागी उत्सव – २०८३ सम्बन्धमा सामुदायिक कलाकार भेटघाट कार्यक्रम सम्पन्न


१७ साउन २०८३ काठमाडौँ ।
सांस्कृतिक संस्थानको आयोजनामा हुन गइरहेको नेपाली लोक कला संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि मौलिक वाद्यवादनमा नेपालीपन भएका लोपोन्मुख लोक रागहरू प्रर्दशनीमूलक कार्यक्रम “नौमती तथा सारङ्गी रागी उत्सव – २०८३” मा प्रस्तुति दिनुहुने सामुदायिक कलाकार भेटघाट कार्यक्रम संस्थानको सेमिनार हल, जमल, काठमाडौँमा सम्पन्न गरिएको छ । सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको सभाध्यक्षता, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष तथा लोकप्रिय लोक गायिका श्री रीता थापा मगर ज्यू, संस्थानका शाखा संयोजकज्यूहरू लगायतको आतिथ्यतामा सो कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा संवत् २०८३ साल साउन १८ गते प्रस्तुत गरिने प्रस्तुतीकरणको विषयक छलफल गरिएको थियो । संस्थानको नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त कार्यक्रम बारे संवत् २०८३ साल साउन ७ गते पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी कार्यक्रमको उद्देश्य बारे जानकारी गरिएको थियो । कार्यक्रममा नौमती तथा सारङ्गी वाद्यवादन मार्फत सामुदायिक कलाकारद्वारा लोपोन्मुख लोक रागहरू प्रस्तुत गरिनेछ । साथै, लोक स्वरसम्राट श्री राजु परियार ज्यू र लोकप्रिय गायिक रीता थापा मगरज्यूको विशेष प्रस्तुति रहनेछ ।  

IMG_2724.JPGIMG_2720.JPGIMG_2710.JPGIMG_2737.jpgIMG_2705.jpgIMG_2699.jpgIMG_2702.JPGIMG_2660.JPGIMG_2659.jpgIMG_2645.jpgIMG_2638.JPGIMG_2628.jpgIMG_2620.jpgIMG_2615.jpgIMG_2600.JPGIMG_2597.JPGIMG_2592.JPGIMG_2590.JPGIMG_2584.jpgIMG_2575.JPGIMG_2568.jpgIMG_2572.jpgIMG_2564.jpgIMG_2559.jpgIMG_2555.jpgIMG_2549.JPGIMG_2544.jpgIMG_2547.JPGIMG_2542.JPGIMG_2537.jpgIMG_2536.JPGIMG_2535.JPGIMG_2533.JPGIMG_2650.JPGIMG_2527.jpgIMG_2521.jpgIMG_2518.jpgIMG_2511.JPGIMG_2491.jpgIMG_2489.JPG

 

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij