“नौमती तथा सारङ्गी रागी उत्सव – २०८३” सभ्यभव्य रूपमा सम्पन्न

“नौमती तथा सारङ्गी रागी उत्सव – २०८३” सभ्यभव्य रूपमा सम्पन्न


 

“नौमती तथा सारङ्गी रागी उत्सव – २०८३” सभ्यभव्य रूपमा सम्पन्न

१८ साउन २०८३ काठमाडौँ ।
सांस्कृतिक संस्थानको आयोजनामा नेपाली संस्कृति तथा सभ्यता निर्माणमा अतुलनीय भूमिका निर्वाह गर्ने अद्वितीय सम्पदाद्वय नौमती र सारङ्गी मार्फत राष्ट्रिय गाथाहरू बोल्ने कार्यक्रम “नौमती तथा सारङ्गी रागी उत्सव–२०८३” संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको सभाध्यक्षता, प्रतिनिधि सभा सदस्य माननीय श्री खगेन्द्र सुनारज्यूको प्रमुख आतिथ्यता, विशिष्ट आतिथ्यता क्रमशः दलित आयोगका माननीय सदस्यद्वय श्री मिनादेवी सोव ज्यू र मेहले पार्की ज्यू, विशेष अतिथिहरू क्रमशः ललितकला केन्द्रीय विभाग प्रमुख डा.अञ्जु उप्रेती ज्यू, दलित आयोगका श्रीमान् सचिव झनक कुमार खत्री ज्यू, वरिष्ठ लोक गायिका श्री चन्द्रकला शाह ज्यू, वरिष्ठ लोक गायक श्री नारायण रायमाझी ज्यू, वरिष्ठ शास्त्रीय गुरु श्री श्रीराम आचार्य ज्यू, वरिष्ठ लोक गायक श्री राजु परियार ज्यू, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष श्री रीता थापा मगर ज्यू, वरिष्ठ सारङ्गी वादकद्वय श्री राम बहादुर गन्धर्व ज्यू र कृष्ण गन्धर्व ज्यू, ललितकला केन्द्रीय विभाग उपप्राध्यापक श्री गोकुल लिम्बु ज्यू, इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका अध्यक्ष श्री कृष्ण कँडेल ज्यू, लोकप्रिय गायिका राधिका हमाल ज्यू, डा.निरञ्जन भण्डारी ज्यू, लोकप्रिय लोक गायक श्री कमलीकान्त भेटुवाल ज्यू, विभिन्न सामुदायिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू लगायत शिष्टविशिष्ट व्यक्तित्वहरूको आतिथ्यतामा संस्थानको मेगा हल, जमल, काठमाडौँमा सभ्यभव्य रूपमा सु–सम्पन्न गरिएको छ । 

DSC09998.jpg

DSC09948.jpg

DSC09964.jpg

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत संस्कृति प्रदर्शनी सम्बन्धी एकमात्र आधिकारिक एवम् ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले नेपाली लोक कला संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि मौलिक वाद्यवादनमा नेपालीपन भएका लोपोन्मुख रागी सम्बन्धी व्यावहारिक ज्ञान नयाँ पुस्तामाझ सम्प्रेषण एवम् नवजागरण प्रवाह गर्ने उद्देश्यका साथ “नौमती तथा सारङ्गी रागी उत्सव – २०८३” लाई निकायगत कार्यप्रकृति बमोजिमको प्रमुख अभिभारालाई शिरोपर गर्दै सो कार्यक्रमलाई आ.व.२०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममा समेटेको हो । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपालको विशेषतालाई आत्मसात् गरी विविधतायुक्त पहिचानको प्रतीकका रूपमा रहेका तथा नेपाली समाजका जीवन्त इतिहासका प्रतिविम्बको रूपमा नौमती र सारङ्गी बाजामा अन्तर्निहित रैथाने लोक संस्कृति र मौलिक रागी सम्बन्धी व्यावहारिक ज्ञानलाई आम जनमानसमा सम्प्रेषण गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको हो । डिजिटल युगसँगै वैश्वीकरणको प्रभावले आधुनिकताको नाउँमा रैथाने लोक रागहरू तथा रागी वादनका सीपहरूको अस्तित्व नै संकटमा पर्न थालेकाले यसको जीवन्त रक्षा, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि संस्थानले यो विशेष कदम चालेको हो । 

DSC00178.jpg

DSC00153.jpg

DSC00023.jpg

कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले भन्नुभयोः
“नेपालको संस्कृति, सम्पदा र सभ्यतासँग प्राचीनकालदेखि जोडिएका नौमती तथा सारङ्गी जस्ता सम्पदाको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण गर्नको लागि मूल स्रोत, मुहान, मूल जरोको अस्तित्व बचाउनु पर्दछ भन्ने एजेन्डा बमोजिम कार्यक्रम तय गरिएको बताउनुहुँदै  । डिजिटल युगसँगै वैश्वीकरणको प्रभाव तथा भूसंस्कृतिको प्रभावले आजभोलि मिनरल वाटरको भुलभुलैयामा हामी रमाउने तर पानीको मुहान प्रति चिन्तन नगर्ने प्रवृत्ति मौलाउँदै गएको उदाहरण दिनुहुँदै संस्कृतिको मौलिकता तर्फको चिन्तनमा खडेरी लाग्दै गएको तर्फ चिन्ता व्यक्त गर्नुभयो । संस्कृतिको मूल स्रोत समुदाय हुने भएकाले जुनजुन समुदायको जुनजुन सम्पदा छन्, त्यसको मौलिकता उनीहरूमै निहित हुने, उनीहरूकै सक्रिय सहभागिता र सहमतिमा सम्पदा कार्यान्वयन भएपछि मात्रै संस्कृतिको मौलिकता बाँच्ने, मौलिकता बाँचेपछि मात्रै राष्ट्रिय अस्तित्व बाँच्ने बताउनुहुँदै सामुदायिक मौलिक संस्कृति संरक्षण सहित सम्बन्धित समुदायको सांस्कृतिक अधिकार सुनिश्चित गर्न नवजागरण प्रवाह गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँले सामाजिक तथा सांस्कृतिक रूपान्तरणसँगै विविधतायुक्त नेपालको विशेषतालाई शिरोधार्य गर्दै एक समुदायले अर्को समुदायको संस्कृतिलाई अंगीकार गर्नु सामाजिक सद्भाव कायम राख्दै सामुदायिक संस्कृतिको मौलिकताको विषयमा सम्बन्धित समुदाय नै मूल स्रोत हो भन्ने सांस्कृतिक अस्तित्व स्वीकार्ने संस्कृतिको निर्माण गर्न नवजागरण प्रवाह गर्नु  कार्यक्रमको उद्देश्य रहेको बताउनु भयो । उहाँले जसरी नौमती र सारङ्गीले मानव सृष्टिकालदेखि मानवजीवनका जन्मदेखि मृत्युपर्यन्तका संस्कारिक क्रियाकलाप सभ्य ढंगले सम्पन्न गर्न, राष्ट्रिय गाथालाई अभिव्यक्त गर्न तथा समाज जागरणका लागि अतुलनीय भूमिका निर्वाह गरे, जसरी नौमती र सारङ्गीको कलात्मक सौन्दर्यता तथा संस्कारिक पक्षको अस्तित्वलाई मानवजातिले शिरमा चढाएर स्वीकारोक्ति गरे, त्यसैगरी नौमती र सारङ्गीको सृष्टिकर्ता सम्बन्धित समुदायको संरक्षण भएपछि मात्र सभ्य संस्कृति बाँच्ने तर्फ जोड दिनुभयो । उहाँले परिवर्तनका संवाहक युवा नेतृत्वहरूको सदनमा बाहुल्यता भएको यो स्वर्णीम परिवेशमा नौमती तथा सारङ्गी जस्ता नेपालको पहिचान निहित हुने सांस्कृतिक सम्पदाको गाथाहरूको बारे प्रमुख विषय बनेर सदनमा आवाज गुञ्जियोस् भन्ने अपेक्षा व्यक्त गर्नुभयो । अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी विधेयक तर्जुमाको अन्तिम चरणमा रहेका उक्त विधेयकमा सामुदायिक पहिचान र अधिकारलाई स्पष्टसँग सुनिश्चित गरियोस् भन्ने समेत अपेक्षा व्यक्त गर्नुभयो । नेपालको सांस्कृतिक, भौगोलिक तथा सामुदायिक विविधताका कारण थुप्रै प्रकारका जन्मदेखि मृत्युपर्यन्तका विभिन्न संस्कारहरूमा गाइने–बजाइने लोक रागमा पाकापुस्ताबाट नयाँ पुस्ताले गाउने र बजाउने रैथाने तरिका हुबहु सिक्नुपर्ने कडा, संवेदनशील र अकाट्य नियम हुने बताउनुहुँदै लोक रागहरू “किताबी शास्त्र” मा लिपिबद्ध नभए पनि “संस्कृति र परम्पराको शास्त्र” मा पूर्ण रूपमा बाँधिएको बताउनुहुँदै ती लोक रागलाई पहिचान गरी प्राज्ञिक तवरले लिपिबद्ध गर्न अपरिहार्य रहेको बताउनु भयो । मानव सभ्यताको सृष्टिकालदेखि जन्ममृत्युपर्यन्तका लोक रागहरूले सामाजिक मूल्यमान्यतालाई अंगीकार गर्दै समाजलाई सत्मार्गतर्फ डोर्याउँदै ल्याएकाले सामाजिक सद्भाव कायम रहेको तर्फ जोड दिनुभयो । यसैबाट प्रेरित भएर शास्त्रीय राग पद्धतिको विकास भएको तर्फ जोड दिनुहुँदै नेपालका विश्वविद्यालयका सङ्गीत तथा संस्कृति सम्बन्धी पाठ्यक्रमहरूमा नौमती र सारङ्गीका गाथा सहित लोक रागहरूलाई प्रमुख प्राथमिकताका साथ समावेश गरी शिक्षण पद्धतिको विकास गर्दै स्पष्ट राज्यनीति हुनु अपरिहार्य रहेको बताउनु भयो ।”

DSC09995.jpg

DSC00044.jpg

DSC00084.jpg

DSC00106.jpg

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय श्री खगेन्द्र सुनारज्यूले “कला, संस्कृति र सम्पदाको जगेर्ना गर्ने सन्दर्भमा सरकार गम्भिर भएको बताउनुहुँदै मौलिक संस्कृति संरक्षणका लागि सांस्कृतिक संस्थानले गरेको प्रयास प्रति आभार प्रकट गर्नुभयो । नेपाल सरकारका निकायमा विगतमा राजनैतिक हस्तक्षेप हुने गरेको र कार्यकर्ता भर्तीकेन्द्र जस्तो बनाएको तर्फ गम्भीर ध्यानाकर्षण गर्नुहुँदै सम्माननीय वालेन्द्र शाह नेतृत्वको सरकारले सक्षम व्यक्तिलाई नै सम्बन्धित निकायको जिम्मेवारी प्रदान गर्ने तथा कुनैपनि राजनीतिक हस्तक्षेप नगर्ने बताउनु भयो । सांस्कृतिक संस्थानलाई  नीतिगत ढंगले सुदृढीकरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।”

DSC00085.jpg

DSC09966.jpg

DSC00162.jpg

विशेष प्रस्तुति प्रस्तुत गर्नुहुँदै नेपाली जनमानसले लोक स्वरसम्राटको उपाधिद्वारा सम्मानित वरिष्ठ लोक गायक राजु परियारज्यूले भन्नुभयो “नौमतीमा १२ घडी, २४ पलाका लागि छुट्टाछुट्टै लोक राग छन्, जुन राग वाद्यवादन बजाउने र गीत गाउनेले पनि सिकेर व्यवहारमा प्रयोग गरी बचाउन आवश्यक रहेको बताउनुहुँदै त्यस्ता रागमा खारिएका अभ्यास गरिरहेका व्यक्तित्वहरूसँग आफूले प्रस्तुति गर्न पाउँदा हर्षविभोर भएको बताउनु भयो ।” 

DSC00131.jpg

DSC09977.jpg


 
कार्यक्रममा मौलिक रागी परम्परालाई जोगाउँदै आउनुभएका सामुदायिक कलाकारद्वारा रैथाने परम्परामा जीवित रहेका तर वर्तमान समयमा लोपोन्मुख अवस्थामा रहेका नेपाली मौलिक लोक रागहरूको बारे ज्ञान समेत सम्प्रेषण गर्नुहुँदै नौमती तथा सारङ्गी मार्फत प्रत्यक्ष व्यावहारिक प्रदर्शनी गर्नुभएको थियो भने वरिष्ठ लोक गायक श्री राजु परियार ज्यू र लोकप्रिय गायिका रीता थापा मगरज्यूले विशेष प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रस्तुत गरिएका प्रस्तुतिहरूको विवरणः
१.सारङ्गी वादनः श्री राम बहादुर गन्धर्व (पाल्पा)

DSC00052.jpg
२.सारङ्गी वादनः श्री कृष्ण बहादुर गन्धर्व (कास्की) 

DSC00072.jpg
३.सारङ्गी वादनः श्री धर्म गन्धर्व (तनहुँ) 

DSC00111.jpg
४.विशेष प्रस्तुतिः श्री रीता थापा मगर

DSC00146.jpg
५.नौमती वादनः इलामको प्रतिनिधित्व

DSC00126.jpg
६.नौमती वादनः रामेछापको प्रतिनिधित्व

DSC00155.jpg
७.विशेष प्रस्तुतिः श्री राजु परियार

DSC00168.jpg
८.नौमती वादनः तनहुँ, गोरखा र लमजुङको प्रतिनिधित्व

DSC00185.jpg
९.नौमती वादनः धादिङको प्रतिनिधत्व

DSC00192.jpg

DSC00122.jpg

DSC00121.jpg
सारङ्गी वादनमा मादल वादनको भूमिकामा संस्थानका कलाकारद्वय श्री नरेश प्रजापति ज्यू र श्री सुक्रिमाया मोक्तानज्यूले साथ दिनुभएको थियो । कार्यक्रम सञ्चालन संस्थानका कलाकार श्री रोहित सुवेदीज्यूले गर्नुभएको थियो भने कार्यक्रम संयोजन संस्थानका कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी कटुवाल श्रेष्ठज्यूले गर्नुभएको थियो । 

DSC09961.jpg

DSC00040.jpg

DSC09999.jpgDSC09997.jpgDSC09993.jpgDSC09990.jpgDSC09989.jpgDSC09988.jpgDSC09987.jpgDSC09986.jpgDSC09985.jpgDSC09984.jpgDSC09983.jpgDSC09978.jpgDSC09976.jpgDSC09968.jpgDSC09967.jpgDSC09976.jpgDSC09946.jpgDSC09986.jpgDSC09942.jpgDSC09954.jpgDSC00265.jpgDSC00262.jpgDSC00243.jpgDSC00229.jpgDSC00206.jpgDSC00137.jpgDSC00011.jpgDSC00118.jpg

DSC00104.jpgDSC00088.jpgDSC00092.jpgDSC00097.jpgDSC00105.jpgDSC00242.jpgDSC00100.jpgDSC00101.jpgDSC00051.jpgDSC00065.jpg

 

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij