अन्तर्राष्ट्रिय संस्कृति आदानप्रदान सम्बन्धी शिष्टाचार भेटघाट सम्पन्न
२० साउन २०८३ काठमाडौँ ।
नेपाल र चीन बीच अन्तर्राष्ट्रिय संस्कृति आदानप्रदान कार्यक्रम बारे सांस्कृतिक संस्थानको तर्फबाट महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी कटुवाल श्रेष्ठ ज्यू र कलाकार श्री रोहित सुवेदी ज्यू तथा जनवादी गणतन्त्र चीनको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत युथ चाइनिज ट्रेडिसनल म्युजिक अर्केस्ट्राका प्रमुख याङ ली र परम्परागत आर्चरी तथा अन्तर्राष्ट्रिय संस्कृति आदानप्रदानका प्रमुख कोङ वेइझोङ लगायतका सम्बन्धित विज्ञ प्रतिनिधिसँग शिष्टाचार भेटघाट सु–सम्पन्न गरिएको छ । भेटघाटमा सांस्कृतिक पर्यटनको विकासका लागि नेपाल र चीन बीच संस्कृति आदानप्रदानका कार्ययोजना बारे छलफल गरिएको छ ।







